ज्यानमारा भाइरसबाट बाँकेमा १५९ को मृत्यु, ४६ जना सिकिस्त
नेपालबहस संवाददाता
बैशाख ७, २०७८ मंगलबार २०:५९:३०
७ वैशाख, बाँके । बाँकेमा ज्यानमारा भाइरसका कारण हालसम्म १५९ जनाको मृत्यु भएको छ । बाँके जिल्लाभित्र बसोबास गर्ने ६१ जना र जिल्लाबाहिर बसोबास गरी उपचारका लागि बाँकेस्थित अस्पतालमा आएका ९८ गरी १५९ जनाको मृत्यु भएको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।
उनका अनुसार, बाँकेमा उपचाररत कोरोना संक्रमितको दैनिकजसो मृत्यु हुने गरेको छ । बाँकेमा हाल भेरी अस्पताल नेपालगञ्जमा ३८ र शिक्षण अस्पताल कोहलपुरमा आठ गरी ४६ संक्रमित सिकिस्त अवस्थामा छन् । तीमध्ये सात जनाको भेन्टिलेटरमा राखी उपचार भइरहेको छ ।
अहिले ८६६ सक्रिय संक्रमित उपचाररत छन् । बाँकेमा गए राति ठूलो सङ्ख्यामा कोरोना संक्रमित थपिएका छन् । जिल्लाका तीन वटा प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ३२२ जनामा भाइरस सङक्रमण पुष्टि भएको स्रोत व्यक्ति वलीले जानकारी दिए । संक्रमण पुष्टि भएकामा बालबालिकादेखि युवा र वृद्धसम्म छन् । विद्यार्थी, शिक्षक, अभिभावक र पत्रकारसमेत सङ्क्रमित भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसीरम इन्स्टिच्युटले भन्यो: डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ
बैशाख २७, २०८१ बिहिबार
एस्ट्राजेनेकाले विश्वभरबाट कोरोना भाइरसको खोप फिर्ता लिँदै
बैशाख २६, २०८१ बुधबार
बढ्यो कोरोना संक्रमण, एक हप्तामा २८ जना संक्रमित
चैत २०, २०८० मंगलबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
बागमती प्रदेश सभा बैठक : विनियोजित बजेटको सिद्धान्तमाथि छलफल
जेठ ७, २०८१ सोमबार
राष्ट्रपति पौडेलद्वारा इरानका राष्ट्रपति रायसीको निधनप्रति दुख व्यक्त
जेठ ७, २०८१ सोमबार
जिल्ला अस्पताल हुम्लामा औषधि अभाव, बिरामी खाली हात फर्किन बाध्य
जेठ ७, २०८१ सोमबार
सिंहदरबार र नेताको घरको फोहोर उठ्दैन, को-को जुध्न आउने हो, आए हुन्छ : बालेन
जेठ ७, २०८१ सोमबार
अवैध बिनान्स एपमार्फत लगानी गर्ने चार जना पक्राउ
जेठ ७, २०८१ सोमबार
इरानमा पाँच दिनको राष्ट्रिय शोक घोषणा
जेठ ७, २०८१ सोमबार