सर्वदलीय चुनावी सरकार बनाउन डा. भट्टराईको प्रस्ताव
नेपालबहस संवाददाता
बैशाख २९, २०७८ बुधबार १७:५१:२४
२९ बैशाख, काठमाडौं । विपक्षी गठबन्धनले वैकल्पिक सरकार दिन मुश्किल भइरहेका बेला पूर्व प्रधानमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नयाँ विकल्प सुझाएका छन् । उनले आज सामाजिक सञ्जालमा लेखेका छन्–वर्तमान र पूर्व प्रधानमन्त्रीहरु बाहेकको नेतृत्वमा सर्वदलीय सहभागिता हुने गरी राष्ट्रिय सरकार बनाउँ ।
उक्त सरकारलाई आगामी एक वर्षभित्र निर्वाचन गर्ने गरी कार्यादेश दिन समेत उनले प्रस्ताव गरेका छन् । यस्तो सरकार संविधानको धारा ७६(२) बमाजिमको हुनुपर्ने धारणा उनको रहेको छ । गएको सोमबार प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिन नसक्दा पदमुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(२) अनुसार गठबन्धन सरकारको दाबी पेश गर्न भोलि वैशाख ३० गतेसम्मको म्याद दिएकी छन् ।
विपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव धार मात्रै ओलीको विकल्प दिन तयार भएकाले संख्या नपुगिरहेका बेला डा. भट्टराईले यस्तो प्रस्ताव गरेका हुन् । उनको प्रस्तावले आफ्ना पार्टीका दुई जना अध्यक्षहरु महन्थ ठाकुर वा उपेन्द्र यादवको नेतृत्वमा सरकार बनाउन खोजेको आभाष दिएको छ । मुलुकमा देखिएका संकट हल गर्न सबै दलको सहभागितामा सरकार बन्न आवश्यक रहेको उनको भनाई छ ।
उनले पूर्व प्रधानमन्त्री र प्रमुख दलका अध्यक्ष रहेको निर्देशक समिति बनाउन समेत सुझाएका छन् । डा. भट्टराईले प्रस्तुत गरेको यस्तो विकल्पबारे प्रमुख राजनीतिक दलहरुले कुनै प्रतिक्रिया दिएका छैनन् । तर उनको प्रस्तावमा सहमति जुट्ने सम्भावना न्यून रहेको बताइन्छ । खासगरी नेकपा एमाले र त्यसमा पनि ओली पक्षले यस्तो प्रस्ताव मान्ने स्थिति देखिएको छैन । तर विपक्षी गठबन्धनले जसपाका कुनै नेतालाई प्रधानमन्त्रीको प्रस्ताव गरी नयाँ सरकार बनाउने सम्भावनालाई भने संकेत गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रेम साधक होइन, बाधक हो !! ह्याप्पी भ्यालेन्टाइन !!
फागुन २, २०८० बुधबार
प्रदर्शनरत अभियन्ताहरू राजनीतिक स्वार्थले संवादमा आएनन् : मेयर शाह
असोज ८, २०८० सोमबार
नेम्वाङले ओलीलाई भनेका थिए, ‘संविधान जारी गर्नबाट रोकियो भने देश नै सकिन्छ’
भदौ २९, २०८० शुक्रबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
पलले सार्वजनिक गरे वृद्ध उमेरमा प्रहरी मुठभेडको तस्विर
जेठ ८, २०८१ मंगलबार
सेक्युरिटी प्रिन्टिङ खरिदमा भ्रष्टाचार : विकललाई २ वर्ष कैद, २५ करोड जरिवाना
जेठ ८, २०८१ मंगलबार
राहुघाटको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’
जेठ ८, २०८१ मंगलबार
तरकारी खेतीबाट वार्षिक रु आठ लाखको बचत
जेठ ८, २०८१ मंगलबार
सानिमा बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदै, वितरण योग्य नाफामा पहिरो
जेठ ८, २०८१ मंगलबार