कर्णाली प्रदेशमा मातृ मृत्युदर घट्दै
नेपालबहस संवाददाता
चैत १८, २०७७ बुधबार १३:४३:४९
१८ चैत, काठमाडौं । सुरक्षित गर्भपतन सेवाको प्रभावकारिताका कारण कर्णाली प्रदेशमा मातृ मृत्युदर घट्दै गएको तथ्याङ्कले देखाएको छ । सुरक्षित गर्भपतनले कानूनी मान्यता पाएसँगै सेवाको सहज उपलब्धताका कारण बर्सेनि गर्भपतन गराउने महिलाको सङ्ख्या बढ्दै गएको र मातृ मृत्युदर समेत घटेको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार कर्णाली प्रदेशमा आर्थिक वर्ष २०७४ कात्तिकदेखि २०७५ असोजसम्म सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्या पाँच हजार ७४२ थियो । आव २०७५/०७६ को सोही अवधिमा पाँच हजार ७४१ तथा २०७६ देखि २०७७ असोजसम्म पाँच हजार २७८ महिलाले सुरक्षित गर्भपतन सेवा लिए ।
आव २०७६/७७ को उक्त अवधिमा कोरोना भाइरसका कारण ‘लकडाउन’ भएपछि यो सेवा लिने महिलाको सङ्ख्यामा केही कमी देखिए पनि अघिल्ला दुई वर्ष बढ्दो दरमा रहेको पाइएको छ । गर्भपतन गराउने महिलाको सङ्ख्या सबैभन्दा बढी सुर्खेत र सबैभन्दा कम डोल्पामा रहेको छ ।
प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका वरिष्ठ नर्सिङ अधिकृत मानकुमारी गुरुङले स्वास्थ्य सचेतना, सेवाको उपलब्धताजस्ता कारणले गर्भपतन गराउने महिलाको सङ्ख्या बढेको बताउनुभयो । “पहिले असुरक्षित गर्भपतन बढी हुन्थ्यो, स्वास्थ्य संस्थाहरुमा यो सेवा विस्तार गरेसँगै तथ्याङ्क प्रणालीमा जोडिन पुग्यो,” उहाँले भन्नुभयो, “सुरक्षित गर्भपतन सेवा प्रभावकारी हुँदा असुरक्षित गर्भपतन गराउने समस्या कम हुँदै जान्छ ।” उहाँले गर्भपतन गराउनु महिलाको बाध्यता भएको बताउनुभयो ।
वरिष्ठ नर्सिङ अधिकृत गुरुङका अनुसार छोराको चाहना राख्नु, तत्काल सन्तान जन्माउने रहर नहुनु, पढाइ तथा जागिरको ‘करिअर’मा असर पर्न नदिन, प्रेमीबाट धोका पाउनु, अनिच्छित गर्भधारण हुनु, परिवार नियोजनका साधनको सहज उपलब्धता नुहुन जस्ता कारण महिलाहरु गर्भपतन गराउन बाध्य हुने गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहुम्लाका तीन बस्ती अन्धकारमा बस्न बाध्य
जेठ १, २०८१ मंगलबार
कर्णालीमा जबरजस्ती करणीका मुद्दा धेरै
बैशाख ३१, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
टीओआरबारे कार्यदलमा विवाद, सहमति नभएसम्म संसद बैठक रोक्न प्रतिपक्षको आग्रह
जेठ ६, २०८१ आइतबार
प्रिमियर लिगका अन्तिम खेल आज, उपाधिको दौडमा म्यानचेस्टर सिटी र आर्सनल
जेठ ६, २०८१ आइतबार
अफगानिस्तान बाढीमा परि ५० जनाको मृत्यु, दुई हजारभन्दा बढी घर ध्वस्त
जेठ ६, २०८१ आइतबार
सुनको मुल्य अहिलेसम्मकै उच्च, तोलामा १ लाख ४० हजारमा कारोबार
जेठ ६, २०८१ आइतबार
फिल्म ‘दान्भी’को पहिलो गीत ‘मायामा पूजा र कुन्साङको रोमान्स
जेठ ६, २०८१ आइतबार