सवारी ज्यानमुद्दामा आर्थिक चलखेल गर्ने दाङका एसपीलाई प्रहरी प्रधान कार्यालयले नै जोगायो !
नेपालबहस संवाददाता
बैशाख २२, २०७८ बुधबार २१:५१:५२
२२ बैशाख, दाङ । प्रहरी प्रधान कार्यालयले दाङको सवारी ज्यानमुद्दामा आर्थिक चलखेलबारे छानविन गरेर पठाउन लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई निर्देशन दिएपनि उक्त प्रकरणलाई एकाएक गुपचुप बनाइएको छ ।
गत मंसिर २० गते मदिराले मात्तिएर पिकनिकबाट फर्किएको अवस्थामा समिर पन्तले चलाएको स्कार्पियो गाडी दुर्घटना हुँदा विजय अधिकारीको मृत्यु भएको थियो । सोही गाडीमा सवार अन्य दुईजना घाइते भएका थिए । सो घट्नामा मुछिएका समिर पन्तलाई मापसे नगरेको भन्ने रिपोर्ट बनाएर एसपी गणेश चन्दले जोगाएको स्रोतको दावी छ ।
दुर्घटनामा परेर घोराही उपमहानगरपालिका वडा नं. १७ का ३५ वर्षीय विजय अधिकारीको मृत्यु भएको थियो । मदिराले मातेका चालकको लापरवाहीका कारण दुर्घटना भएपनि चालक समिर पन्तलाई बचाउन एसपी चन्दकै निर्देशनमा निजले मापसे नगरेको भनेर अनुसन्धान प्रतिवेदन बनाइएको थियो ।
यसअघि जिल्ला प्रहरी कार्यालय रुपन्देहीका तत्कालिन एसपी प्रविण पोखरेललाई पनि उस्तै प्रकरणमा आईजीपी शैलेश थापा क्षेत्रीले छानविन गर्न लगाइ कारवाहीको दायरामा ल्याएका थिए । तर, सवारी ज्यानमुद्दामा आर्थिक अनियमिततामा मुछिएका दाङका एसपी गणेश चन्दलाई आईजीपी क्षेत्रीले किन जोगाए भन्ने बारेमा केही खुलेको छैन ।
प्रहरी प्रवक्ता एसएसपी बसन्त कुँवरले सवारी ज्यान मुद्दामा आर्थिक अनियमिततामा मुछिएका दाङका एसपी चन्दमाथि तत्काल छानविन गरेर प्रतिवेदन पठाउन लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई निर्देशन दिइसकेको बताएका थिए । स्रोतका अनुसार प्रदेश प्रहरीले प्रधान कार्यालयमा कारवाहीका लागि पठाएपनि उक्त प्रकरणमा आईजीपी नै मौन छन् ।
यो घटनामा चन्दलाई आईजीपीले बचाएर संरक्षण गरेको र घटनाबाट उन्मुक्ति दिन खोजिएको आशंका जन्मिएको छ । लुम्बिनी प्रदेशका डीआईजी रविन्द्र धानुकले प्रदेश प्रहरी कार्यालयले आईजीपीकै निर्देशनमा छानविन गरेर कारबाहीको सिफारिससहित प्रहरी हेडक्वाटरमा पठाएको र कारवाही भए नभएको बारेमा कुनै जानकारी नआएको बताए ।
स्रोतका अनुसार एसपी चन्दलाई जोगाउन प्रधानमन्त्री केपी शर्मा ओली समूहका केन्द्र र जिल्लास्तरका नेताहरुको दबाबपछि आईजीपी क्षेत्री हच्किएका हुन । आईजीपी क्षेत्रीले कुनै एक्सन लिन सकेका छैनन् । एसपी चन्दले सवारी ज्यानमुद्दामा आर्थिक चलखेल गरेको विषयमा समाचार प्रकाशित भएपछि प्रहरी प्रधान कार्यालयले घटनाको बारेमा ध्यानाकर्षण भएको जनाएको थियो । तर, एक्सन भने लिन सकेको छैन । सवारी ज्यान मुद्दामा आर्थिक चलखेलसहितका समाचार सञ्चारमाध्यममा आएपछि क्षेत्रीले चासो ब्यक्त गर्दै आफ्नो सचिवालयमार्फत घटनाको अनुसन्धान गरेर कारबाही गर्न निर्देशन दिइसकेकाे प्रवक्ता कुँवरले बताएका थिए ।
