बोनम्यारो क्यान्सरपीडित थापाको उपचारका लागि सहयोग जु्ट्दै
नेपालबहस संवाददाता
असार ४, २०७८ शुक्रबार १७:३२:५१
४ असार,तनहुँ । विगत छ वर्षदेखि बोनम्यारो क्यान्सरपीडित २६ वर्षीय दीपक थापाको उपचारका लागि आर्थिक सहयोग जुट्न थालेको छ । घरको अर्थावस्था कमजोर भएका थापाले हालसम्म कुनै सहयोग नपाई जेनतेन उपचार गर्दै आएकामा पछिल्लो समय विभिन्न सङ्घसंस्था र व्यक्तिबाट सहयोग जुट्न थालेको हो । व्यास नगरपालिका–१ ठूलोगाउँ टोल निवासी उदय सुनारले बोनम्यारो क्यान्सरपीडित मगरलाई रु २५ हजार आर्थिक सहयोग गरेका छन् ।
हाल अष्टे«लियामा रहेका सुनारले पठाएका उक्त रकम निजका हजुरबुवा डम्बरबहादुर सुनारमार्फत मगरको कोठामा पुगेर हस्तान्तरण गरेका हुन् । जिल्लाको देवघाट गाउँपालिका–२ बैदी खानी भित्ता घर भई हाल व्यास नगरपालिका–१ चारकुनेमा भाडामा बस्दै आएका छन् । घरको अर्थावस्था अत्यन्तै नाजुक रहेका मगरको डायलायसिस गर्नसमेत धौधौ हुन थालेपछि जीवन बचाइदिन सबै पक्षसँग आग्रह गरेका हुन् ।
विसं २०७२ मा हिँड्न नसक्ने, टाउको दुख्ने, वाकवाकी हुने, पिसाबबाट रगत बग्नेलगायत समस्या देखापरेपछि उपचारका लागि विभिन्न अस्पताल धाए पनि रोग पत्ता नलागेको उनले बताए । राम्रो उपचारको खोजी गर्दै जाँदा काठमाडौँको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा गएर स्वास्थ्य परीक्षण गराएपछि मात्रै आफूलाई बोनम्यारो क्यान्सर भएको थाहा पाएको उनले बताए ।
सिभिल अस्पतालका डा विशेष पौडेलले शल्यक्रियाका लागि करिब रु १० लाख लाग्ने बताए पनि त्यति ठूलो रकम कहाँबाट जुटाऊ, रकम जुटाउन सके नयाँ जीवन पाउने थिएँ । उनले भने, “महिनामा एकपटक डायलायसिस गर्न त धौधौ भएको छ ।” भर्खरै मात्रै एक छोरा जन्मिएका छन् । गाउँमा खेती गरेर खाने जग्गा जमिन नहुँदा साउदीमा रहेका बुवाको कमाइले छ जना परिवारको प्राण धानिदै आएको श्रीमती सजिनाले बताइन् ।
यसैबीच केही दिनअघि मात्रै व्यास नगरपालिका कार्यालयले मगरको उपचारका लागि रु १५ हजार सहयोग गरेको छ । नगरप्रमुख बैकुण्ठ न्यौपानेले उक्त रकम बराबरको चेक बोनम्यारोपीडित थापालाई हस्तान्तरण गरेका थिए । व्यास–१ चारकुनेस्थित चारकुने टोल विकास संस्थाले संस्थामा आवद्ध प्रत्येक सदस्यसँग स्वेच्छिक रकम सङ्कलन गरी रु १० हजार प्रदान गरेको छ ।
संस्थाका अध्यक्ष राजेन्द्र श्रेष्ठ र स्थानीय समाजसेवी गिरिधरी सिग्देलले उक्त रकम निजकी श्रीमती सजिनालाई हस्तान्तरण गरेका थिए । त्यसैगरी व्यासनगरपालिका–२ निवारी गोविन्द पन्थका दम्पतीले रु पाँच हजार आर्थिक सहयोग गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंघीयताको मर्मअनुसार प्रदेशले अधिकार पाएनः मुख्यमन्त्री पाण्डे
जेठ १९, २०८१ शनिबार
मुगुमा यार्सागुम्बा संकलनमा गएका तीन जनाको मृत्यु
जेठ १९, २०८१ शनिबार
पर्वतमा खरबुजाको व्यावसायिक उत्पादन सुरू
जेठ १८, २०८१ शुक्रबार
दरबार हत्याकाण्ड: जमिम शाहले भने, ‘आज ठूलै घटना भएको छ, पत्रिका प्रेसमा नपठाउनु’
जेठ १९, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १९, २०८१ शनिबार
किसानलाई आत्मनिरर्भर बनाउन निःशुल्क धानको बीउ वितरण
जेठ १९, २०८१ शनिबार
बङ्गलादेशमा दुई करोड बालबालिकालाई भिटामिन ‘ए प्लस’ क्याप्सुल वितरण
जेठ १९, २०८१ शनिबार
‘संसद्ले कार्यपालिकालाई निगरानी गर्न नसके लोकतन्त्रमाथि खतरा’
जेठ १९, २०८१ शनिबार
सार्वजनिक यातायातलाई अपाङ्ग तथा अशक्तमैत्री बनाउन निर्देशन
जेठ १९, २०८१ शनिबार
चीनद्वारा बालबालिकाका लागि २१ औषधि बजारमा पठाउन अनुमति
जेठ १९, २०८१ शनिबार
खानेपानीका लागि महोत्तरीका महिलाहरु रातभर जाग्राम
जेठ १९, २०८१ शनिबार
वर्षा भएसँगै देशभर तापक्रम घट्यो, कहाँ कति छ ?
जेठ १९, २०८१ शनिबार