संविधानमाथिको नग्न प्रदर्शन कांग्रेसलाई स्वीकार्य हुँदैन : डा. शेखर
नेपालबहस संवाददाता
बैशाख २०, २०७८ सोमबार १६:४६:५१
२० बैशाख, काठमाडाैं । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले संविधानमाथिको नग्न प्रदर्शन कांग्रेसलाई स्वीकार्य नहुने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक विचार लेख्दै कोइरालाले लुम्बिनी प्रदेशमा एमालेको बलमिच्याइँ, जबर्जस्ती र संविधानमाथिको नग्न प्रदर्शन कांग्रेसलाई कदापी स्वीकार्य नहुने बताएका हुन् ।
एमाले सत्ताकब्जाको गलत बाटोतर्फ उन्मूख भएको आरोप लगाउदै कोइरालाले अत्पमतमा रहेको सरकारको अलोकतान्त्रिक कदमका बिरुद्धमा वर्तमान सरकार लाजै नमानी एकपछि अर्को अलोकतान्त्रिक कदमतर्फ अग्रसर भएकोमा आरोप लगाए ।
लुम्बिनी प्रदेश एउटा उदाहरण मात्र भएको सरकारको वर्तमान हर्कतहरु हेर्नै नसकिने र पचाउनै नसकिने गरि देखिदै गएकोमा चिन्ता समेत ब्यक्त गरेका छन् । सरकार आफै अलोकतान्त्रिक बाटोमा हिडन खोजेपछि आम नागरिकलाई लोकतन्त्रका मर्म र भावनाहरुको ब्याख्या कसरी गर्ने ? भन्ने चिन्ता पनि बढन थालेको छ ।
डा. शेखरले सरकारको गलत रबैयाका कारण लोकतन्त्रकै धज्जी उडाएको बताएका छन् । लोकतन्त्रका धरोहरहरु माथि एकपछि अर्को प्रहारले वर्तमान सरकार अधिनायकवादतर्फ अगाडि बढेको स्पष्ट पारे ।
उनले भनेका छन्, गैरसंवैधानिक र गैरराजनीतिक तरिकाले लुम्बिनी प्रदेशमा अल्पमतमा रहेका मुख्यमन्त्री शंकर पोखरेललाई जसरी मुख्यमन्त्रीको शपथ गराईयो, यसले एमाले जसरी पनि सत्ता कब्जाको उद्धेष्यका साथ अगाडि बढीरहेको छ । यसले लोकतन्त्रको मर्म र भावना माथि समेत चोटिलो प्रहार गरेको छ । नेपाली कांग्रेसभित्रको आन्तरिक अधिनायकवादका बिरुद्धमा लडदै आएका नेता डा. शेखर कोइराला अब सिंगो सरकारका अलोकतान्त्रिक कदमका बिरुद्धमा लडने अवस्था आईसकेको बताउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रेम साधक होइन, बाधक हो !! ह्याप्पी भ्यालेन्टाइन !!
फागुन २, २०८० बुधबार
प्रदर्शनरत अभियन्ताहरू राजनीतिक स्वार्थले संवादमा आएनन् : मेयर शाह
असोज ८, २०८० सोमबार
नेम्वाङले ओलीलाई भनेका थिए, ‘संविधान जारी गर्नबाट रोकियो भने देश नै सकिन्छ’
भदौ २९, २०८० शुक्रबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
सेक्युरिटी प्रिन्टिङ खरिदमा भ्रष्टाचार : विकललाई २ वर्ष कैद, २५ करोड जरिवाना
जेठ ८, २०८१ मंगलबार
राहुघाटको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’
जेठ ८, २०८१ मंगलबार
तरकारी खेतीबाट वार्षिक रु आठ लाखको बचत
जेठ ८, २०८१ मंगलबार
सानिमा बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदै, वितरण योग्य नाफामा पहिरो
जेठ ८, २०८१ मंगलबार