लुम्बिनीका कोभिड अस्पताल बिरामीले भरिए
नेपालबहस संवाददाता
बैशाख २२, २०७८ बुधबार २३:४४:११
२२ वैशाख,रुपन्देही । कोरोना भाइरस संक्रमण बढ्दै गएपछि जिल्लाका सरकारी अस्पताल बिरामीले भरिएका छन् । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल र कोरोना विशेष अस्पताल तथा भैरहवाको भीम अस्पतालका शय्या भरिएपछि बिरामीलाई उपचारमा कठिनाइ भएको छ ।
अस्पतालमा शय्या अभाव भएपछि लुम्बिनी प्रादेशिक अस्पतालको फिभर क्लिनिकमै आज चार जनाले ज्यान गुमाए । क्लिनिकमा उपचाररत तीन महिला र एक पुरुष संक्रमितको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका–१२ का ४७ वर्षीय पुरुष, कञ्चन गाउँपालिका–४ की २७ वर्षीया महिला, बुटवल–९ की ५४ वर्षीया महिला र तिलोत्तमा नगरपालिका–४ की ४० वर्षीया महिला छन् । अस्पतालका अनुसार कोरोना विशेष अस्थायी अस्पतालमा शय्या नपाएपछि उनीहरुलाई क्लिनिकमा नै उपचारका लागि राखिएको थियो ।
उता भीम अस्पतालस्थित कोरोना विशेष अस्पताल पनि बिरामीले भरिएको छ । कोभिडका लागि छुट्याइएका २७ शय्या भरिएपछि अस्पतालको आकस्मिक कक्षमा पनि सङ्क्रमितको उपचार भइरहेको छ । कोभिड कक्ष भरिएपछि आकस्मिक कक्षमा समेत संक्रमितको उपचार शुरु गरिएको अस्पतालका सूचना अधिकारी डा नारायण पोख्रेलले बताए । अक्सिजनसहितका शय्या खाली नभएपछि केही बिरामीलाई भुइँमा राखेर उपचार गर्न बाध्य भएको उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
बहुविवाहका आरोपी दाङका पौडेल पुर्पक्षका लागि कारागार चलान
जेठ २, २०८१ बुधबार
कपिलवस्तुमा राष्ट्रिय एकता अभियानको सम्मेलन सम्पन्न
बैशाख ३१, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार