यज्ञडोल सामुदायिक वनमा युनेस्को ग्राम निर्माण हुने
नेपालबहस संवाददाता
असार ४, २०७८ शुक्रबार २०:८:१४
४ असार,काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं –४ स्थित यज्ञडोल (जगडोल) सामुदायिक वनमा युनेस्को ग्राम निर्माण हुने भएको छ ।
सरकारले आगामी आर्थिक वर्षको बजेटको बुँदा नं २३५ मा राष्ट्रिय शहीद स्मारक निर्माण भइरहेको यज्ञडोल (जगडोल) सामुदायिक वनमा ग्राम निर्माण हुने गरी रकम व्यवस्थापन गरेको उल्लेख छ । ग्राम अन्तर्गत रु २१ करोडको लागतमा शहीद तथा युनेस्को सङ्ग्रहालय निर्माण गरिने छ ।
सङ्ग्रहालयमा नेपालका सबै जातिको पहिचान झल्कने चीजबीज सङ्ग्रह गरिने राष्ट्रि«य शहीद तथा शान्ति पार्क निजामती ९स्मारक० यज्ञडोल सामुदायिक वन पर्या पर्यटन प्रवद्र्धन तथा उद्यान व्यवस्थापन समितिका अध्यक्ष सुदर्शन सिग्देलले जानकारी दिए । ग्राम अन्तर्गत जडिबुटी उद्यान निर्माण गरिने छ । विभिन्न किसिमका जडिबुटी नर्सरी राखी सामुदायिक वनमा व्यावसायिक रुपमा काम अघि बढाइने योजना छ । यसैगरी युनेस्को अध्ययन केन्द्रसमेत निर्माण हुनेछ । युनेस्कोको क्याटेगोरी दुई अनुसार निर्माण हुने केन्द्रमा अरु देशले पनि लगानी गर्ने छन् ।
केन्द्रमा योग, ध्यान र पूर्वीय दर्शनका विभिन्न विधामा अध्ययन अनुसन्धान र अभ्यासका काम गरिने जनाइएको छ । युनेस्कोका अरु सदस्य राष्ट्रलेसमेत लगानी र सहकार्य गर्ने गरी केन्द्रको अवधारणा अघि बढाइएको हो । युनेस्को ग्राम निर्माणको लागत रु ६२ करोड लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत ग्राम निर्माणको सोच अघि बढेर बजेट व्यवस्थापन भएपछि मन्त्री कृष्णगोपाल श्रेष्ठले पनि निर्माणस्थलको अवलोकन गरी काम अघि बढ्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचेपाङ बस्तीमा प्राधिकरणले जब निःशुल्क मिटर बाँड्यो !!!
जेठ ६, २०८१ आइतबार
पानीका स्रोत सुक्न थालेपछि वन्यजन्तु समस्यामा
जेठ ६, २०८१ आइतबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
कलेजो क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता छन् लक्ष्णहरु !
नेपालबहस संवाददाता
जेठ ५, २०८१ शनिबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
ताइवानको राष्ट्रपतिको रूपमा लाइ चिङ तेहले लिए शपथ
जेठ ७, २०८१ सोमबार
मर्यादापालक लगाएर प्रधानमन्त्री पुगे रोष्ट्रम, कांग्रेसको नाराबाजी जारी
जेठ ७, २०८१ सोमबार
कुमारी बैंकका ग्राहकलाई होटल भिन्टेज होमबाट प्रदान गरिने सेवामा विशेष छुट
जेठ ७, २०८१ सोमबार
दमौलीको मुख्यचोकका सटरमा भएको आगलागीको विवरण संकलन गरिँदै
जेठ ७, २०८१ सोमबार
८ नम्बरमा पर्यो उपेन्द्रको रिट, ढुंगानाको इजलासमा सुनुवाइ
जेठ ७, २०८१ सोमबार