मापसे जाँच गर्न ‘डिजिटल ब्रेथ अल्कोहल टेस्टर’ प्रदान
नेपालबहस संवाददाता
चैत १७, २०७७ मंगलबार १६:२२:९
१७ चैत,डोटी । जिल्लामा मादक पदार्थ सेवन गरे÷नगरेका बारेमा जाँच गर्नका लागि प्रहरीलाई सजिलो होस् भन्ने उद्देश्यले नौ थान ‘डिजिटल ब्रेथ अल्कोहल टेस्टर’ प्रदान गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय डोटीले जिल्ला प्रहरी कार्यालय डोटीलाई उक्त ‘डिजिटल ब्रेथ अल्कोहल टेस्टर’ प्रदान गरेको हो । सवारी चालकले मापसे गरी सवारी साधन चलाएको छ÷छैन भन्ने विषयमा जानकारी लिनका लागि सजिलो होस् भन्ने उद्देश्यले उक्त मेसिन प्रदान गरिएको जिल्ला स्वास्थ्य प्रमुख रमेश मलासीले जानकारी दिए ।
जिल्लामा मादक पदार्थ सेवन गरी सवारी चलाउनेको सङ्ख्या बढ्दै गएको र सोही कारणले सवारी दुर्घटना बढ्न थालेपछि उनीहरुले कति मात्रामा मादक पदार्थ सेवन गरेको छ भन्ने विषयमा जानकारी लिन उक्त मेसिनले अब जाँच गर्न सहज हुने जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दानबहादुर मल्लले बताए । उनले भने, “मापसे गरी सवारी चलाउनेको सङ्ख्या बढ्दै गएको पाइयो, अब मेसिनबाट मापसे कति गरेको छ भन्ने सहजै पत्ता लाग्ने र कारवाही गर्न पनि सजिलो हुने भएको छ ।”
यसैगरी सडक दुर्घटना न्यूनीकरण तथा महामारी नियन्त्रणका लागि सुदूरपश्चिम प्रदेशको एक मात्र पहाडी जिल्लाको भीमदत्त राजमार्गस्थित डोटीको जोरायल गाउँपालिका–२ बुडरमा स्थापना गरिएको हेल्थ डेस्कलाई पनि दुई थान ‘डिजिटल ब्रेथ अल्कोहल टेस्टर’ प्रदान गरिएको । एक थान स्वास्थ्य कार्यालयमै राखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । उक्त राजमार्गमा सञ्चालन हुने सवारी साधनका चालकलाई दैनिकरूपमा उक्त मेसिनद्वारा मापसे गरे÷नगरेका बारेमा जानकारी लिन थालिएकोे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘आलुचिप्स’ का लागि उपयोगी हुने आलु खेती गरिँदै
जेठ १०, २०८१ बिहिबार
महेन्द्रनगरमा अवैध संरचना हटाउन थालियो
जेठ ९, २०८१ बुधबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
अवैध नदीजन्य पदार्थ ओसारपसार गरिरहेका टिपर स्थानीयको नियन्त्रणमा
जेठ १०, २०८१ बिहिबार
यस्तो छ सहकारीको शिर, दलीय वर्चश्वमा एमाले !
जेठ १०, २०८१ बिहिबार
सीता एयरको जहाजमा ठोक्किएर घाइते भएका भामलाई नेपालगञ्ज लगियो
जेठ १०, २०८१ बिहिबार
बुद्ध पूर्णिमाः लुम्बिनीमा दर्शनाथीको घुइँचो, व्यवस्थापन गर्न कोषलाई हम्मेहम्मे
जेठ ११, २०८१ शुक्रबार
महानगरका सबै विभागका प्रतिनिधिलाई ‘सार्वजनिक निजी साझेदारी कार्यक्रम’ सम्बन्धी तालिम
जेठ ११, २०८१ शुक्रबार
भारतीय कारखानामा विस्फोट : मृत्यु हुनेको संख्या ११ पुग्यो
जेठ ११, २०८१ शुक्रबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
पपुवा न्युगिनीमा पहिरो, १०० भन्दा बढीको मृत्यु भएको आशंका
जेठ ११, २०८१ शुक्रबार
कञ्चनपुरमा तीन प्रतिशत गहुँ उत्पादनमा वृद्धि
जेठ ११, २०८१ शुक्रबार