दुई अर्बको कर छली गरेकाे अभियोगमा १६ जनाविरुद्ध मुद्धा
नेपालबहस संवाददाता
बैशाख १०, २०७८ शनिबार ०:५९:३९
१० वैशाख, काठमाडौं । दुई अर्ब रुपैयाँ बढी राजश्व छली गरेको अभियोग लागेका १६ जनाविरुद्ध आज राजश्व अनुसन्धान विभागले मुद्धा चलाएको छ । झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि करको बीजक प्रयोग गरी राजश्व छली गर्ने सर्लाही घर भई ललितपुर बस्दै आएका अनिल गुप्ता एण्ड एसोसियटसका सञ्चालक अनिलकुमार गुप्ता तथा सोही जिल्ला घर भई काठमाडौं बस्ने अङ्कुश ट्रेड एण्ड सप्लायर्सका सञ्चालक प्रविणकुमार महतोको नेतृत्वमा यसरी अर्बौँको राजश्व छली भएको पाइएको विभागले जनाएको छ ।
लामो अनुसन्धानपछि तथ्य प्रमाणका आधारमा १६ प्रतिवादीविरुद्ध आज उच्च अदालत पाटनमा मुद्दा चलाइएको विभागले जनाएको छ । उनीहरुले दुई अर्ब १९ करोड ८८ लाख बिगो बराबरको राजश्व छली गरेकाले बिगो असुल गरी जरिवाना र कैद दाबी लिई मुद्दा दर्ता गरिएको विभागले आज जारी गरेको सूचनामा उल्लेख छ ।
उनीहरुले विभिन्न फर्मका नाममा बिक्री भएको भनी नक्कली तथा झुट्टा बीजक जारी गरी सो बमोजिमको रकम भुक्तानी लिई असुल गरेको मूल्य अभिवृद्धि कर रकम सरकारी कोषमा दाखिला नगरेको पाइएको छ ।
प्रतिवादीले राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित एवं सोही ऐनको दफा ४ को खण्ड (क), (ख), र (छ) बमोजिमको कसूर गरी राजश्व चुहावट गरेकोले राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २(छ) बमोजिम राजश्व चुहावट गरेको विभागले उल्लेख गरेको छ ।
राजस्व छलीमा गुप्ता र महतोसहित पर्साका रामचन्द्र माझी, भुलावन महरा चमार, दीपककुमार कायस्थ, वकिल देवान, अभिमन महतो, बाराका अकलीहजरा दुसाद, मुअन महरा, काठमाडौँका सरोज श्रेष्ठ, सञ्जय श्रेष्ठ, सर्लाहीका अञ्जु गुप्ता र वाणेश्वर महतो तथा उदयपुरका सरोज ढकाल, राधेश्यामप्रसाद साह, रत्नगोपाल श्रेष्ठ संलग्न रहेको विभागले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमेची भन्सारद्वारा रु एघार अर्ब ५९ करोड राजस्व संकलन
जेठ ६, २०८१ आइतबार
आन्तरिक स्रोतलाई दिगो बनाउँदै राजस्वको दायरा बढाउन कर प्रणाली सुधार गरिने
जेठ १, २०८१ मंगलबार
यातायात कार्यालय धनगढीद्वारा ५१ करोड राजश्व संकलन
बैशाख २७, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
कुमारी बैंकका ग्राहकलाई होटल भिन्टेज होमबाट प्रदान गरिने सेवामा विशेष छुट
जेठ ७, २०८१ सोमबार
दमौलीको मुख्यचोकका सटरमा भएको आगलागीको विवरण संकलन गरिँदै
जेठ ७, २०८१ सोमबार
८ नम्बरमा पर्यो उपेन्द्रको रिट, ढुंगानाको इजलासमा सुनुवाइ
जेठ ७, २०८१ सोमबार
गोदावरीको हाटखोली आन्तरिक पर्यटकको रोजाइमा
जेठ ७, २०८१ सोमबार
कांग्रेससहित विपक्षी दलहरुले गरे संसद अवरोध, १५ मिनेटका लागि बैठक स्थगित
जेठ ७, २०८१ सोमबार
सुनको मूल्य तोलामा नौ सयले बढ्यो, चाँदीको कति ?
जेठ ७, २०८१ सोमबार