उच्च शेयरमूल्य भएको जनउत्थान सामुदायिक लघुवित्तको कस्तो छ वित्तीय अवस्था ?
नेपालबहस संवाददाता
बैशाख २९, २०७८ बुधबार २०:२९:१८
२९ वैशाख, काठमाडौं । शेयरबजारमा उच्च शेयरमूल्य भएको जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको मुनाफा ९३ प्रतिशतले वृद्धि भएको छ ।
गत आवको तेस्रो त्रैमासमा १ करोड ८२ लाख १३ हजारमा मुनाफा गरेको उक्त कम्पनीले चालू आवको सोही अवधिमा ३ करोड ५१ लाख ६० हजार पुर्याएको छ ।
चालू आवको तेस्रो त्रैमासमा ब्याज आम्दानी,सञ्चालन नाफा २ करोड ६८ लाख खराब कर्जा उठाएकाले पनि कम्पनीको नाफामा वृद्धि भएको हो ।
गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा खुद ब्याज आम्दानी ५५ प्रतिशत र सञ्चालन नाफामा १२१ प्रतिशतले वृद्धि भएको छ । चुक्तापूँजी रू। ७ करोड ९२ लाख रहेको उक्त कम्पनीले जगेडामा रू। १२ करोड ६७ लाख २५ हजार गरेको छ ।
चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले १ अर्ब ३७ करोड ७२ लाख सापटि लिएर, ६६ करोड ३० लाख ७८ हजार निक्षेप संकलन गरेर १ अर्ब ९८ करोड ७८ लाख ८५ हजार कर्जा लगानी गरेको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी ५९ दशमलव १९,मूल्य आम्दानी अनुपात ३९ दशमलव ३१,तरलता अनुपात शून्य दशमलव ५२ प्रतिशत र प्रतिशेयर नेटवर्थ २६० दशमलव शून्य १ रहेको छ । हालसम्ममा कम्पनीले १९ ओटा जिल्लामा ३९ ओटा शाखा कार्यालयहरुबाट लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसमता घरेलु लघुवित्तको सभा आज, शेयरधनीहरुका लागि लाभांश वितरण गर्ने
चैत २९, २०८० बिहिबार
मनकामना स्मार्टको सभा आज, शेयरधनीलाई लाभांश नदिने
चैत २९, २०८० बिहिबार
मनकामना स्मार्ट लघुवित्तको साधारणसभा कहिले ?
चैत २८, २०८० बुधबार
हिमालयन बैंकका सीईओको वार्षिक तलब, भत्ता २ करोड माथि, शेयरधनीलाई छैन लाभांश !
बैशाख १५, २०८१ शनिबार
हेमन्त ‘कान्छा’ र लोचन भट्टाराईको प्रस्तुतिमा पुनः ‘जाउँ साइँली बेनी बजार’ रेकर्ड
बैशाख १५, २०८१ शनिबार
पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
बैशाख १६, २०८१ आइतबार
वेस्ट इन्डिज ए सँग नेपाल पराजित
बैशाख १६, २०८१ आइतबार
इलाम: कांग्रेस, ११४५, एमाले १०६३, स्वतन्त्र ३११ र रास्वपाः २०९ मत
बैशाख १६, २०८१ आइतबार
कप्तान रोहितले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा गरे
बैशाख १६, २०८१ आइतबार
बझाङ: एमाले ७५७, कांग्रेस ३८०, माओ २२६ र एस ११५ मत
बैशाख १६, २०८१ आइतबार
मासिक ६० लाख अफगानीलाई विश्व खाद्य कार्यक्रमद्वारा सहयोग वितरण
बैशाख १६, २०८१ आइतबार