नयाँ प्रधानमन्त्रीमा ओली, नभए ठाकुर : महामन्त्री शेरचन
नेपालबहस संवाददाता
बैशाख २८, २०७८ मंगलबार २२:१:६
२८ वैशाख, काठमाडौं । पुर्वमन्त्री तथा नेपाली कांग्रेस (बीपी) पार्टीका महामन्त्री सुशीलमान शेरचनले अबको नयाँ सरकार महन्त ठाकुरको नेतृत्वमा बन्ने जनाएका छन् । सामाजिक संजाल फेसबुकमा लेख्दै शेरचनले झण्डै ३८ महिनापछि प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएसँगै परिस्थितिले यस्ताे माेड लिएकाे उनले बताएका हुन् ।
शेरचनले समाजिक संजालमा लेखेका छन्, “ओलीले २०७८ साल वैशाख महिना २७ गते सोमबार सम्मानित संसदबाट आफ्नो सरकारलाई विश्वासको मत मागेको उल्लेख गरेका छन् । सांसदहरुले आफ्नो सरकारलाई बिश्वासको मत दिनेछ भनि संसदमा मत दिन अनुरोध गर्दा २७१ माननीय सांसदमध्ये उपस्थित २३२ संसदको उपस्थिति रहेको थियो ।
मतदान परिणामले जम्मा ९३ (३५) सरकारको पक्षमा खस्यो भने १२४ मत बिपक्षमा खसेको थियो । मधेशी दल (महन्त – महताे) का सांसदहरु १५ जना तथष्ठ रहेका थिए । सत्ता पक्षीय नेकपा एमाले (नेपाल-खनाल) २८ सांसद बैठकमा उपस्थित रहेनन् । शेरचनले लेखेका छन्, अन्तमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यु स्वत: प्रधानमन्त्री पदबाट मुक्त हुनु भै मात्रै काम चलाउ प्रधानमन्त्रीको रुपमा रहनु भएको छ, अर्को सरकार नबनेसम्मका लागि ।”
अब प्रश्न प्रतिपक्ष दुई वा दुई भन्दा बढी दल मिलि सरकार बनाउलान् त ??
शेरचनले लेखेका छन्, सम्माननीय राष्ट्रपतिज्युले तुरुन्तै संविधानको धारा ७६ (२) बनोजिम दुई वा दुई भन्दा बढी दलहरुको बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभा सदस्यलाई २०७८ बैशाख ३० गते बिहीबार साझ ९ः०० सम्म आफ्नो दावा पेश गर्न सार्बजनिक सुचना जारी भएको अबस्था छ, नयाँ सरकार बनाउन १३६ सांसद्को समर्थन चाहिन्छ ।
बिपक्षी दलहरुमा नेपाली कांग्रेस, माओवादी, जसपा (मदेशी दल) र अन्य साना दल तथा स्वतन्त्र सांसद रहेका छन् । मुलभुत बिषय भनेको (जसपा) मधेशी दलमा ३२ माननीय सांसदहरु दुई समुहमा विभाजन छन् । एक समुह अध्यक्ष (उपेन्द्र यादब – बाबुराम भट्टराई) समुह र अर्को अध्यक्ष (महन्त – महताे) समुहमा रहेका छन् ।
अब कांग्रेस सभापति शेरबहादुर देउवालाई एक समुह जसपाका माननीयको समर्थनले मात्रै पुग्दैन, अध्यक्ष (महन्त-महताे) पक्षले मतदान पुर्व सम्माननीय प्रधानमन्त्रीसँग भेटी बिश्वासको मत दिन नसकिने र अब बन्ने बैकल्पिक सरकारलाई पनि समर्थन नगर्ने भन्ने समुहगत निर्णय सुनाएको बारेमा सबैले बुझेकै हो, यस्तो अवस्थामा (माधव-खनाल) पक्षका माननीय सांसदहरुलाई तुरुन्तै पार्टीले कारबाही गर्ने अबस्था छैन ।
