यूनाइटेड इन्स्योरेन्सको सीईओमा उपासना पौडेल नियुक्त
नेपालबहस संवाददाता
बैशाख १९, २०७८ आइतबार २१:४६:३०
१९ बैंशाख, काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिले आगामी ४ वर्षका लागि उपासना पौडेललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ ।
कम्पनीको नियुक्ती सँगै पौडेल बीमा क्षेत्रकै पहिलो महिला प्रमुख कार्यकारी अधिकृत हुन सफल भएकी छिन् । ३४ वर्षकी पौडेल इन्स्योरेन्स क्षेत्रकै सबैभन्दा कान्छी सिइओ हुन सफल भएकी छिन् ।
पौडेलले भारतको दिल्ली युनिभर्सिटिबाट एमबिए गरेकी छिन् । उनले भरतकै आईसीआईसीआई लोम्बार्ड इन्स्योरेन्स र भारती एक्सामा एक दशक भन्दा लामो समय काम गरेकी छिन् । सानिमा जनरल इन्स्योरेन्सको सहायक महाप्रवन्धकमा डेढ वर्ष काम गरेकी पौडेल यूनाइटेड इन्स्योरेन्समा डेढ वर्षदेखि कार्यरत छिन् ।
कम्पनीको सञ्चालक समितिले पौडेललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्तिका लागि बीमा समितिमा स्वीकृतिका लागि पठाएको थियो । बीमा समितिले स्वीकृति प्रदान गरे सँगै उनलाई जिम्मेवारी प्रदान गरिएको हो ।
कम्पनीको प्रगति ग्राहकको सन्तुष्टि तथा दक्ष जनशक्तिबाट मात्रै संभव हुने कुरामा विश्वास राख्ने पौडेलले कर्मचारीको टिम वर्कलाई विशेष ध्यान दिने गरेकी छिन् । उनको आगमन संगै कम्पनी निरन्तर अगाडि बढिरहेको अवस्थामा प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्ती संगै थप उचाईमा पुग्ने कम्पनीले विश्वास लिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रभु महालक्ष्मी लाइफको ब्राण्ड एम्बेसडर मनोज गजुरेल
चैत २०, २०८० मंगलबार
नेपाल लाइफद्वारा एएमएल र सीएफटी सम्बन्धी तालिम सम्पन्न
चैत ६, २०८० मंगलबार
बोनस शेयरमा लाग्ने कर तिर्न शेयरधनीलाई आग्रह
चैत ६, २०८० मंगलबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
सरकारको भनाइ एकातिर छ, गराइ अर्काेतिर : कांग्रेस
जेठ १, २०८१ मंगलबार
नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
जेठ १, २०८१ मंगलबार
राष्ट्रियसभाको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित
जेठ १, २०८१ मंगलबार
कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित
जेठ १, २०८१ मंगलबार