कोरोना बीमाको दाबी भुक्तानी साढे ६ सय बढिले नपाउने
नेपालबहस संवाददाता
चैत ३१, २०७७ मंगलबार १८:३९:४५
३१ चैत, काठमाडौं । साढे ६ सय बढिले कोरोना बीमाको दाबी भुक्तानी नपाउने भएका छन् । बीमा समितिका अनुसार दोहोरो दाबी तथा फेक क्लेमको कारण ६ सय ६६ जनाले भुक्तानी नपाउने भएका हुन् ।
६ अर्ब नजिक पुगेको जनाएको छ। समितिको तथ्यांक अनुसार चैत ३० गते सोमबारसम्ममा कोरोना बीमा बापत ५ अर्ब ८५ करोड १५ लाख रुपैयाँ भुक्तानी भएको छ।
त्यस अवधिमा ६० हजार ५८७ वटा दाबी बापत सो बराबरको रकम भुक्तानी भएको हो।
सोमबारसम्ममा आवश्यक कागजपत्र पुरा भएका ९१ हजार ६७३ वटा दाबी भुक्तानीका फाइलहरु प्राप्त भएको छ भने ४३८ वटा फाइलहरु स्वीकृतिको लागि प्रकृयामा रहेका छन्।
भेरिफिकेशनको लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा १८ हजार ८५९ वटा फाइलहरु पेन्डिङ्ग छन्। यस्तै ५ हजार ४३६ वटा फाइलहरु महाशाखाबाट स्वीकृत भएर पुलमा पेन्डिङ्गमा रहेका छन्।
थप १ हजार ९८९ वटा दाबीका फाइल महाशाखामा पठाउन तयार रहेको समितिले जनाएको छ। दाबी भुक्तानीका लागि आवश्यक कागजपत्र पुरा नभएपछि १ हजार ९८९ वटा फाइलहरु भने फेरी कम्पनीमा फिर्ता पठाएका छन्।
कोरोना बीमामा दोहोरो दाबी पर्ने भएकोले पनि भेरिफिकेशन गर्न तथा दोहोरो भुक्तानी नियन्त्रण गर्न समय लागेको समितिले बताउँदै आएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रभु इन्स्योरेन्सको साधारणसभा आज, लगानीकर्तालाई लाभांश वितरण गर्ने प्रस्ताव पेश हुँदै
बैशाख २०, २०८१ बिहिबार
नेपाल पुनर्बिमा कम्पनीले ५ प्रतिशत लाभांश दिने घोषणा
बैशाख ४, २०८१ मंगलबार
प्रभु इन्स्योरेन्सको वैशाख २० गते एजीएम, के-के छन एजेण्डा ?
बैशाख ३, २०८१ सोमबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
राष्ट्रियसभाको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित
जेठ १, २०८१ मंगलबार
कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार
प्रतिनिधि सभाको बैठकमा कांग्रेसको अवरोध, छानबिन समितिको माग गर्दै नाराबाजी
जेठ १, २०८१ मंगलबार