(माधव-खनाल) नेताहरु ले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि आफ्ना सांसदहरुलाई राजीनामा गराउने मुर्खता पनि गर्ने छैन । तसर्थ साचै बिपक्षी पार्टीहरुले बैकल्पित सरकार निर्माण नै गर्ने हो भने जसपाका अध्यक्ष महन्त ठाकुर मात्रै हुने हाम्रो पार्टीले समभावना देख्दछ।
अध्यक्ष महन्त ठाकुरको प्रस्तावमा अध्यक्ष उपेन्द्र यादब र बाबुराम भट्टराईको आपति हुन्न भने क. प्रचण्ड खुशी नै हुन्छन्, र कांग्रेस बाध्यात्मक परिस्थितिले घेरिन्छ । मुलभुत यहाँ बैकल्पिक सरकार निर्माण गर्नु भन्दा पनि सबैको स्वार्थ ओलीको बहिरगमन नै हो । आजको सम्भावित प्रधानमन्त्री महन्त ठाकुर मात्रै हुन् । अन्य व्यक्तिको नेतृत्वमा ७६(२) अनुसार सरकार बन्ने सम्भावना देखिदैन ।
छिमेकी मित्रराष्ट्र भारत सरकारको लागि पनि महन्थ ठाकुरको नेतृत्व सरकार नै (क.प्रचण्ड)ले भने झै कर्न्फटेबल हुने छ, २०७८ बैशाख ३० गते साझ ९ः०० बजे सम्म बिपक्षी पार्टीहरु सम्माननीय राष्ट्रपति समक्ष दावी गरेनन् भने, ओली नै संविधानको धारा ७६(३) अनुसार संसदमा सबै भन्दा ठुलो दलका नेतालाई सम्माननीय राष्ट्रपति सरकार बनाउन सुचना जारी गर्नेछ ।
अब प्रश्न यहाँ छ कि बिपक्षी दलहरुको आरोप प्रधानमन्त्री ओली सरकारको भ्रष्टाचार, कोरोना नियन्त्रण, राष्ट्रियता सम्बन्धमा एंव बिदेशीहरुसँग कुटनीतिक सम्बन्ध असफल भएको आरोपमा हटाएका हुन्न कि सबै पार्टी नेताहरु प्रधानमन्त्री ओलीलाई ब्यक्तिगत रिसिबिइको आधारमा हटाएका हुन् त ? नेपाली जनता जान्न चाहान्छ । आउने ३० गते भित्र हेर्न बाँँकी नै छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रेम साधक होइन, बाधक हो !! ह्याप्पी भ्यालेन्टाइन !!
फागुन २, २०८० बुधबार
प्रदर्शनरत अभियन्ताहरू राजनीतिक स्वार्थले संवादमा आएनन् : मेयर शाह
असोज ८, २०८० सोमबार
नेम्वाङले ओलीलाई भनेका थिए, ‘संविधान जारी गर्नबाट रोकियो भने देश नै सकिन्छ’
भदौ २९, २०८० शुक्रबार
एसपीको ड्राइभर कि घुमुवा ?
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
बैशाख १८, २०८१ मंगलबार
प्रेस स्वतन्त्रता कुण्ठित गर्ने अदालतको आशय स्वीकार्य छैनः अध्यक्ष लम्साल
बैशाख १८, २०८१ मंगलबार
सहकारी ठगीमा अदालतबाट पक्राउ पुर्जी जारी भएपछि राप्रपा सांसद फरार
बैशाख १८, २०८१ मंगलबार
पशुपतिनाथ जलहरी प्रकरण : कोषका तत्कालीन सदस्यसचिव थापासहित ३ जनाले पाए सफाइ
बैशाख १८, २०८१ मंगलबार
सप्तरीको चिम्टीमा भीषण आगलागी, सयबढी घर जलेर नष्ट
बैशाख १८, २०८१ मंगलबार
एमालेको विजय सभाबाट फर्केको पिकअप दुर्घटना हुँदा १९ जना घाइते
बैशाख १८, २०८१ मंगलबार
डोल्पाबाट निर्वाचित सबै सांसद मन्त्री !
बैशाख १८, २०८१ मंगलबार
नक्कली ड्राइभिङ लाइसेन्स बनाइदिने सरकारी कर्मचारी पक्राउ
बैशाख १८, २०८१ मंगलबार