बाढी तथा पहिरो पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्न माग
नेपालबहस संवाददाता
असार ४, २०७८ शुक्रबार २१:१२:४०
४ असार,काठमाडौं । अखिल नेपाल किसान महासंघले बाढी, तथा पहिरो पीडितलाई राहत र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । महासंघका अध्यक्ष डा प्रेम दङ्गालले विज्ञप्ति जारी गर्दै बाढी, पहिराका कारण विस्थापित भएका परिवारलाई सुरक्षित ठाउँमा बसोबासको व्यवस्था मिलाउन आग्रह गरेका छन् । कृषियोग्य जमीन एकाएक बगर र खण्डहरमा परिणत भएकामा महासंघले चिन्ता प्रकट गरेको छ ।
महासंघले भारी वर्षातका कारण सिन्धुपाल्चोक, मनाङ, गोरखा, प्यूठान, पाल्पा, स्याङ्जा, अर्घाखाँची, लमजुङ, कास्की, जुम्ला, जाजरकोट र डोटीमा भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गरेको छ ।
विज्ञप्तिमा बाढीपहिरामा परी ज्यान गुमाउनेका परिवारमा समवेदना प्रकट गर्दै घाइतेको स्वास्थ्य लाभको कामना गरिएको छ । महासंघले बेपत्ता भएकाको खोजी कार्यमा विशेष ध्यान पु¥याउनुपर्नेमा जोड दिँदै घाइतेको उपचारमा कुनै कमी नराख्न आग्रह गरेको छ । विज्ञप्तिमा कोरोना महामारीको समय भएकाले आवश्यक स्वास्थ्य मापदण्ड पालना गर्दै सबै पक्ष सहयोगमा जुट्नुपर्ने उल्लेख गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचेपाङ बस्तीमा प्राधिकरणले जब निःशुल्क मिटर बाँड्यो !!!
जेठ ६, २०८१ आइतबार
पानीका स्रोत सुक्न थालेपछि वन्यजन्तु समस्यामा
जेठ ६, २०८१ आइतबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
कलेजो क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता छन् लक्ष्णहरु !
नेपालबहस संवाददाता
जेठ ५, २०८१ शनिबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ७, २०८१ सोमबार
आगलागी नियन्त्रणमा आएपछि देखिएको दृश्य
जेठ ७, २०८१ सोमबार
सङ्खुवासभाको सभापोखरीमा चट्याङ लागेर ७२ भेडाको मरे
जेठ ७, २०८१ सोमबार
मकैमा फौजी कीरा र फलफूलमा औँसाको संक्रमण, किसान चिन्तित
जेठ ७, २०८१ सोमबार
यी ४ जनाले भुलेर पनि नखानुस् मेवा
जेठ ७, २०८१ सोमबार