डिथ्री अनलाइन चौथो वर्षमा, कलाकर्मी तथा संचारकर्मीसंग तेस्रो वार्षिकोत्सब
नेपालबहस संवाददाता
बैशाख १३, २०७८ मंगलबार २:५८:१०
प्रदेश १ मा रहेर कला र मनोरञ्जन बिटमा संचालित ‘डिथ्री अनलाइन’ले बैशाख १३ गते आज आफ्नो तेस्रो वार्षिकोत्सब मनाएको छ । ईटहरीमा प्रधान कार्यालय स्थापना गरेर विगत ३ वर्षदेखि निरन्तर केन्द्रको मात्र नभएर मोफसलको मनोरञ्जन खबरलाई अनलाइन न्युज पोर्टलका माध्यमबाट डिथ्री अनलाइनले सम्प्रेषण गरिरहेको छ ।
तेस्रो वार्षिकोत्सब कार्यक्रमको तयारी नेपालका चर्चित अभिनेता संगै प्रदेश १ का कलाकर्मिहरुको साथमा गर्न लागिएको भएपनी कोरोनाको बढ्दो त्रासका कारण तयारी सम्पन्न भएको कार्यक्रम रोक्नुपरेको अनलाइनका संचालक तथा प्रस्तोता सुवास संकल्प ‘खेमराज श्रेष्ठ’ले बताए ।
गतवर्ष पनि वार्षिकोत्सब कार्यक्रम कोरोनाको कारण रोकिएको थियो । यसपटक भने अनलाइनको स्टुडियोमै प्रदेश १ का सिनेकर्मी तथा संचारकर्मीको सिमित उपस्थितिमा वार्षिकोत्सब केक काटेर मनाईएको हो । कार्यक्रममा नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष, निर्देशक तथा व्ह्वाईट हाउस होटल म्यानेजमेन्टका संचालक अरुण प्रधान, चलचित्र पत्रकार संघ नेपाल, प्रदेश १ शाखाका अध्यक्ष नरेन्द्र बस्नेत, एन्जल टेलर्सका संचालक तथा गीतकार(संगीतकार भाईसन बर्देवाको उपस्थिति रहेको थियो ।
यस्तै, कार्यक्रममा कोशी भिजनका संचालक तथा निर्माता निर्देशक लाखमान योन्जन, चलचित्र पत्रकार संघ नेपाल, सुनसरी शाखाका अध्यक्ष बिनोद विश्वकर्मा, उपाध्यक्ष मनोज दाहाल र सदस्य नरेन कुलुङ, अभिनेता माधव केसि, सिजि ग्रुपका प्रदेश १ सहायक बजार प्रमुख रबिन्द्र मास्के, क्यापिटल ग्रुपका उप महाप्रबन्धक उज्वल प्याकुरेल, मार्टिना मेकअप स्टुडियो ईटहरीका संचालिका उर्बि श्रेष्ठको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित अतिथीहरुले वार्षिकोत्सब तथा अनलाइनका संचालक संकल्पको जन्मदिन पनि परेको उपलक्ष्यमा सुभकामना दिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिल्म ‘दान्भी’को पहिलो गीत ‘मायामा पूजा र कुन्साङको रोमान्स
जेठ ६, २०८१ आइतबार
'पुजार सार्की'को तेस्रो गीत 'जाऊँ माया' सार्वजनिक
जेठ १, २०८१ मंगलबार
नयाँ पुस्ता लक्षित शास्त्रीय संगीत उत्सव
बैशाख ३१, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार