अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने नै मन्त्रिमण्डलमा सामेल
नेपालबहस संवाददाता
बैशाख ६, २०७८ सोमबार २१:२०:७
६ वैशाख, काठमाडौं । लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता गरी सरकारबाट बाहिरिएको नेकपा माओवादी केन्द्रलाई चक्मा दिने गरी मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रिमण्डल पुनर्गठन गरेका छन् ।
सरकारविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी र जनता समाजवादी पार्टीले आजै अविश्वास दर्ता गराएका छन् । लगत्तै माओवादीका तर्फबाट मन्त्री रहेका कुलप्रसाद केसी र सुदर्शन बरालले राजीनामा गरेका थिए । तर जसपाका तर्फबाट अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने तीन सहित चार जनालाई पोखरेलले मन्त्रिमण्डलमा सामेल गर्ने भएका छन् । उनीहरुलाई आजै अपरान्ह् ४ बजे सपथ गराउने तयारी भइसकेको स्रोतले बतायो ।
आज मन्त्रिमण्डलमा सहभागी हुन लागेकाहरुमा विजय यादव,सन्तोष पाण्डे, कल्पना पाण्डे र सुमन रायमाझी रहने छन् । यीमध्ये कल्पना बाहेक तीनै जनाले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका थिए । उनीहरु सबै पूर्व राष्ट्रिय जनता पार्टीका तर्फबाट प्रतिनिधित्व गर्नहरु हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
बहुविवाहका आरोपी दाङका पौडेल पुर्पक्षका लागि कारागार चलान
जेठ २, २०८१ बुधबार
कपिलवस्तुमा राष्ट्रिय एकता अभियानको सम्मेलन सम्पन्न
बैशाख ३१, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार