अक्षयले कोरोना पीडितका लागि एक करोड दिने
नेपालबहस संवाददाता
बैशाख १२, २०७८ आइतबार २१:३३:१४
बलिउड अभिनेता अक्षयकुमारले कोरोना पीडितका लागि एक करोड दिएका छन् । उनले कोरोना पीडितका लागि एक करोड दिने बचन दिएको क्रिकेटर तथा पूर्वी दिल्लीका सांसद गौतम गम्भीरले बताए । उनले खाना, औषधी र अक्सिजनका लागि उक्त रकम दिने भएका हुन् ।
गौतमले ट्वीटमार्फत अक्षयकुमारको सहयोगको बारेमा जानकारी गराएका छन् । ‘दुःखद समयमा हरेक एकको मद्दत आशाको किरण जस्तै हो । अक्षयकुमारलाई पनि धन्यवाद भन्न चाहान्छु । उनले आवश्यक मानिसको खाना, औषधी र अक्सिजनका लागि गौतम गम्भिर फाउन्डेशनलाई एक करोड सहयोग गर्ने बचन दिएका छन् । भगवान उनलाई आर्शिवाद दिनुहोस्’ गौतमले ट्वीटमा लखेका छन् ।
अक्षयले पनि गौतमको उक्त ट्वीटलाई रिप्लाई गरेका छन् । अक्षयले लेखेका छन्, ‘यो साँच्चिकै मुस्किलको समय हो । मलाई खुसी लागेको छ, कि म मद्दत गर्नसक्छु । आशा गर्छु, छिट्टै यो समय पार होस् ।’ अक्षयको यस्तो मद्दत यो पहिलो भने होइन । गत वर्ष कोभिडको दौरानमा अक्षयले पीएम केयर्स फन्डमा २५ करोड दान दिएका थिए भने बिहार र असमका बाढी पीडितका लागि समेत उनले एक एक करोड दान दिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविक्कीको जन्मदिनमा कट्रिनाको विशेष पोस्ट, सामाजिक सञ्जालमा भाइरल
जेठ ४, २०८१ शुक्रबार
कार्तिक आर्यन पहिलो पटक एलियनको अवतारमा
जेठ ४, २०८१ शुक्रबार
सुपरहिट हिन्दी वेब सिरिज ‘पञ्चायत’ को तेस्रो सिजनको ट्रेलर सार्वजनिक
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार