मध्यरातमा ओलीलाई भेटेको जसपा नेता भट्टराईको स्वीकारोक्ति
नेपालबहस संवाददाता
जेठ २, २०७८ आइतबार १४:३५:१
२ जेठ काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का नेता डा. बाबुराम भट्टराईले मध्यरातमा प्रधानमन्त्री केपी ओलीलाई भेटेर आफैलाई प्रधानमन्त्री बनाउन ओलीसँग प्रस्ताव गरेको भन्ने खवरहरु बाहिर आइरहँदा ओलीलाई भेट गरेको विषय भट्टराईले स्वीकार गरेका छन् ।
आफुलाई प्रधानमन्त्री बनाइदेउ भनेर भेटन नगई राष्ट्रिय सरकारका बनाउन आवश्यक रहेको, त्यसका लागि पूर्व प्रमबाहेक जो कोहीलाई पनि बनाउन सकिने प्रस्ताव ओलीलाई राखेको तर ओलीले राष्ट्रिय सरकार बनाउन नमानेपछि यो कुरा अरुलाई नभनेको भट्टराईले जानकारी दिएका छन् ।
‘प्रमले दूतमार्फत बोलेकाले बोल्नैपर्ने भयाे,‘महाविपत्ति उन्मुख देशलाई निकास दिन मैले व्यक्ति ओली हैन, प्रम ओलीलाई भेटेकै हो । मैले वर्तमान/पूर्व प्रम बाहेकका व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार बनाऊ भनेकै हो । बहाँले नमानेपछि अरूलाई नभनेको हुँ,’ भट्टराईले लेखेका छन् । उनले अझै पनि धारा ७६(५) बमोजिम बनाउन सकिने बताउँदै त्यसबारे सोच्न आग्रह पनि गरेका छन् ।
ओली निकट एमाले नेता महेश बस्नेतले हालै एक टेलिभिजन अन्तर्वार्तामा डा. भट्टराईले मध्यराती १ बजे प्रधानमन्त्री ओलीलाई भेटेर प्रधानमन्त्री पद मागेको अभिव्यक्ति दिएका थिए । त्यही सन्दर्भमा भट्टराईले ओलीलाई आफूले भेटेको र भेट राष्ट्रिय सरकार बनाउन भनेको प्रष्टीकरण दिएका हुन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रेम साधक होइन, बाधक हो !! ह्याप्पी भ्यालेन्टाइन !!
फागुन २, २०८० बुधबार
प्रदर्शनरत अभियन्ताहरू राजनीतिक स्वार्थले संवादमा आएनन् : मेयर शाह
असोज ८, २०८० सोमबार
नेम्वाङले ओलीलाई भनेका थिए, ‘संविधान जारी गर्नबाट रोकियो भने देश नै सकिन्छ’
भदौ २९, २०८० शुक्रबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
अल्पसङ्ख्यक छन्त्याल समुदायको बसोबास रहेको ठाडाखानी गाउँ
जेठ ८, २०८१ मंगलबार
शुक्लाफाँटामा बाह्रसिंङ्गेको बथान
जेठ ८, २०८१ मंगलबार
आँधीखोलाको फाँट र बयरघारी बजार
जेठ ८, २०८१ मंगलबार
भक्तपुरको बेखालमा भव्य टेबुल टेनिस कभर्ड हल निर्माण
जेठ ८, २०८१ मंगलबार
धुलिखेल-खावा सडक : दुई दिन राजमार्ग बन्द गरेर विस्तारको काम
जेठ ८, २०८१ मंगलबार
अज्ञात समूहले माचमा आगो लगाएपछि बेलबारीका किसान आतङ्कित
जेठ ८, २०८१ मंगलबार