लुम्बिनी सभागृहको काम अन्तिम चरणमा
नेपालबहस संवाददाता
बैशाख २१, २०७८ मंगलबार १८:२६:४७
२१ वैशाख,रुपन्देही । बुद्ध जन्मस्थल लुम्बिनीमा ‘अन्तर्राष्ट्रिय बौद्ध सभा तथा ध्यान गृह’ निर्माणको काम अन्तिम चरणमा पुगेको छ । विसं २०७६ असारसम्म सक्ने लक्ष्य राखिएको सभाहलको काम निर्धारित समयमा नसकिएपछि ठेक्काको अवधि थपिएको थियो । कोरोना महामारीका कारण केही ढिलाइ भए पनि पहिलो चरणको काम थपिएको म्यादभित्रै करिब सकिएको कोषले बताएको छ ।
विसं २०७४ को बुद्ध जयन्ती मूल समारोह हावाहुरीका कारण बिथोलिएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्षभित्र तीन हजार क्षमताको अस्थायी सभाहल र तीन वर्षभित्र पाँच हजार क्षमताको स्थायी सभाहल निर्माण गर्न निर्देशन दिएका थिए । प्रधानमन्त्रीको सोही निर्देशनानुसार कोषले तीन हजार क्षमताको अस्थायी सभाहल निर्माण गरी त्यसपछिका बुद्ध जयन्ती समारोहहरु आयोजना गर्दै आएको छ । सँगसँगै स्थायी सभाहल निर्माणको काम पनि शुरु भएको थियो । स्थायी सभाहलअन्तर्गत पहिलो चरणको काम करिब सकिन लागेको छ भने दोस्रो चरणको काम पनि शुरु भएको छ ।
लुम्बिनीमा बुद्ध जयन्ती समारोह तथा विभिन्न धार्मिक कार्यक्रम तथा ध्यान गर्न सभाहल नभएपछि विकास कोषले आधुनिक र भव्य सभाहल निर्माण शुरु गरेको हो । दोस्रो चरणको काम सम्पन्न हुँदा यो सभाहल नेपालकै ठूलो र अत्याधुनिक सभाहलका रूपमा तयार हुनेछ । सभाहल दक्षिण एशियामै पहिलो हुने कोषले जनाएको छ । यो सभाहल लुम्बिनी गुरुयोजनामा समावेश नभए पनि प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणा र आवश्यकताका आधारमा निर्माण गरिएको कोषको भनाइ छ ।
पच्चीस सय ६२औँ बुद्ध जयन्तीका अवसरमा २०७५ साल वैशाख १८ गते राष्ट्रपति विद्यादेवी भण्डारीले यो सभाहलको शिलान्यास गरेकी थिइन् । सभाहलसहितका संरचनाहरु बनाउन अनक–अर्घाखाँची–बाबुल जेभी सिद्धार्थनगरले रु ३१ करोड ७९ लाखमा ठेक्का पाएको थियो । यहाँ सभाहल मात्रै ३८६।८८ वर्गमिटरको बन्दैछ । पहिलो चरणमा सभाहल, दुईवटा शौचालय र कन्ट्रोल रुम करिब सम्पन्न भएका छन् । हालसम्म सभाहलको भुइँ, छानो फल्स सिलिङ र अन्य फिनिसिङका काम सकिएका छन् । दोस्रो चरणअन्तर्गत साभहलको वरिपरि पार्टिसन गर्ने काम शुरु भएको छ ।
त्यस्तै दोस्रो चरणमै रोष्टममा उभिएर गरिने भाषणलाई १६ वटा भाषामा उल्था हुने अत्याधुनिक प्रविधि जडान गरिनेछ । आगामी बुद्ध जयन्तीको मूल समारोह सोही सभाहलमा आयोजना गर्न मिल्ने गरी काम भइरहेको लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले बताए । “कोरोना महामारीका कारण बुद्ध जयन्तीमा कस्तो कार्यक्रम गर्ने तय भएको छैन तर कार्यक्रम यही हलमा गर्ने योजना बनाएका छौँ”, सदस्यसचिव शाक्यले भने ।
