जुम्लाको सिञ्जा सभ्यता पर्यटनको रोजाइमा
नेपालबहस संवाददाता
चैत १४, २०७७ शनिबार २३:५८:४५
१४ चैत, खलङ्गा । खस नेपाली भाषाको जन्मथलो जुम्लाको सिञ्जा सभ्यता पछिल्लो समयमा पर्यटनको रोजाइमा परेको छ । यहाँको आठ स्थानीय तहमध्ये तीन स्थानीय तह सिञ्जा क्षेत्रमा पर्छन् । घर आँगनको स्थानीय सरकारले खस सभ्यताबारे कुनै गुरुयोजना पारित नगरे तापनि सङ्घीय सरकारले सिञ्जालाई पर्यटनको सूचीमा समावेश गरेको छ ।
सङ्घीय राजधानी काठमाडौंबाट कर्णालीको जुम्ला पुगेका १० जनाको समूह हिमा गाउँपालिकामा रहेको काठेपुलमा रमाइरहेको थियो । उनीहरू काठेपुलमा कुँदिएका चित्रको अवलोकन गरिरहेका थिए । त्यहीँ समूहमा थिए, प्राध्यापक कवि पोखरेल । खस सभ्यताको उद्गम थलोमा परम्परागत सीप झल्काउने सम्पदा देख्न पाएपछि नेपाली हुनुमा गर्वको महसुस भएको पोखरेलले बताए ।
काठेपुलको किनारमा मूर्ति निर्माणकर्ता कालो तिरुवाको नाम लेखिएको छ । प्राध्यापक पोखरेल भने, “जसले यो काठेपुल र काठकै मूर्ति बनाए, उनीहरूले आफ्नौ मौलिक परम्परलाई जगेर्ना गर्न ठूलो योगदान दिएका छन् ।” राज्यस्तरबाट यस्ता मौलिक सीप र शैलीको कदर हुन नसके पनि स्थानीयको यो योगदानले सिङ्गो नेपालीको पहिचान दिने बताए ।
नेपाली भाषाको उद्गम थलोमा परम्परागत सीपबाट निर्मित काठेपुल यहाँ पुग्ने पर्यटकका लागि आकर्षणको केन्द्र हो । स्थानीयवासी धर्मेन्द्र अधिकारीका अनुसार नाग्म–गमगढी सडकखण्ड नजिकैको यो काठेपुलमा रारा र सिञ्जा घुम्न आउने सबै पर्यटकले अवलोकन गर्छन् ।
जुम्लाका साना तथा मझौला नदी पार गर्न बनाइएका काठेपुल केबल आवतजावतका माध्यम मात्र होइनन्, यीनले यहाँको सभ्यता, कला र संस्कृति पनि बोकेका छन् । नेपाली भाषाको जननीभूमि जुम्लाको सिञ्जा क्षेत्रको आफ्नै इतिहास छ । बाइसे र चौबीसे राज्यको पालामा जुम्लाको खस राज्य शक्तिशाली राज्यका रूपमा भएको इतिहासमा पनि उल्लेख भएको पाइन्छ ।
नेपाली खस भाषा र सभ्यताको उद्गम थलो सिञ्जा क्षेत्र ऐतिहासिक दृष्टिले सम्भावनायुक्त क्षेत्र हो । रारा जाने पर्यटकका लागि छुटाउनै नहुने गन्तव्य पनि हो, सिञ्जा सभ्यता रहेको बताए । सरकारको उदासिनताका कारण सिञ्जा सभ्यता सङ्कटमा पर्दै गएको छ । यहाँका शिलालेख, ऐतिहासिकस्थल, पाण्डव गुफा, विराट दरबार, कनकासुन्दरी मन्दिरलगायत ढुङ्गाले कुँदिएका विभिन्न आकृतिले पर्यटकको मन लोभ्याउँछन् ।
पाण्डव गुफाभित्र पाँच भाई पाण्डव र द्रौपदीका मूर्ति छन् । पाण्डवले गुफाबाहिर बनाएको ढुङ्गाको ढोका भने अहिले भत्किएको स्थानीयवासी लीलाराज सञ्ज्यालले बताए । पछिल्लो समय खस भाषा, यहाँका कला, सीप र परम्परागत पहिरन लोप हुँदै छन् भने अर्कोतिर ऐतिहासिक मठ मन्दिर, ढुङ्गाका देवल पनि जीर्ण बन्दै गएका हुन् ।
इतिहासमा उल्लेख भएअनुसार खस राजा नागराज र उनका उत्तराधिकारीले सिञ्जा नगरमा करीब ३०० वर्षसम्म शासन गरेका थिए । त्यस अवधिमा सिञ्जा क्षेत्र राजधानी मात्र होइन, एक चर्चित सभ्यताका रूपमा विकास भएको इतिहास छ ।
कर्णाली प्रदेश राजधानी सुर्खेतदेखि सिञ्जा हुँदै मुगुको रारातालसम्म सडक जोडिएपछि पछिल्ला वर्षमा पर्यटकको आगमन पनि बाक्लिएको स्थानीयवासी हरिकृष्ण भट्टले बताए । चहलपहल बढेसँगै सडक आसपासका बासिन्दाको आम्दानीको बाटो पनि खुलेको छ । यहाँका व्यापार व्यवसाय चल्न थालेका छन् ।
कर्णालीका सम्भावनालाई कुल्चेर सधैँ पिछडिएको दृष्टिले हेर्नु राज्यको कमजोरी भएको स्थानीयवासी बताउँछन् । सिञ्जा गाउँपालिकाले अहिले खस सङ्ग्रहालय निर्माण गरिरहेको छ । गाउँपालिकाका अध्यक्ष देवलसिंह रावलका अनुसार सिञ्जा क्षेत्रको इतिहासलाई संरक्षण गर्न सङ्ग्रहालयको स्थापना गर्न लागिएको अध्यक्ष रावलले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहुम्लाका तीन बस्ती अन्धकारमा बस्न बाध्य
जेठ १, २०८१ मंगलबार
कर्णालीमा जबरजस्ती करणीका मुद्दा धेरै
बैशाख ३१, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
टीओआरबारे कार्यदलमा विवाद, सहमति नभएसम्म संसद बैठक रोक्न प्रतिपक्षको आग्रह
जेठ ६, २०८१ आइतबार
प्रिमियर लिगका अन्तिम खेल आज, उपाधिको दौडमा म्यानचेस्टर सिटी र आर्सनल
जेठ ६, २०८१ आइतबार
अफगानिस्तान बाढीमा परि ५० जनाको मृत्यु, दुई हजारभन्दा बढी घर ध्वस्त
जेठ ६, २०८१ आइतबार
सुनको मुल्य अहिलेसम्मकै उच्च, तोलामा १ लाख ४० हजारमा कारोबार
जेठ ६, २०८१ आइतबार
फिल्म ‘दान्भी’को पहिलो गीत ‘मायामा पूजा र कुन्साङको रोमान्स
जेठ ६, २०८१ आइतबार