आज राति १२ बजेदेखि रुकुमकोट बन्द हुने
नेपालबहस संवाददाता
बैशाख २२, २०७८ बुधबार २३:५४:१७
२२ वैशाख,रुकुमकोट । रुकुमपूर्व–कोरोना महामारीको जोखिम बढ्दै गएपछि रुकुमकोट बन्द हुने भएको छ । जिल्ला सदरमुकाम रहेको सिस्ने गाउँपालिका वडा नं ५ र ६ एक साताका लागि बन्द गर्ने निर्णय भएको छ ।
जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले रुकुमकोटलाई आज राति १२ बजेदेखि लागु हुने गरी वैशाख २९ गते राति १२ बजेसम्म बन्द गर्ने निर्णय गरेको डिसिसिएमसीका संयोजक एवं प्रमुख जिल्ला अधिकारी राजकुमार राईले जानकारी दिए ।
जिल्लामा कोरोनाका बिरामी बढ्दै गएको तर नियन्त्रण र व्यवस्थापनका लागि स्रोत साधन नभएपछि जिल्लाको मुख्यबजार रुकुमकोट बन्द गरिएको हो । अहिले जिल्लामा सिस्ने– २ का वडाध्यक्ष जीवन केसीसहित १४ जनामा कोरोना पुष्टि भएको छ । कोरोनाको जोखिम बढ्दै जाने तर मानिसले स्वास्थ्य मापदण्डको पालना नगरी लापरबाही गरिरहेको पाइएकाले रुकुमकोट बन्द गर्नुपर्ने स्थिति आएको प्रजिअ राईले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
बहुविवाहका आरोपी दाङका पौडेल पुर्पक्षका लागि कारागार चलान
जेठ २, २०८१ बुधबार
कपिलवस्तुमा राष्ट्रिय एकता अभियानको सम्मेलन सम्पन्न
बैशाख ३१, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार