नेपालमा एक साताअघिको तुलनामा संक्रमणदर ८ प्रतिशतले घट्यो
नेपालबहस संवाददाता
जेठ ३, २०७८ सोमबार १२:५८:२४
३ जेठ, काठमाडौं । गत २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट १४५ जनाको मृत्यु भएको छ। यीसहित कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच हजार १ पुगेको छ। तीमध्ये एक हजार ९६९ जनाको मृत्यु बितेको डेढ महिनामा भएको हो।
कोरोनाको दोस्रो लहर सुरु भएपछि मृत्युदर निकै बढेको छ। अघिल्लो वर्ष बढीजसो ६० वर्षमाथिकाको मृत्यु भएकोमा यसपटक भने युवा तथा बालबालिकाले पनि ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा नेपालमा कोरोना संक्रमणदर ३७।०५ प्रतिशत रहेको छ। त्यस अवधिमा परीक्षण भएका १९ हजार ८ सय ८३ नमुनामध्ये ७ हजार ३ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। एक साताअघिको तुलनामा संक्रमणदर ८ प्रतिशतले घटेको छ।
काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा २ हजार ५ सय ६९ संक्रमित थपिएका छन्। अघिल्ला दिनको तुलनामा आइतबार संक्रमण दरमा मात्र नभएर मृतक संख्या र संक्रमितको संख्यामा समेत कमी आएको छ। निषेधाज्ञाको प्रभावका कारण काठमाडौं उपत्यका र केही मुख्य शहरमा संक्रमण दर घटेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। समिरकुमार अधिकारीले बताए।
संक्रमण गाउँगाउँमा फैलिसकेको हुनाले अहिल्यै घटेको या बढेको भनेर निष्कर्ष निकाल्न नसकिने पनि उनले प्रस्ट पारे। नागरिक दैनिकबाट
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारको बेइमानी : १३ लाख बालबालिकाको भविष्य जोखिममा
कात्तिक ८, २०८० बुधबार
राजधानीको हल्चोक स्थित रातामाटामा चङ्गा उडाउँदै [ फोटोफिचर ]
असोज २३, २०८० मंगलबार
अनधिकृत अनुवाद र पाइरेसीको विकृत धन्दा, एउटाको दुःख, अर्कोलाई मोज
असोज ८, २०८० सोमबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
एमाले अनिर्णित हुँदा मुख्यमन्त्री सोडारी संकटमा, आज पनि विश्वासको मत लिने तयारीमा
बैशाख २२, २०८१ शनिबार
अग्निपीडितलाई अस्थायी आवासको व्यवस्था गर्दै सरकार
बैशाख २२, २०८१ शनिबार
वेस्ट इन्डिज ‘ए’ विरुद्ध आज अन्तिम खेल खेल्दै नेपाल
बैशाख २२, २०८१ शनिबार
डिभीको नतिजा आज आउँदै , यसरी सकिन्छ हेर्न !
बैशाख २२, २०८१ शनिबार
डढेलो निभाउन सिम्रिक एयरले सघाउने
बैशाख २२, २०८१ शनिबार
मुम्बईमाथि कोलकोता २४ रनले विजयी
बैशाख २२, २०८१ शनिबार