आगामी डेढ वर्षभित्र दोस्रो चरणका सबै काम सकेर सभाहल हस्तान्तरण गर्ने योजनानुसार काम भइरहेको बाबुल जेभीका प्रबन्धक सन्तोष अधिकारीले बताए । कोरोना महामारीका कारण पहिलो चरणको काम निर्धारित समयमा सम्पन्न गर्न नसकिए पनि दोस्रो चरणको काम समयमै सम्पन्न हुने उनको अपेक्षा छ । अड्तीस हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको सभाहलको छानो ५० एमएमको इपिएस स्यान्डबीच प्यानलको ट्रसबाट बनेको छ । सभाहलको उचाइ १२।३३ देखि २०।४९ मिटरसम्म छ ।
दक्षिण एशियाकै नमूना र फरक शैलीमा स्टिल र फलामको प्रयोगबाट सभाहल डिजाइन गरिएको कोषले बताएको छ । सभाहलको भुइँ र पिलरहरुमा ढलानपछि मोजाइक प्रयोग गरिएको छ । कोषका वरिष्ठ इन्जिनीयर सरोज भट्टराईका अनुसार कोरियाली गुम्बा शैलीको गोलाकार छानो र छानोको बाहिर केन्द्र भागमा बुद्धका दुईवटा आँखा ९स्वयम्भूका दुई आँखा० को आकृति बनाउने गरी डिजाइन गरिएको छ ।
दोस्रो चरणमा विशिष्ट पाहुनाका लागि प्रतीक्षा कक्ष, कम्पाउन्ड वाल, ल्यान्ड स्केप, पार्किङ, विद्युतीकरण, बुद्ध मूर्तिसहितको आकर्षक वाटर फाउन्टेन, सौन्दर्य अभिवृद्धि, दुई शौचालय भवनलगायतका जनरल सिभिल वर्कका काम शुरु भएका छन् । यो कामका लागि झण्डै रु ४० करोड लाग्ने अनुमान छ ।
कार्यक्रम गर्ने सुविधा सम्पन्न हल नभएकै कारण यहाँ केन्द्रित अधिकांश कार्यक्रम लुम्बिनीबाहिर आयोजना हुने गर्छन् । सभाहल निर्माणपछि यो क्रम रोकिने भएकाले यहाँको पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्छ भन्छन्, लुम्बिनी होटेल सङ्घका अध्यक्ष मिथुनमान श्रेष्ठ । “सभाहल नभएकै कारण लुम्बिनीमा हुनुपर्ने ठूला ठूला गोष्ठी काठमाडौँमै आयोजना हुन्छन् । यहाँका स्थानीयवासीलाई जानकारीसमेत हुँदैन । तसर्थ सभाहल निर्माण हुनु यस क्षेत्रका लागि स्थानीयवासी र व्यवसायीका लागि पनि खुशीको कुरा हो”, अध्यक्ष श्रेष्ठ भन्छन् ।
लुम्बिनी विश्वका बौद्धमार्गीको आस्थाको केन्द्र हो । देशको प्रमुख पर्यटकीय केन्द्र बनेको यो पवित्रस्थलमा बर्सेनि स्वदेशी र विदेशी गरी करीब १६ लाख पर्यटक आउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
बहुविवाहका आरोपी दाङका पौडेल पुर्पक्षका लागि कारागार चलान
जेठ २, २०८१ बुधबार
कपिलवस्तुमा राष्ट्रिय एकता अभियानको सम्मेलन सम्पन्न
बैशाख ३१, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
देशभर १४ प्रतिशत स्वास्थ्य उपकरण जडान भएनन्
जेठ ७, २०८१ सोमबार
भारतको छत्तीसगढमा सडक दुर्घटना हुँदा १८ जनाको मृत्यु
जेठ ७, २०८१ सोमबार
मनास्लु क्षेत्रमा दुई करोड ५० लाख राजस्व सङ्कलन
जेठ ७, २०८१ सोमबार
बागमती प्रदेश सभा बैठक : विनियोजित बजेटको सिद्धान्तमाथि छलफल
जेठ ७, २०८१ सोमबार
राष्ट्रपति पौडेलद्वारा इरानका राष्ट्रपति रायसीको निधनप्रति दुख व्यक्त
जेठ ७, २०८१ सोमबार
जिल्ला अस्पताल हुम्लामा औषधि अभाव, बिरामी खाली हात फर्किन बाध्य
जेठ ७, २०८१ सोमबार