चित्रकारद्वारा लिखित ‘थट्स अफ म्युजिङस’ सार्वजनिक
नेपालबहस संवाददाता
बैशाख ५, २०७८ आइतबार १७:१६:२३
५ वैशाख,काठमाडौं । कलाकार तथा कलालेखक मदन चित्रकारद्वारा लिखित ‘थट्स अफ म्युजिङस’ सार्वजनिक भएको छ । सिर्जना कलेज अफ फाइन आर्टस लाजिम्पाटमा आयोजित कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कृतिको विमोचन गर्दै पुर्खाले दिएको संस्कृति जर्गेना गर्दै अहिलेको परिवेशलाई कला र संस्कृतिमा उतार्नुपर्ने चुनौती रहेको बताए ।
पुस्तकमाथि टिप्पणी गर्दै सिद्धार्थ आर्ट ग्यालरीका सञ्चालक सङ्गीता थापाले पुस्तकले नेपाली कलाका विविध आयामलाई खोतल्ने काम गरेको बताउँदै राणाकालमा नेपालमा ३८ दरबार बनेको र त्यहाँका चित्रकलाबारे खोजी र अनुसन्धान हुनुपर्ने सुझाव दिए । पुनम आरएल राणाले नेपाली कला र कलाकारका बारेमा जानकारी लिनका लागि पुस्तक निकै उपयोगी रहेको धारणा व्यक्त गर्दै पहिले कपडामा कलाकृति बनेकामा अहिले कागजमा बनाउने चलन चलेको तथा पहिले कलाकृति पूजाका लागि बनाइने तर अहिले व्यापारका लागि बनाइने चलन चलेको जनाए ।
कलाकार तथा लेखक चित्रकारले नेपालमा ललितकला वाङ्मयको अभाव रहेको बताउँदै नेपाली कलालाई चिनाउने र यसका विभिन्न आयामलाई दस्तावेजीकरण गर्ने लक्ष्यका साथ पुस्तक प्रकाशन गरिएको जानकारी दिए । सिर्जना कलेज अफ फाइन आर्टसका अध्यक्ष महेनमोहन श्रेष्ठले आगामी दिनमा समेत कलेजले कलाका विभिन्न विषयमा कृति प्रकाशन गर्दै जाने जानकारी दिए । कलेजका भाइस प्रिन्सिपल नवीन्द्रमान राजभण्डारीले नेपालमा कला प्रकाशनको अभाव भइरहेका बेला प्रकाशनमा आएको पुस्तकले त्यसको पूर्ति गर्ने धारणा व्यक्त गरे ।
अङ्ग्रेजी भाषामा लेखिएको पुस्तकले नेपाली कलामा चलेका विविध शैली, आन्दोलन, विचार, परम्परा, कलाकार तथा तिनका कलाकृतिलाई बुझ्न सघाउँछ । पुस्तकमा नयाँ तथा पुराना पुस्ताका कलाकारका कलाकृति तथा तिनका बारेमा चर्चासमेत गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेलबारीमा गोविन्द हुक्पा चोङबाङको ‘मायाको सृष्टि’ विमोचित
चैत २५, २०८० आइतबार
गीतकार खतिवडाको नयाँ कृति, हिन्दी गीतहरूको संग्रह “कैसा मन मस्ताना प्यारे"
चैत ८, २०८० बिहिबार
बाल चित्रपुस्तक ‘म उड्न सकेँ’ बजारमा
फागुन २८, २०८० सोमबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
डीआईजी र एसएसपी सरुवामा गृहमन्त्रीको मनोमानी, ५ महिना नपुग्दै लखेटिए आचार्य
जेठ १७, २०८१ बिहिबार
सन्दीप लामिछानेलाई अमेरिकाले फेरि पनि दिएन भिसा
जेठ १७, २०८१ बिहिबार
क्यान अध्यक्ष चन्द भन्छन्, सन्दीपलाई १५औं खेलाडीको रुपमा गोप्य राखिएको थियो
जेठ १८, २०८१ शुक्रबार
सुन तस्करी प्रकरणमा काभ्रेका थर्कमान लामा पक्राउ
जेठ १८, २०८१ शुक्रबार
चुनावको प्रचार सकेर मोदी ४५ घण्टे ध्यानमा
जेठ १८, २०८१ शुक्रबार
ट्रम्प दोषी ठहर, अब राष्ट्रपति चुनाव लड्न पाउछन् ?
जेठ १८, २०८१ शुक्रबार
मौलिकता बिर्सेर बनाइयो नमूना गन्धर्वघर
जेठ १८, २०८१ शुक्रबार
खोटाङमा बन्यो सुम्लिखामा यलम्बर उद्यान
जेठ १८, २०८१ शुक्रबार