एमाले नेता बस्नेतले पठाए मेलम्चीमा राहत सामग्री
नेपालबहस संवाददाता
असार ४, २०७८ शुक्रबार १७:२०:२
४ असार,भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का युवानेता एवं पूर्वमन्त्री महेश बस्नेतले बाढी र पहिरोका कारण ठूलो भौतिक तथा मानवीय क्षति भोगेको सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रका पीडितका लागि रु २० लाखभन्दा बढीको राहत सामग्री पठाएका छन् । विपद्मा पीडित बनेका यहाँका बासिन्दालाई सहयोग गर्ने हेतुले सङ्कलित राहत रकम तथा सामग्रीका साथ एमालेको भातृ सङ्गठन राष्ट्रिय युवासंघ नेपालको टोलीलाई संघका इन्चार्जसमेत रहेका भक्तपुरका निवर्तमान सांसद बस्नेतले सामग्री पठाएका हुन् ।
संघको टोलीले राहत सामग्री, विभिन्न स्वास्थ्य सामग्री तथा बन्दोबस्तीका सामग्रीसहित मेलम्ची, हेलम्बुमा टोली पठाएको बस्नेतका स्वीकय सचिव दिनेश थापाले जानकारी दिए । पूर्वमन्त्री बस्नेतको पहलमा भक्तपुरबाट रु पाँच लाखको सामग्री तथा अन्य विभिन्न जिल्ला तथा सहयोगी संस्थाबाट सङ्कलित करिब रु २० लाख बराबरको राहत, स्वास्थ्य तथा बन्दोबस्तीका सामग्री लिएर बिहीबार टोली मेलम्ची पठाएको उनले बताए ।
भक्तपुरबाट सङ्कलित रु पाँच लाखको सामग्री संघका सचिवालय सदस्य तथा भक्तपुरका संयोजक राजु लुबन्जार, सचिवालय सदस्य दिनेश थापा, दिपेश खड्कालगायतले संघका अध्यक्ष किरण पौडेल, उपाध्यक्ष क्षितिज थेवे, सञ्जीवकुमार झा, अशोक चौलागाईँ, उर्मिला सुनुवार तथा महासचिव रमेश आचार्यले उक्त सामग्री संयुक्तरूपमा हस्तान्तरण गर्दै टोली मेलम्ची पठाएको हो ।
भक्तपुरमा रहेका संघका पदाधिकारी तथा जिल्ला कमिटीको तर्फबाट मृतकका परिवारलाई रु ४५ हजार नगद रकमसहित संघको जिल्ला कमिटीले करिब रु पाँच लाख बराबरको सामाग्री संघका अध्यक्ष पौडेललाई हस्तान्तरण गरिएको छ । सिन्धुपाल्चोकमा आएको विपद्मा सहयोग गर्न युवालाई आह्वान गरेको नेता बस्नेतले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपखोकनाको इतिहास बचाउन परम्परागत तेल मिल सञ्चालनमा आउँदै
जेठ १७, २०८१ बिहिबार
६ महानगरमध्ये भरतपुरको बेरुजु सबैभन्दा कम
जेठ १५, २०८१ मंगलबार
भैंसेपाटीको नयाँ मन्त्री क्वाटरमा मन्त्रीको अनुगमन, साउनभित्रै सार्ने तयारी
जेठ १४, २०८१ सोमबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार
यस्ता छन् मन्त्रिपरिषद् बैठकका २६ निर्णय ( हेर्नुस सुचिसहित )
जेठ १८, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १९, २०८१ शनिबार
यमनमा घातक आक्रमणपछि हुथी समुहद्वारा अमेरिकी जहाजमा आक्रमण
जेठ १९, २०८१ शनिबार
च्याम्पियन्स लिग फाइनल : उपाधिका लागि रियल म्याड्रिड र डोर्टमण्ड भिड्दै
जेठ १९, २०८१ शनिबार
शल्यक्रिया गर्न पालो कुर्नुपर्ने समस्या अन्त्य गरिने
जेठ १९, २०८१ शनिबार
क्यामरा आकृतिको भवन
जेठ १९, २०८१ शनिबार
नेपालगञ्जका विद्यालयमा गर्मी बिदा बढाइयो
जेठ १९, २०८१ शनिबार