बेरोजगार दुई हजार ५०० युवालाई होटेल तालीम
नेपालबहस संवाददाता
बैशाख २२, २०७८ बुधबार १९:३:३५
२२ वैशाख, काठमाडौं । कोथिना मीठो छ होटेल तालीम केन्द्रले दुई हजार ५०० युवालाई होटेल तालीम प्रदान गरेको छ । विसं २०६८ सालदेखि होटेल व्यवस्थापन तथा पर्यटन शिक्षामा निरन्तर सेवा प्रदान गर्दै आएको उक्त केन्द्रले स्थापनाकालदेखि हालसम्म दुई हजार ५०० बेरोजगार युवालाई होटेल तालीम प्रदान गरेको हो । केन्द्रका प्रमुख कार्यकारी अधिकृत ‘सिइओ’ देवेन्द्र पोखरेलले केन्द्रले स्थापनादेखि हालसम्म बेरोजगार युवालाई बेकरी, हाउसकिपिङ, वरिष्टा, कुकिङ, बार टेन्डर तथा वेटरलगायत तालीम प्रदान गरिसकेको जानकारी दिए ।
“यस केन्द्रमा तालीम लिएका युवाहरु स्वदेश तथा विदेशका विभिन्न होटेल तथा रेष्टुरेन्टमा काम गरिरहेका छन्, तालीम लिएका युवाहरु बेरोजगार बस्नु परेको छैन”, उनले भने । एसोसिएशन नेपाल आकी संस्थाबाट मुनाफा वितरण नगर्ने कम्पनीका रुपमा सञ्चालित उक्त संस्थाले आम्दानी गरेको रकम विभिन्न सामाजिक संस्थालाई सहयोगसमेत गर्दै आएको छ । उक्त केन्द्रले गोरखा भूकम्पको समयमा धादिङ तथा गोरखाका ग्रामीण क्षेत्रमा सहयोग गरेको थियो ।
आर्थिक अवस्था कमजोर भएकालाई निःशुल्क होटेल तालीम प्रदान गर्दै आएको उक्त केन्द्रले तालीम प्रदान गर्नाका साथै इन्टनशिप, डकुमेन्टेशन र जागिरका लागि आवश्यक अन्तर्वार्ताको तयारीसमेत गर्दै आएको सिइओ पोखरेलले बताए । यस्तै, उक्त केन्द्रले होटेल तथा रेष्टुरेन्टमा लगानी गर्न सक्नेलाई आवश्यक परामर्श तथा सहयोग गर्दै आएको छ । केन्द्रले विद्यार्थीलाई होटेल तालीम प्रदान गर्नका लागि आफ्नै लगानीमा रेष्टुरेन्टसमेत सञ्चालनमा ल्याएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबन्दीपुरमा पाँचतारे होटल निर्माण सम्पन्न
चैत २६, २०८० सोमबार
पोखराका होटलमा पर्यटकको चहलपहल बढ्यो
चैत २६, २०८० सोमबार
नेपालमा थपिए चार पाँचतारे होटल
चैत १३, २०८० मंगलबार
इलाम-२ मा मतगणनाको तयारी, सर्वदलीय बैठक बस्दै
बैशाख १६, २०८१ आइतबार
बझाङको मतगणना १ बजेदेखि जिल्ला अदालत चैनपुरमा शुरु हुने
बैशाख १६, २०८१ आइतबार
जुगल गाउँपालिका-७ का वडाध्यक्ष पक्राउ
बैशाख १६, २०८१ आइतबार
लगानी सम्मेलन : पहिलो दिन १४ सयभन्दा बढी सहभागी, दुई सम्झौता सम्पन्न
बैशाख १६, २०८१ आइतबार
बझाङमा एमालेका भण्डारी लाई ६७७ मतको अग्रता (अपडेट)
बैशाख १६, २०८१ आइतबार
रिग्मो गाउँ
बैशाख १६, २०८१ आइतबार
मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा
बैशाख १६, २०८१ आइतबार
आज राति देशका केही स्थानमा हावाहुरीको सम्भावना
बैशाख १६, २०८१ आइतबार