उपचारमा सहजता ल्याउन महाकाली अस्पताललाई आर्थिक सहयोग
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_q7JcPhruJc.jpeg
)
नेपालबहस संवाददाता
बैशाख २३, २०७८ बिहिबार १९:१:२२
![](https://nepalbahas.prixacdn.net/media/albums/Hospital-1_GkE68UjVG4.jpg)
२३ वैशाख,कञ्चनपुर । कोरोनाको संक्रमणदर उच्चरूपमा बढ्दै जान थालेपछि भीमदत्त नगरपालिकाले महाकाली अस्पताललाई अक्सिजन, स्वास्थ्य उपकरण र आवश्यक औषधि खरिदका लागि आज रु २० लाख आर्थिक सहयोग गरेको छ ।
नगरप्रमुख सुरेन्द्र विष्ट र उपप्रमुख सुशीला चन्द सिंहले संयुक्तरूपमा रु २० लाखको चेक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीलाई हस्तान्तरण गरेका छन् । चेक ग्रहण गर्दै अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जोशीले संक्रमितको सङ्ख्यामा वृद्धि भइरहेकाले नगरपालिकाले गरेको सहयोगले अक्सिजन खरिद तथा अन्य कोरोनाका बिरामीको उपचारमा खर्च गरिने बताए ।
चेक हस्तान्तरण गर्दै नगरप्रमुख विष्टले कोरोना रोकथामका लागि औषधोपचारमा सघाउ पु¥याउनका लागि सहयोग गरिएको बताए । उनले भने, “नगरपालिकाका तर्फबाट कोरोना रोकथामका लागि अस्पताललाई सक्दो सहयोग गर्न तत्पर छौँ ।” यसअघि गत वर्ष सो नगरपालिकाले महाकाली अस्पतालमा पिसिआर मेसिन खरिद गरेर दिएको थियो । सीमा क्षेत्रमा रहेको उक्त नगरपालिकाले कोरोना रोकथाम एव नियन्त्रणका लागि गत वर्षदेखि सीमा क्षेत्रमा हेल्थडेस्कका साथै पिसिआर परीक्षणको दायरा बढाइरहेको थियो ।
यस वर्षपनि नगरपालिकाले कोरोना रोकथाम एवं नियन्त्रणका लागि विभिन्न क्षेत्रसँग समन्वय गरेर अघि बढदै आएको छ । यसअघि बेदकोट नगरपालिकले समेत महाकाली अस्पताललाई रु १० लाख आर्थिक सहयोग गरेको छ ।
त्यस्तै अस्पतालमा अक्सिजनको आपूर्तिमा सहजता ल्याउनका लागि सहकारी संस्थाहरुले सहयोग गर्न थालेका छन । पाँच सहकारी संस्थाले रु पाँच लाख ५७ हजार १११ रकम अस्पताललाई सहयोग गरेका छन् ।
उदयदेव बहुउद्देश्यीय सहकारी संस्थाले रु एक लाख ५० हजार, मेघा ऋण तथा बचत सहकारी संस्थाले रु एक लाख ५० हजार, साना किसान सहकारी संस्था सुडाले रु एक लाख ५५ हजार, महिला किसान सहकारी संस्था झलारीबाट रु ५५ हजार र निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्थाले रु ५१ हजार १११, देवशक्ति बचत तथा ऋण सहकारी संस्थाले रु ५१ हजार सहयोग गरेका छन् ।
सहकारी संस्थाका पदाधिकारीले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जोशीलाई सो रकम छुट्टाछुट्टैरूपमा हस्तान्तरण गरेका छन् । उदयदेव बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी गणेश चन्दले अस्पतालमा कोरोनाको संक्रमण भई उचारार्थ भर्ना भएका बिरामीलाई अक्सिजनलगायत अन्य स्वास्थ्य सामग्रीको अभाव हुन नदिनका लागि सक्दो सहयोग गरिएको बताए ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जोशीले अप्ठेरो समयमा सहकारीलगायतका अन्य दातृ संस्था तथा व्यक्तिले सहयोग गरी गुन लगाएको बताए । उनले आगामी दिनमा पनि सहयोगको आशा गरिएको बताए ।
यसैगरी अस्पताललाई लायन्स क्लब अफ महेन्द्रनगरले १० अक्सिजन सिलिण्डर, ह्युमानिटी फाउण्डेसशनले ४१ अक्सिजन सिलिण्डर, जिआइजेड हस्पिटल सेक्टर सर्पोट कार्यक्रमबाट ३० अक्सिजन सिलिण्डर, बैजनाथ इञ्जिनीयरिङ क्याम्पसबाट रु २५ हजार १२५ र वडा नं १ का हरिराम पार्कीद्वारा रु पाँच हजार रकम सहयोग गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुदूरपश्चिम प्रदेशको बजेट ३१ अर्ब ६२ करोड
असार १, २०८१ शनिबार
सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदर ३.४१ प्रतिशत हुने अनुमान
जेठ ३२, २०८१ शुक्रबार
कैलालीको रोजगार मेलामा २६ सय बढीले दिए आवेदन
जेठ २९, २०८१ मंगलबार
टेलिकमको इन्टरनेशनल ब्यान्डविथ खरिदमा मुद्दा चलाउने अख्तियारको तयारी
नेपालबहस संवाददाता
जेठ ३१, २०८१ बिहिबार
स्वास्थ्यका लागि निकै फाइदाजनक लसुन प्रयोग गर्ने तरिका जानौं
नेपालबहस संवाददाता
जेठ ३१, २०८१ बिहिबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
आज यी चार प्रदेशमा चट्याङसहित वर्षा हुने
असार २, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार २, २०८१ आइतबार
मेलम्ची बाढीको तीन वर्ष : पुनः निर्माण सुस्त, स्थानीयवासीको कथाव्यथा पनि उस्तै
असार १, २०८१ शनिबार
भारतको उत्तराखण्डमा पर्यटक बोकेको गाडी नदीमा खस्दा १४ जनाको मृत्यु
असार २, २०८१ आइतबार
मनाङमा खाद्य उत्पादन वृद्धि
असार २, २०८१ आइतबार
ताप्लेजुङमा बाढी पहिरोले दर्जनौँ परिवार विस्थापित
असार २, २०८१ आइतबार
पार्टीको ह्वीप नमानेको भन्दै सांसद गुरुङलाई एमालेले सोध्यो स्पष्टीकरण
असार २, २०८१ आइतबार
टी-२० विश्वकप : नेपालले बंगलादेशसँग भोलि बिहान खेल्दै
असार २, २०८१ आइतबार