अक्षय र ट्विंकलले गरे अक्सिजन सहयोग
नेपालबहस संवाददाता
बैशाख १५, २०७८ बुधबार १८:३५:४९
काठमाडौं । कोरोनाको दोस्रो लहर फैलिएसंगै भारतमा संक्रमितको संख्या दिनदिनै बढिरहेको छ । दैनिक तीन लाखभन्दा बढी संक्रमित थपिइरहेका छन् ।
अहिले भारतको अस्पतालहरुमा बेड, अक्सिजन सिलिन्डर र औषधिजस्ता अत्यावश्यक कुराको हाहाकार देखिएको छ । यस्तो संकटमा अहिले विभिन्न व्यक्तिहरुले सहयोग गरिरहेका छन् ।
यसैक्रममा बलिउड अभिनेता अक्षय कुमार र लेखक तथा अभिनेत्री ट्विंकल खन्नाले सय वटा अक्सिजन कन्सन्ट्रेटर्स सहयोग गर्ने भएका छन् । मंगलबार ट्विंकलले सामाजिक सञ्जालमा लेखेकी छन्, ुएकदमै सुखद खबर( लन्डनका एलिट हेल्थ दैविक फाउन्डेसनका दुई जना डाक्टरले १२० वटा अक्सिजन कन्सन्ट्रेटर्स प्रदान गर्ने भएका छन्। यसमा अक्षय कुमार र मैले थप सय वटा अक्सिजन कन्सन्ट्रेटर्स थपेर सहायताको हात बढाउने निर्णय लिएका छौं। यसपछि हामीसँग २२० अक्सिजन कन्सन्ट्रेटर्स उपलब्ध हुनेछ। तपाईंहरुको अग्रसरताका लागि धन्यवाद। हामी सबैले आफूले सकेको गरौं।
उनले सबै एकजुट हुँदा संकटसँग जुध्न सकिने र चाँडै राम्रो अवस्था पक्कै आउने आशा पनि व्यक्त गरेकी छन् । अहिले भारतमा अक्सिजनको अभावले बिरामीको उपचारमा समस्या भइरहेको समयमा अक्षय र ट्विंकलको यो कदमको सामाजिक सञ्जालमा प्रशंसा भइरहेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविक्कीको जन्मदिनमा कट्रिनाको विशेष पोस्ट, सामाजिक सञ्जालमा भाइरल
जेठ ४, २०८१ शुक्रबार
कार्तिक आर्यन पहिलो पटक एलियनको अवतारमा
जेठ ४, २०८१ शुक्रबार
सुपरहिट हिन्दी वेब सिरिज ‘पञ्चायत’ को तेस्रो सिजनको ट्रेलर सार्वजनिक
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार