दोर्दी बाढी पीडितलाई संघ र प्रदेश सरकारको सहयोग
नेपालबहस संवाददाता
असार ४, २०७८ शुक्रबार १८:१३:१२
४ असार,लमजुङ । केही दिन अघि दोर्दी खोलामा आएको बाढी पहिराले घर बगाएर बाढी पीडित भएकाहरुलाई सङ्घीय सरकार र गण्डकी प्रदेश सरकारबाट आर्थिक तथा सामग्री सहयोग भएको छ ।
लमजुङ दोर्दी गाउँपालिका—८ हिलेबजारका बाढी पीडित १८ परिवालाई सङ्घीय सरकारको केन्द्रीय विपद् व्यवस्थापन कोषबाट जिल्ला विपद् व्यवस्थापन समितिमार्फत प्रतिपरिवार रु १० हजार र प्रदेश सरकारले प्रतिपरिवार डेढ बन्डल जस्तापाता सहयोग गरेको हो ।
सो सहयोग गण्डकी प्रदेशका नवनियुक्त बिना विभागीय मन्त्री मधुमाया अधिकारी गुरुङले पीडितहरुलाई हस्तान्तरण गर्दै आवास पुनर्निर्माणका लागि सङ्घीय सरकारसँग पहल गर्ने र प्रदेश सरकारले पनि सहयोग गर्ने बताइन् । प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले सङ्घीय, प्रदेश र स्थानीय तीन वटै सरकारले पुनर्निर्माणका लागि सहयोग गर्ने छ भने । दोर्दी गाउँपालिका प्रमुख ओमबहादुर गुरुङले बाढी पीडित समुदायलाई थप सहयोग गर्न सङ्घीय तथा प्रदेश सरकारसँग आग्रह गरे ।
गत आइतबारदेखि परेको वर्षासँगै आएको बाढीले १८ घर बगाएको छ भने ६० घरपरिवार विस्तापित भई हाल फलेनी माविमा बसिरहेका छन् । बाढीले यहाँ आवतजावत गर्ने सबै बाटो तथा पुल क्षतविक्षत गर्दा थप समस्या भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्वतमा खरबुजाको व्यावसायिक उत्पादन सुरू
जेठ १८, २०८१ शुक्रबार
पर्यटकीय सम्भावना बोकेको रिग तालको प्रवर्द्धनमा पालिकाको चासो
जेठ १८, २०८१ शुक्रबार
तनहुँमा हावाहुरी र असिना पानीले विभिन्न स्थानमा लाखौँको क्षति
जेठ १८, २०८१ शुक्रबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार
बजेट सच्याउने निर्णय गराएर करका दरमाथि खेल्दै अर्थमन्त्री, 'टाइपिङ इरर' भएको बहाना
जेठ १८, २०८१ शुक्रबार
गृहमन्त्रीको नजरः सुन तस्करीमा संलग्न निजामतिलाई काखा, प्रहरीलाई पाखा
जेठ १८, २०८१ शुक्रबार
शल्यक्रिया गर्न पालो कुर्नुपर्ने समस्या अन्त्य गरिने
जेठ १९, २०८१ शनिबार
क्यामरा आकृतिको भवन
जेठ १९, २०८१ शनिबार
नेपालगञ्जका विद्यालयमा गर्मी बिदा बढाइयो
जेठ १९, २०८१ शनिबार
दरबार हत्याकाण्डको २३ वर्ष पूरा
जेठ १९, २०८१ शनिबार
युक्रेनले रुसविरुद्ध आफ्नो सीमाभित्र अमेरिकी हतियार प्रयोग गर्नसक्ने
जेठ १९, २०८१ शनिबार
मलाइका र अर्जुनको ब्रेकअप !
जेठ १९, २०८१ शनिबार