अब सार्वजनिक यातायातमा मास्क नलगाउने यात्रुलाई कारबाही
नेपालबहस संवाददाता
चैत १३, २०७७ शुक्रबार २१:८:१९
१३ चैत, काठमाडौं । छिमेकी देश भारतमा कोरोना संक्रमण बढ्दै गएपछि नेपालमा पनि उच्च सर्तकता अपनाउन थालिएको छ । संक्रमण जोखिमको रोकथाम तथा नियन्त्रणका लागि सार्वजनिक यातायात क्षेत्रमा कडाइ गरिने भएको छ ।
शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रमुख जिल्ला अधिकारी, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, यातायात व्यवसायी र यातायात मजदुरबीच भएको छलफलमा कोभिड संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सार्वजनिक यातायात क्षेत्रलाई कडाइ गर्ने निर्णय भएको हो ।
प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सार्वजनिक यातायात क्षेत्रमा स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउने निर्णय भएको बताए । बैठकमा सार्वजनिक यातायात क्षेत्रमा आजैदेखि लागू हुनेगरी अनिवार्य मास्क लगाउने, सिट क्षमताअनुसार यात्रुहरू राख्ने, भौतिक दूरीलाई व्यवस्थित गर्ने र बसपार्कमा साबुनपानीको व्यवस्था गरी हात धुने व्यवस्था गर्ने, माइकिङ गर्ने, चनचेतना फैलाउने र अनुगमनलाई प्रभावकारी बनाउने निर्णय भएको छ ।
यस्तै बैठकमा भारतमा कोरोनाको संक्रमण दर बढ्दै गएको र नेपालमा पनि बढ्दै जाने देखिएकाले पूर्वसावधानी अपनाउने सम्बन्धमा छलफल भएको छ । सार्वजनिक यातायात क्षेत्रलाई कसरी जोखिमबाट बचाउन सकिन्छ भन्ने विषयमा छलफल भएको हो ।
कोभिड संक्रमणको दोस्रो लहर आउन सक्ने सम्भावना देखिएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निकायसँग छलफल गरिरहेको छ । शुक्रबारको बैठकमा सार्वजनिक यातायातमा मास्क नलगाई यात्रा गर्ने यात्रुलाई कारबाही गर्ने निर्णय भएको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचेपाङ बस्तीमा प्राधिकरणले जब निःशुल्क मिटर बाँड्यो !!!
जेठ ६, २०८१ आइतबार
पानीका स्रोत सुक्न थालेपछि वन्यजन्तु समस्यामा
जेठ ६, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु
जेठ ६, २०८१ आइतबार
नेप्सेमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार
जेठ ६, २०८१ आइतबार
टीओआरमा सहमति जुटेन, सकियो कार्यदलको बैठक
जेठ ६, २०८१ आइतबार
सिटिजन्स बैंकका सबै कार्डहरू अति सुरक्षित छन्, ढुक्कले चलाउनु भए हुन्छ
जेठ ६, २०८१ आइतबार
नेविसंघले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा
जेठ ६, २०८१ आइतबार