आलोचना र विवादमा तानिदै प्रदेश प्रमुख अहिराज
नेपालबहस संवाददाता
असार ४, २०७८ शुक्रबार १९:१४:५५
४ असार, काठमाडौं । प्रदेश नम्बर दुई का प्रदेश प्रमुख राजेश झा ‘अहिराज’ विवादमा तानिएका छन् । उनका पछिल्ला भूमिका एवम् गतिविधिहरु सन्तुलित, निष्पक्ष नदेखिएको र पदीय मर्यादालाई कायम राख्न नसकेको भन्दै प्रदेश भित्र उनको आलोचना सुरु भएको हो ।
सामान्य रूपले अलंकारिक भूमिकामा रहनु पर्ने संघीय सरकारको मुख्य प्रतिनिधिका रुपमा रहेका प्रदेश प्रमुख अहिराज कहिले अनुगमनमा निस्कने त कहिले मुख्यमन्त्रीलाई मन्त्रीपरिषद विस्तार संवैधानिक नभएको भनि पत्र पठाउन थालेपछि विवादमा तानिएका हुन् ।
विद्यालय, बजार अनुगमन, मास्क वितरण प्रदेशप्रमुखको काम भित्र नपर्ने भन्दै स्थानीय वुद्धिजीवीहरुले अहिराजका गतिविधिले प्रदेश प्रमुखको पदिय मर्यादा सम्मान गर्न नसकेको टिपणी गरेका छन् ।
मुख्यमन्त्री विवादित बन्दै जादा लालबाबु राउतले गरेको मन्त्रीपरिषद विस्तार विरुद्ध उनले मुख्यमन्त्री लालवावु राउतलाई पठाएको स्मरण पत्रको प्रदेश सरकारले जवाफ दिन आवश्यक नै ठानेन् । उनको त्यो पत्र केवल मिडिया प्रचारबाजीको चाहान अनुसार आएकोले प्रदेश सरकारले त्यसको जवाफ दिन आवश्यक नठानेको मुख्यमन्त्री राउतका प्रमुख स्वकीयसचिव जितेन्द्र यादवले बताएका छन् ।
मुख्यमन्त्री राउतले केही दिनअघि गरेको मन्त्रिपरिषद् विस्तार समावेशी नभएको भन्दै प्रदेश प्रमुख अहिराजले स्मरण पत्र पठाएका थिए । उक्त पत्र पठाएपछि उनी झनै विवादमा तानिएका हुन ।
त्यसो त पछिल्लो पटक ओली सरकारले नियुक्ति गरेका लुम्विनी र गण्डकी प्रदेशका प्रदेश प्रमुखका काम कारवाहीहरु पनि विवादरहित बन्न सकेका छैनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार
कांग्रेसले बोलायो संसदीय दलको बैठक
जेठ ६, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार