देशभरका ७५ जिल्लामा निषेधाज्ञा जारी, केही जिल्लामा असार १५ गतेसम्म थपियो
नेपालबहस संवाददाता
असार ३, २०७८ बिहिबार १८:३०:३९
३ असार, काठमाडौंं। कोरोना भाइरसको सक्रमणको जोखिम कमगर्न हाल देशभरका ७७ जिल्ला मध्ये ७५ जिल्लामा निषेधाज्ञा जारी राखिएको गृहमन्त्रालयले जनाएको छ । निषेधाज्ञा जारी राखिएका केही जिल्लाहरुले असार १५ गते सम्म निषेधाज्ञा थप गरेका छन् भने २ जिल्लाहरुले जिल्लामा आंशिक रुपले निषेधाज्ञा जारी गरिएको छ ।
निषेधाज्ञा जारी राखिएका ७५ जिल्ला मध्ये मुस्ताङ्ग र ताप्लेजुङ्गमा मात्र आंशिक निषेधाज्ञा लगाएको छ भने अन्य ७३ जिल्लामा जिल्लाभार नै निषेधाज्ञा कायम राखिएको छ। सिराहा बैतडी लगायता जिल्लामा निषेधाज्ञा असार १५ गते सम्म थपिएको छ ।
यसै बीच गृहप्रशासनले कोभिड सक्रमण कम भएका जिल्लाहरुमा भने निषेधाज्ञाको मोडालिटी केही खुकुलो गराउन आग्रह गरेको छ । अझै पनि धेरै जसो जिल्लामा कोभिडका सक्रिय संक्रमितको संख्या ५०० माथि रहेका छन् । ५०० माथि सक्रिय सक्रमित रहेका जिल्लामा निषेधाज्ञा जारी गर्ने अधिकार स्थानीय प्रशासनलाई दिएको छ ।
नेपालमा हाल सम्म ८ हजार ५ सय ५८ जनाले कोभिड संक्रमणबाट ज्यान गुमाएका छन् । कोभिडबाट ६ लाख १४ हजार २ सय १६ जना संक्रमित भएका छन् । ति मध्ये ५ लाख ४३ हजार जना भाइरसमुक्त भएका छन् ।
नेपालमा कोभिड १९ को दोस्रोलहरको प्रभाव देखिएसँगै बैशाखको पहिलो साताबट निषेधाज्ञा लगाउन सुरु गरिएको थियो। काठमाडौं उपत्यकामा बैशाख १६ गतेदेखि जारी राखिएको निषेधाज्ञा असार ७ गते पछि भने केही खुकुलो बनाउदै लैजाने तयारी उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसीरम इन्स्टिच्युटले भन्यो: डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ
बैशाख २७, २०८१ बिहिबार
एस्ट्राजेनेकाले विश्वभरबाट कोरोना भाइरसको खोप फिर्ता लिँदै
बैशाख २६, २०८१ बुधबार
बढ्यो कोरोना संक्रमण, एक हप्तामा २८ जना संक्रमित
चैत २०, २०८० मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार