निर्वाचन टुँग्गो छैन, आयुक्तहरुको सुविधा र भत्ता बढाइयो
नेपालबहस संवाददाता
असार ४, २०७८ शुक्रबार १५:२७:४२
४ असार, काठमाडौं । निर्वाचन घोषणा भएपनि निर्वाचनको तयारी सुरु नगरेको निर्वाचन आयोगले आफ्ना पदाधिकारीहरु तथा कर्मचारीहरुका लागि भत्ता तथा सुविधा वृद्धि भने सुनिश्चित गरेको छ । मन्त्रिपरिषदको निर्णयबाट सरकारले आयोगका पदाधिकारीहरूलाई पनि थप सुविधा तथा भत्ता उपलव्ध गराउने बाटो खुला गरेको हो ।
सरकारले मन्त्रीपरिषदबाट आयोगका पदाधिकारीको भत्ता दिइने निर्णय गराई राजपत्रमा सूचना प्रकाशित भएसँगै आयुक्तहरु र कर्मचारीको भत्ता वृद्धिकोलागि कानुनी जटिलता फुकेको छ ।
मन्त्रिपरिषद्को बैठकले निर्वाचनको अवधि सुरु भएपछि आयोगका कर्मचारीहरू सरह पदाधिकारीहरूलाई पनि सेव सुविधा अतिरिक्त भत्ता दिने निर्णय गरेको सूचना मन्त्रीपरिषदको निर्णय अनुसार गृह मन्त्रालयले राजपत्रमा सूचना समेत प्रकाशन गरिएको छ ।
सरकारको यस कामलाई कतिपयले निर्वाचन आयोगका पदाधिकारीलाई खुसी बनाउनु मात्र नभइ उसका कामकारवाहीमा प्रभावित पार्ने काम भएको भनि विरोध पनि गरेका छन् ।
निर्वाचन आयोग अनुसार विगतमा निर्वाचन अवधिमा सतप्रतिशत भत्ता दिइने गरिएको छ । यो निर्णयसँगै अब निर्वाचनको १ सय २० दिन अर्थात आगामी साउन देखि नै पदाधिकारीहरुले त्यो सुविधा लिन थाल्ने छन् ।
यसका लागि आयोगले कार्यविधि समेत तयार गरिरहेको छ । विगतमा पनि निर्वाचन आयोगका कर्मचारीहरुको तलव सय प्रतिशत भत्ता दिइने गरिदै आएको छ । त्यसका अतिरिक्न खाजा खर्च देखि यातायात र टेलिफोन लगायत खर्च दिने गरिन्छ ।
आयोगमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, आयुक्तहरू ईश्वरीप्रसाद पौड्याल, रामप्रसाद भण्डारी र जानकीकुमारी तुलाधर छन्। जसमध्ये थपलिया र पौड्याल नेपाल सरकारका पूर्वसचिव हुन् उनिहरुले राज्यले पेनशन दिने गर्दछ । यसअघि २०७४ सालमा सम्पन्न प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचनमा आयोगका कर्मचारीहरूलाई १ सय २० प्रतिशत भत्ता र अन्य सुविधा समेत उपलब्ध गराएको थियो।
सरकारले निर्वाचन घोषणा गरेपनि अदालतले पुन प्रतिनिधिसभा पुन ब्युँताइदिन सक्ने भन्दै निर्वाचन आयोगले तयारी सुरु नै गरिएको छैन । १२० दिन निर्वाचन तयारीका लागि प्रयाप्त हुने आयोगले बताएको छ । सरकारले कार्तिक २६ र मंसिर ३ गते प्रतिनिधि सभाको मध्यावधिक निर्वाचन घोषणा गरेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपडीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
बालमन्दिर जग्गा हिनामिना आरोपीलाई पक्राउ नगर्न दबाब, अधिकांश भारततर्फ फरार
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार