चुम उपत्यकालाई अहिंसा क्षेत्र कायम राख्न माग
नेपालबहस संवाददाता
चैत १२, २०७७ बिहिबार २३:३७:२६
१२ चैत,गोरखा । उत्तरी गोरखाको चुम उपत्यकाका स्थानीयवासीले छेकम्पार र सामागाउँमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट ९बिओपी० स्थापना गर्दा अहिंसा क्षेत्र कायम राख्ने प्रतिबद्धता गर्न माग गरेका छन् ।
चुम श्याग्गा संरक्षण समिति छेकम्पारले जिल्ला प्रशासन कार्यालयमा आज ज्ञापनपत्र बुझाउँदै त्यहाँका बासिन्दाले बिओपी स्थापना गर्दा चुम उपत्यकाको अहिंसा क्षेत्रलाई चिरकाल कायम राख्न माग गरेका छन् । ज्ञापन पत्र बुझाउदै समितिका संरक्षक निमा लामाले चुम उपत्यकाको संस्कृति परम्पराअनुसार त्यहाँ जीवजन्तुको हिसां गर्न नपाइने भएकाले सशस्त्र प्रहरी बलको बिओपी स्थापना गर्दा कुनै पनि खालको हिंसा गर्न नपाइने प्रतिबद्धता गर्नुपर्ने बताए ।
उनले भने, “सुरक्षाको प्रबन्ध गर्ने कुरा सकारात्मक कुरा हो, आवश्यक पनि छ तर त्यस क्षेत्रको परम्परा संस्कृतिमा खलल पुग्न दिनुहुँदैन् ।” ज्ञापनपत्रमा स्थानीयवासीले चुम उपत्यका क्षेत्र जैविक विविधता खुला सङ्ग्राहालय राष्ट्रको गहना भएकाले अहिंसा संस्कृति एवं संस्कारको दिगो संरक्षण तथा संवद्र्धनका लागि सुरक्षा क्याम्पमा कार्यरत सुरक्षाकर्मीलाई चुम उपत्यकाको अहिंसासम्बन्धी छ बुँदे प्रतिबद्धता पालना गराउने व्यवस्था गर्न माग गरेका छन् ।
सो प्रतिबद्धतामा चुम उपत्यकामा कुनै पनि जीव जनावर काटमार गर्न नपाइने, शिकार नखेल्ने, मह नकाड्ने, डढेलो नलगाउने, मासु प्रयोजनका लागि अहिंसा क्षेत्रमा जीवजन्तु प्रवेश नगराउने, पशुबध पूर्ण रुपमा निषेध गर्नेलगायत रहेका छन् । त्यस्तै चुम उपत्यकाबाट मासु प्रयोजनका लागि पशुपक्षी निर्यात गर्न नपाइने त्यहाँको प्रचलन रहेको संरक्षक लामाले जानकारी दिए ।
चुम क्षेत्रमा रहेका स्थानीय प्रमुख लामा तथा तत्कालीन तालुकदार एवं स्थानीयवासीले चुम उपत्यकालाई विसं १९७७ मा महागुरु करुणा अबतारी पुज्य लामा सेराप दोर्जेको रहोबरमा अहिंसा क्षेत्र घोषणा गरिएको थियो । विसं २०२७ मा सम्भोटा लिपीमा लेखिएको अहिंसासम्बन्धी प्रतिबद्धता दस्तावेजलाई विसं २०२९ मा देवनागरी लिपीमा लेखेर त्यस क्षेत्रमा रहेका सबै चुमबासीले पुज्इ अवतारी गुरु ङावाङ् खेन्राप समक्ष पुनः सपथ गरी अहिंसा क्षेत्रलाई कायम राख्ने प्रतिबद्धता गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसामूहिक कृषिमा महिलाको आकर्षण बढ्दो
जेठ ६, २०८१ आइतबार
म्याग्दीलाई पूूर्णखोप सुनिश्चितता दिगोपना घोषणा
जेठ १, २०८१ मंगलबार
प्लाष्टिकजन्य निषेधित वस्तु प्रयोगमा रोक लगाउने तयारी
बैशाख ३१, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
रुडुबन्चु प्रचारप्रसार र संरक्षण अभावले ओझेलमा
जेठ ६, २०८१ आइतबार
कार्यदलको बैठक छाडेर संसदीय दलको कार्यालयमा आए कार्की र परियार
जेठ ६, २०८१ आइतबार
झापाको बिरिङ र निन्दामा बाढी मापन तथा पूर्व सूचना प्रणाली जडान
जेठ ६, २०८१ आइतबार
राष्ट्रियसभाको बैठक पनि दुई घण्टाका लागि सर्यो
जेठ ६, २०८१ आइतबार
सामूहिक कृषिमा महिलाको आकर्षण बढ्दो
जेठ ६, २०८१ आइतबार
दुःखबाट मुक्ति पाउन मोहिनी एकादशी पर्व मनाइँदै
जेठ ६, २०८१ आइतबार