‘घटनाको तत्कालै अनुसन्धान गर्न पनि प्रदेश प्रहरीलाई निर्देशन भइसकेको छ,’ प्रवक्ता कुँवरले भनेका थिए , ‘गलत गर्नेलाई कारबाही गर्छौँ ।’ तर, त्यो कुरामा मात्र सिमित भएको छ । प्रहरी प्रधान कार्यालयको निर्देशनपछि एसपी चन्दमाथि प्रदेश प्रहरी कार्यालयले अनुसन्धान गरेको थियो । सवारी ज्यान मुद्दाका अभियुक्तले मापसे गरेको रिपोर्ट अस्पतालले दिए पनि एसपी चन्दले अभियुक्तद्वारा मापसे नगरेको अनुसन्धान प्रतिवदेन बनाएर अभियुक्तलाई उन्मुक्ति दिन खोजेको खुलासा भएको थियो ।
दुर्घटनामा परेर घोराही उपमहानगरपालिका वडा नं. १७ का ३५ वर्षीय विजय अधिकारीको मृत्यु भएको थियो । मदिराले मातेका चालकको लापरबाहीका कारण दुर्घटना भए पनि चालक समिर पन्तलाई बचाउन एसपी चन्दकै निर्देशनमा निजले मापसे नगरेको भनेर अनुसन्धान प्रतिवेदन बनाइएको थियो । जबकि, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वास्थ्य परीक्षणमा चालक पन्तको अल्कोहल पोजेटिभ देखिएको थियो ।
दुर्घटना लगत्तै प्रहरीले चालकलाई नियन्त्रणमा लिएको भए पनि अल्कोहल पोजेटिभ देखिने भएपछि प्रहरीकै सेटिङमा कागजमा पक्राउ नदेखाई ‘घाइतेलाई थप उपचारका लागि’ भन्दै कोहलपुर भगाइएको थियो । कोहलपुर प्रहरीबाट अड्डा सार्दै दाङ ल्याएपछि प्रहरीले पन्तको स्वास्थ्य परीक्षण गर्दा मादकपदार्थ सेवन नगरिएको देखिएको कागज प्रहरीले अनुसन्धान प्रतिवेदनमा पेश गरेर चालक पन्तलाई उन्मुक्ति दिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजिम्मेवारी पूरा गर्न प्रहरी कर्मचारी थप सिर्जनशील हुनुपर्छ : प्रहरी महानिरीक्षक कुँवर
जेठ १८, २०८१ शुक्रबार
डीआईजी र एसएसपी सरुवामा गृहमन्त्रीको मनोमानी, ५ महिना नपुग्दै लखेटिए आचार्य
जेठ १७, २०८१ बिहिबार
नेपाल प्रहरी र सशस्त्र प्रहरीको उमेर हद अध्ययन गर्न गृह मन्त्रालयले बनायो कार्यदल
जेठ १७, २०८१ बिहिबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार
गृहमन्त्रीको नजरः सुन तस्करीमा संलग्न निजामतिलाई काखा, प्रहरीलाई पाखा
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार
१४ वर्षदेखि धनुषामा असुली गर्दै अघोषित घुमुवा आजाद यादव
जेठ २०, २०८१ आइतबार
‘नेलपलिस’को गन्ध आएपछि श्री एयरलाइन्सको विमान धावनमार्गबाट फर्काइयो
जेठ २०, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ २०, २०८१ आइतबार
प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन
जेठ २०, २०८१ आइतबार
मापसे गरेकालाई सडकमा स्वयंसेवकको काम गराउने गृहमन्त्रीको निर्णयमा सर्वोच्चको रोक
जेठ २०, २०८१ आइतबार
गर्मी छल्न सुकुटे, र्याफ्टिङले पर्यटक आकर्षित
जेठ २०, २०८१ आइतबार
राष्ट्रियसभामा अध्यादेश सर्वसहमतिले स्वीकृत
जेठ २०, २०८१ आइतबार
अर्थमन्त्रीले बजेट ल्याउने क्रममा सत्तारुढ दलसँग छलफल नगरेको पौडेलको आरोप
जेठ २०, २०८१ आइतबार