हत्या र लुटपाटमा संलग्नलाई कानूनी दायरामा ल्याउछौ : कानूनमन्त्री यादव
नेपालबहस संवाददाता
बैशाख २, २०७८ बिहिबार २०:०:४४
२ वैशाख,लहान । प्रदेश नं २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले हत्या र लुटपाटमा संलग्नलाई कानूनी दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । गत शनिबार राति लुटेरा समूहको गोली प्रहारबाट मृत्यु भएका सिरहाको लहान नगरपालिका–२२ निवासी ४५ वर्षीय सुन चाँदी व्यवसायी प्रदीप विश्वकर्माको परिवारजनलाई आज भेटेर उनले लुटेरा समूहलाई कानूनी दायरामा ल्याउने र मृतक परिवारलाई उचित क्षतिपूर्तिसमेत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
मन्त्री यादवले भने, “घटना असाध्यै हृदयविदारक छ, घटनाका अपराधीलाई छिटोभन्दा छिटो कानूनी दायरामा ल्याइने छ ।” घटनामा संलग्न कतिपय व्यक्ति पक्राउ परिसकेका र कतियप व्यक्ति छिट्टै पक्राउ पर्ने उनको दाबी थियो ।
मृतक परिवारलाई प्रदेश सरकारले छिट्टै क्षतिपूर्ति उपलब्ध गराउने बताउदै मन्त्री यादवले हरेक नागरिकको सुरक्षाका लागि सरकार र सुरक्षा निकाय कटिबद्ध रहेको उल्लेख गरे । सो क्रममा मृतक विश्वकर्माको परिवारजनले तत्काल अपराधीलाई पक्राउ गरी कारवाही गर्न र क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको छ ।
“परिवारमा दाजु एक्लै कमाउने थिए”, मृतक प्रदीपका भाइ सञ्जीवले भने, “अपराधीले सम्पत्ति लुटेर दाजुको हत्या गरेपछि उनका तीन छोराछोरी टुहुरो भएका छन्, उनीहरूको पालनलालन कसरी गर्ने भन्ने चिन्ता बढेको छ ।” त्यसैले सरकारको यसतर्फ ध्यान पुगोस् उनको दुखेसो थियो ।
सिरहाको लहान नगरपालिका–२२ गढियाचोकमा अमृता ज्वेलर्स सञ्चालन गर्दै आएका विश्वकर्माको घरको ढोका फुटाएर लुटेरा समूहले सुन चाँदीका गरगहना तथा नगदसहित करिब रु २५ लाख मूल्य बराबरको सम्पत्ति लुटपाट गरी गोली हानी हत्या गरेका थिए । लुटपाटका क्रममा लुटेरा समूहले व्यवसायी विश्वकर्माकी श्रीमती अमृतालाई समेत खुकुरी प्रहार गरी घाइते बनाएका थिए ।
यसैबीच आजै कानूनमन्त्री यादवले गत सोमबार साँझ लुटपाट भएको लहान नगरपालिका–७ निवासी राजेश शारडाको घरमा पुगेर घटनाबारे जानकारी लिएका छन् । लुटेरा समूहले शारडाको घरको सदस्यलाई बन्धक बनाएर कारसहित सुन चाँदीका गहना लुटेर लगेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेस प्रदेशका चार जिल्लाको सीमानाका तीन दिन बन्द रहने
जेठ ४, २०८१ शुक्रबार
मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै
जेठ ४, २०८१ शुक्रबार
जग्गा विवादको क्रममा कोदालोले प्रहार गर्दा एक जनाको मृत्यु
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार