लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले लिए शपथ
नेपालबहस संवाददाता
बैशाख २२, २०७८ बुधबार २१:४४:८
२२ वैशाख,लुम्बिनी । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीले आज आफ्नो पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवले नवनियुक्त तीन मन्त्रीलाई मुख्यमन्त्री शंकर पोखरेलका उपस्थितिमा शपथ गराएका थिए ।
मुख्यमन्त्री पोखरेलले मंगलबार नेपालको संविधानको धारा १६८ को उपधारा १ बमोजिम आइतबार गठन गरिएको मन्त्रिपरिषद्मा मंगलबार पुनर्गठन गरी कार्यविभाजन गरेका थिए । पुनर्गठित मन्त्रिपरिषद्मा तीन नयाँ मन्त्रीलाई थप गरिएको थियो ।
शपथ लिनेमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भोजप्रसाद श्रेष्ठ, आन्तरिक मामिला तथा कानूनमन्त्री चेतनारायण आचार्य र शिक्षा तथा सामाजिक विकासमन्त्री धर्मबहादुरलाल श्रीवास्तव रहेका छन् । नवगठित मन्त्रिपरिषद्मा मुख्यमन्त्रीसहित नौ मन्त्री र एक राज्यमन्त्री छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदाङमा हुरीसहितको वर्षाले घर भत्किँदा एक जनाको मृत्यु
जेठ १९, २०८१ शनिबार
अत्यधिक गर्मीमा विद्युत् सेवा अनियमित हुँदा नेपालगञ्जमा जनजीवन कष्टकर
जेठ १८, २०८१ शुक्रबार
जेठको चर्को घाममा पार्वतीलाई मकै पोलेर बेच्न भ्याइनभ्याइ
जेठ १८, २०८१ शुक्रबार
दरबार हत्याकाण्ड: जमिम शाहले भने, ‘आज ठूलै घटना भएको छ, पत्रिका प्रेसमा नपठाउनु’
जेठ १९, २०८१ शनिबार
किसानलाई आत्मनिरर्भर बनाउन निःशुल्क धानको बीउ वितरण
जेठ १९, २०८१ शनिबार
सेती लोकमार्गः दश किलोमिटर कालोपत्र हुँदै
जेठ २०, २०८१ आइतबार
मुगुमा यार्सागुम्बा संकलन गर्न गएका ४ जनाको मृत्यु, एक सिकिस्त
जेठ २०, २०८१ आइतबार
प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने कार्यसूची
जेठ २०, २०८१ आइतबार
भारतको लोकसभा निर्वाचन: एक्जिट पोलमा मोदीलाई फराकिलो बहुमत !
जेठ २०, २०८१ आइतबार
रियल म्याड्रिडले जित्यो च्याम्पियन्स लिगको उपाधि
जेठ २०, २०८१ आइतबार