चुरे क्षेत्रका बासिन्दा खानेपानीको सङ्कट झेल्दै
नेपालबहस संवाददाता
बैशाख ५, २०७८ आइतबार २१:४३:२
५ वैशाख,सर्लाही । उत्तरी चुरे क्षेत्रका बासिन्दाले खानेपानीको सङ्कट झेल्दै आएका छन् । बर्सेनि सुक्खा मौसममा त्यस क्षेत्रका बासिन्दाले खानेपानीको अभाव झेल्ने गरेका हुन् । सुक्खा याम शुरु भएपछि चुरे क्षेत्रका धारा, इनार, कुवालगायत खानेपानीका स्रोत सुक्ने गरेको स्थानीयवासीले बताएका छन् । चुरे डाँडाका बस्ती र चुरे डाँडा छेउछाउका बस्तीमा फागुनदेखि नै खानेपानीको समस्या सिर्जना हुने गर्दछ ।
हिउँदका केही महिना चुरे क्षेत्रमा पर्ने भालुखोप, केराबारी, वनमारा, बेलडाँडा, कालीञ्जोर, परवानीपुर, नारायणखोला, अत्रौली, ढुङ्गेखोलालगायत क्षेत्रमा खानेपानीको सङ्कट हुने गरेको हो । बढ्दो वन विनाश र अवैध उत्खननले गर्दा पछिल्ला वर्षमा खानेपानीका मुहान चाँडो सुक्न थालेका छन् ।
यस क्षेत्रका बासिन्दा एक गाग्री खानेपानी जोहो गर्न घण्टौँ धाएर छिमेकी गाउँसम्म पुग्न बाध्य भएका छन् । गाउँका ४०÷४५ घरधुरीका लागि एउटा मात्रै कुवा रहेको र त्यस कुवामा रातभरि जम्मा भएको पानीले दुई÷चार घरलाई मात्र पुग्ने गरेको ईश्वरपुर नगरपालिका–१२, कालीञ्जोरका कान्छा लामाले बताए । “अहिले गाउँका अधिकांशले नजिकैको खोला, कुवा र छिमेकी गाउँबाट पानी ल्याएर खाइरहेका छौँ”, उनले सुनाए । चुरेका बासिन्दा र वस्तुभाउले एउटै खोला÷खोल्साको पानी खान्छन् । दूषित पानी पिउँदा स्थानीय बासिन्दा बर्सेनि पखालालगायत अन्य पानीजन्य रोगको शिकार बन्दै आएका छन् ।
लालबन्दी नगरपालिका–१२ भालुखोपका वीरबहादुर रानाले फागुन र चैतमा खानेपानीको जोहो गर्न निकै अप्ठ्यारो हुने गरेको गुनासो गरे । “मुहानै सुक्न थालेपछि गाउँका धारामा कम पानी आउन थालेको छ”, रानाले भने । एक गाग्री पानीका लागि पाँच घण्टासम्म कुर्नुपर्ने बाध्यता रहेको स्थानीयवासीको भनाइ छ ।
खानेपानीको अभाव टार्न गत वर्ष लालबन्दी, वाग्मती र हरिवन नगरपालिकाले लिफ्ट प्रविधिबाट चुरेका केही बस्तीमा खानेपानी पु¥याए पनि केही स्थानबाहेक अधिकांश बस्तीमा त्यो प्रविधि प्रभावकारी नभएको स्थानीयवासीले बताएका छन् । तर नगरको उत्तरी क्षेत्रका बस्तीमा खानेपानीको अभाव हुन नदिन पुराना इनार मर्मत एवम् नयाँ निर्माण गर्ने र ठाउँठाउँमा डिप बोरिङ गाड्ने काम भइरहेको जनप्रतिनिधिले बताएका छन् ।
हरिवन–१ चुरेपाखोस्थित धिमिलेमा आधा दर्जन गाउँलाई पानी खुवाउन ओभरहेड ट्याङ्की शिलान्यास गरिएको छ । नगरप्रमुख गणेशप्रसाद प्रसाईंले उक्त ओभरहेड ट्याङ्कीको शिलान्यास गरेका हुन् । चालु आव २०७७÷७८ सम्म सम्पन्न गर्ने गरी दुई हजार लिटर क्षमताको ओभरहेड ट्याङ्की निर्माण गर्न शुरु गरिएको नगरप्रमुख प्रसाईले जानकारी दिएका छन् । सो आयोजनाअन्तर्गत १ नं वडाका सात स्थानमा त्यति नै क्षमताको ट्याङ्की निर्माण हुने नगरपालिकाले जनाएको छ । रु एक करोड ५० लाख लागतमा निर्माण हुन लागेको ट्याङ्कीमा दुई मुहानबाट पानी लिफ्टिङ गरेर लैजाने योजना रहेको नगर उपप्रमुख रेणुका पौडेलले बताए ।
यसरी लिफ्टिङ गरिएको पानी चुरेडाँडामा रहेका बनमारा, केराबारी, थामिटोल, विलन्दी र बेलडाँडामा पाइपलाईनमार्फत वितरण गरिनेछ । पानीको उपयुक्त स्रोत नहुँदा त्यहाँका स्थानीयवासीले मूलको जरुवा पानीलाई कुवा बनाएर सङ्कलन गरेर पिउँदै आएका छन् । त्यहाँ रहेको कुवा पनि हिउँदको केही महिना सुक्ने गर्दा काकाकुलको अवस्था बेहोर्नु परेको स्थानीयवासी सोमबहादुर वाइवाले गुनासो गरे । गाउँमा पानी ट्याङ्की निर्माण हुने र घरघरमा धाराबाट पानी आउने भएपछि स्थानीयवासी खुशी भएका छन् । नगरको अति विकट मानिने वडा नं १ र आसपासका क्षेत्रमा कसरी पानी पु¥याउन सकिन्छ भनेर थप अध्ययन गरिसकेको र नजीकैको खोलाबाट लिफ्ट प्रविधिमार्फत खानेपानी पु¥याउने थप प्रयास भइरहेको नगरप्रमुख प्रसाईले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेस प्रदेशका चार जिल्लाको सीमानाका तीन दिन बन्द रहने
जेठ ४, २०८१ शुक्रबार
मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै
जेठ ४, २०८१ शुक्रबार
जग्गा विवादको क्रममा कोदालोले प्रहार गर्दा एक जनाको मृत्यु
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार