बिरामीमा कोरोना भएपछि अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
नेपालबहस संवाददाता
बैशाख ७, २०७८ मंगलबार १५:३५:२५
७ वैशाख, लहान । उपचाररत एक महिलामा कोरोना संक्रमण देखिएपछि सिरहा जिल्ला अस्पतालको आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ । अस्पतालमा उपचारका लागि गत आइतबार भर्ना भएकी एक महिलामा जाँचपछि कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पतालको आकस्मिकबाहेकका सेवा बन्द गरिएकोे हो ।
सङ्क्रमणपछि उक्त महिलाको सम्पर्कमा आएका अस्पतालका स्वास्थ्यकर्मी तथा चिकित्सकसमेत रहेकाले तत्काललाई अस्पताल शिल गरी आकस्मिक सेवा मात्र सञ्चालन गरिएको अस्पतालका मेसु डा नागेन्द्रप्रसाद यादवले जानकारी दिए । अस्पतालको आकस्मिक कक्षबाहेक सबै कक्षमा ताल्चा लगाइएको छ । अस्पतालमा रोग निवारक औषधि छर्केपछि पुनः सञ्चालनमा ल्याइने मेसु डा यादवले बताए।
सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले सीमावर्ती भारतीय बजारबाट नेपालतर्फ आवतजावत हुने सम्पूर्ण नाकामा कडाइ गर्न सशस्त्र प्रहरी बल नेपालका साथै नेपाल प्रहरीलाई समेत निर्देशन दिइसकेको बताए । हाल सिरहामा एक महिलासहित सात जना सक्रिय कोरोना सङ्क्रमित रहेको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकनन्दिनी बन्यो पूर्णखोप पालिका
जेठ १७, २०८१ बिहिबार
मधेशमा विपक्षीको सरकार बनाउने कसरतमा देउवा
जेठ १६, २०८१ बुधबार
ऐतिहासिक मुक्तेश्वर मन्दिर प्रचारप्रसार अभावमा ओझेलमा
जेठ १६, २०८१ बुधबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
डीआईजी र एसएसपी सरुवामा गृहमन्त्रीको मनोमानी, ५ महिना नपुग्दै लखेटिए आचार्य
जेठ १७, २०८१ बिहिबार
सन्दीप लामिछानेलाई अमेरिकाले फेरि पनि दिएन भिसा
जेठ १७, २०८१ बिहिबार
गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा
जेठ १८, २०८१ शुक्रबार
आज काठमाडौँमा हल्का वर्षा हुने पूर्वानुमान
जेठ १८, २०८१ शुक्रबार
बेलबारीमा बाल कला महोत्सव
जेठ १८, २०८१ शुक्रबार
किसानलाई अनुदानमा ट्रयाक्टर वितरण
जेठ १८, २०८१ शुक्रबार
तनहुँको खुदीखोलामा पक्की पुल बन्दै
जेठ १८, २०८१ शुक्रबार
अमेरिकी पूर्व राष्ट्रपति ट्रम्प सबै ३४ आरोपमा दोषी ठहर, जुलाई ११ मा सजाय तोकिने
जेठ १८, २०८१ शुक्रबार