चितवन निकुञ्जमा वन्यजन्तुलाई पानी खुवाउन सोलार बोरिङ
नेपालबहस संवाददाता
असार ४, २०७८ शुक्रबार १९:५८:४७
४ असार,चितवन । चितवन राष्ट्रिय निकुञ्जको सुख्खा क्षेत्रमा वन्यजन्तुलाई पानी खुवाउन चार वटा सोलार बोरिङ खनिएको छ । निकुञ्जको सुखिभारमा दुईवटा, डुमरियामा एउटा र अर्ना फाँटमा एउटा सोलार बोरीङ् खनिएको हो ।
निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार एउटा पोखरी सहितको सोलार बोरीङका लागि रु ७ लाख हाराहारी खर्च भएको छ । सुखिभार क्षेत्रमा एक सय ७४ गैंडा रहेका छन् । डुमरिया र अर्ना फाँटमा ६३ वटा गैंडा रहेका छन् । अधिकारीले भने, “यो ठाउँमा रहेका गैंडा लगायतका वन्यजन्तुलाई सुख्खा मौसममा समेत पानीको व्यवस्था गरिएको छ ।” निकुञ्ज भित्र विद्युत आपूर्ति नहुने भएकाले सोलार सहितको बोरीङ राखिएको हो ।
बोरीङले २४सै घण्टा पानी फाल्ने छ । पोखरी २० फिट चौडाइ र ४० फिट लम्बाइका छन् । यस वर्ष निकुञ्जमा ३५ वटा पुराना पोखरी सरसफाइ र मर्मत सम्भार गरिएको छ । यस्तै १६ वटा नयाँ पोखरी खनिएको उनले जानकारी दिए । पुराना पोखरीका लागि रु ३५ लाख नयाँका लागि रु ३२ लाख खर्च गरिएको उनले बताए ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले गैंडाको सङ्ख्या बढेसँगै सुख्खा क्षेत्रहरुमा पानीको व्यवस्थापनमा जोड दिइएको जानकारी दिए । उनका अनुसार पछिल्ला वर्षहरुमा निकुञ्जले घाँसेमैदान र पानीको व्यवस्थापनमा विशेष जोड दिएको छ । ठाउँठाउँमा पानीको व्यवस्थापन भएसँगै गैंडा सहितका दुर्लभ वन्यजन्तु पानीका लागि टाढा जानु पर्दैन । निकुञ्ज हुँदै वग्ने खोलाहरु, चुरेबाट झरेका खोल्साहरुसँगै निकुञ्ज भित्रका ताल तलैयामा वन्यजन्तु पानीका लागि आश्रीत हुन्छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपखोकनाको इतिहास बचाउन परम्परागत तेल मिल सञ्चालनमा आउँदै
जेठ १७, २०८१ बिहिबार
६ महानगरमध्ये भरतपुरको बेरुजु सबैभन्दा कम
जेठ १५, २०८१ मंगलबार
भैंसेपाटीको नयाँ मन्त्री क्वाटरमा मन्त्रीको अनुगमन, साउनभित्रै सार्ने तयारी
जेठ १४, २०८१ सोमबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार
बजेट सच्याउने निर्णय गराएर करका दरमाथि खेल्दै अर्थमन्त्री, 'टाइपिङ इरर' भएको बहाना
जेठ १८, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १८, २०८१ शुक्रबार
समयमै क्यासिनो नवीकरणको आवेदन नदिए इजाजतपत्र खारेज हुने
जेठ १८, २०८१ शुक्रबार
स्वास्थ्य क्षेत्रको समस्या समाधान गर्न मन्त्री यादवद्वारा समिति गठन
जेठ १८, २०८१ शुक्रबार
वाग्मती प्रदेशको नीति तथा कार्यक्रम स्वीकृत
जेठ १८, २०८१ शुक्रबार
अत्यधिक गर्मीले बर्दियाका विद्यालय थप ६ दिन बन्द
जेठ १८, २०८१ शुक्रबार
दुबईबाट फर्केर तरकारीखेती
जेठ १८, २०८१ शुक्रबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार