बालाजु बाइपासमा सूचना केन्द्रको शिलान्यास
नेपालबहस संवाददाता
चैत १८, २०७७ बुधबार २२:२३:२५
१८ चैत,काठमाडौं । महानगरपालिकाले बालाजु बाइपासमा सूचना केन्द्र निर्माण गर्न थालनी गरेको छ । कामपाको स्वामित्वमा रहेको बालाजु बाइपासको कित्ता नं ९९ र १२५ मा सूचना केन्द्र निर्माणका लागि आज शिलान्यास गरिएको छ ।
शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र कामपाका प्रमुख विद्यासुन्दर शाक्यले संयुक्त रूपमा सूचना केन्द्रको शिलान्यास गरेका छन् । निर्माण हुने केन्द्रले उत्तरी क्षेत्रबाट हुने आवागमनको लगत राख्ने छ । केन्द्रबाट बालाजुबाट बाहिरिँदा पुगिने ठाउँ र भित्र आउँदा आवश्यक पर्ने सेवा प्राप्त हुने ठाउँका बारेमा जानकारी दिइने पनि बताइएको छ । मन्त्री मानन्धरले ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न उपत्यकाका विभिन्न स्थानमा सरकारले अत्याधुनिक सुविधा सहितका यस्ता केन्द्र स्थापना गर्ने लक्ष्य लिएको बताए ।
कार्यक्रममा कामपाका प्रमुख शाक्यले सूचना केन्द्रले उपत्यका र काठमाडौं महानगरसम्बन्धी आवश्यक सबै सूचना उपलब्ध गराइने छ”, उनले भने, “सूचना केन्द्रबाट पर्यटक र सर्वसाधारणलाई काठमाडौं र उत्तरी क्षेत्र हुँदै पुगिने नुवाकोट, रसुवा र गोरखा जाने बाटोलगायत बारेमा पनि सूचना प्रप्त हुनेछ ।” करीब रु एक करोड लागतमा बालाजु बाइपासमा निर्माण हुन लागेको सूचना केन्द्रको निर्माणका लागि कमपाले रु ९५ लाख ६० हजार र उपभोक्ताले रु १० लाख ६० हजार व्यहोर्ने बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचेपाङ बस्तीमा प्राधिकरणले जब निःशुल्क मिटर बाँड्यो !!!
जेठ ६, २०८१ आइतबार
पानीका स्रोत सुक्न थालेपछि वन्यजन्तु समस्यामा
जेठ ६, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
कांग्रेस संसदीय दलको बैठक बस्दै
जेठ ७, २०८१ सोमबार
आइपिएलको प्लेअफको समीकरण पुरा, पहिलो क्वालिफायरमा कोलकोता र सनराइजर्स खेल्ने
जेठ ७, २०८१ सोमबार
प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची
जेठ ७, २०८१ सोमबार
मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल
जेठ ७, २०८१ सोमबार
म्यानचेस्टर सिटीले जित्यो प्रिमियर लिगको उपाधि
जेठ ७, २०८१ सोमबार
दमौलीको मुख्यचोकका सटरमा भीषण आगलागी
जेठ ७, २०८१ सोमबार