पर्यटन क्षेत्रमा कोरोना खोपको व्यवस्था गर्न माग
नेपालबहस संवाददाता
असार ४, २०७८ शुक्रबार २२:४०:५२
४ असार,पोखरा । पोखरा पर्यटन परिषद् आवद्ध संघ संस्थाले कोरोना महामारीले सबैभन्दा ठूलो असर पर्यटन क्षेत्रमा देखिएको जनाउँदै यस क्षेत्रका अग्रपङ्क्तिमा रहेकालाई खोपको व्यवस्था सुनिश्चित गर्न माग गरेका छन् ।
पोखरा पर्यटन परिषद्ले आज विज्ञप्ती जारी गर्दै देशको अर्थतन्त्रलाई माथि उठाउने सो क्षेत्रलाई चलायमान बनाउन खोप आवश्यकता रहेको र यसका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारलाई ध्यानाकर्षण गराएको छ ।
विज्ञप्तिमा ‘नो भ्याक्सिन, नो मोर पर्यटन’ उल्लेख गर्दै पर्यटन क्षेत्रसँग सम्बद्ध व्यवसायी कर्मचारी मजदुर लगायत अग्रपङ्क्तिमा रहेर सेवा दिइरहेकालाई खोप सुनिश्चित गरी अन्तरराष्ट्रिय बजारमा सकारात्मक सन्देश दिन आग्रह गरिएको छ । विज्ञप्तिमा भनिएको छ “सरकारले सङ्क्रमणको अवस्था हेरेर बिस्तारै बन्दाबन्दी खुकुलो बनाउने तयारी गरेको छ । पर्यटक श्रमजीविले खोप नलगाई सेवा प्रवाह गर्न सक्ने स्थिति छैन र सेवा दिइहाले पनि सुरक्षित हुन सक्दैन । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रलाई प्राथमिकमा राखेर पर्यटनलाई चलायमान बनाउन माग गर्दछौ ।” पर्यटनलाई चलायमान बनाउन विभिन्न मुलकले खोपलाई प्राथमिकतामा राखेर पर्यटकलाई निम्तो दिएको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकञ्चनजङ्घा क्षेत्रमा पर्यटक बढेसँगै व्यवसायी उत्साहित
जेठ १७, २०८१ बिहिबार
धार्मिक पर्यटन प्रवर्द्धनका लागि सम्भावना खोज्दै जैमिनी
जेठ १६, २०८१ बुधबार
अग्ला हिमालको सुरक्षा चुनौति बनिरहेको छः प्रधानमन्त्री
जेठ १६, २०८१ बुधबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
डीआईजी र एसएसपी सरुवामा गृहमन्त्रीको मनोमानी, ५ महिना नपुग्दै लखेटिए आचार्य
जेठ १७, २०८१ बिहिबार
सन्दीप लामिछानेलाई अमेरिकाले फेरि पनि दिएन भिसा
जेठ १७, २०८१ बिहिबार
बजेट सच्याउने निर्णय गराएर करका दरमाथि खेल्दै अर्थमन्त्री, 'टाइपिङ इरर' भएको बहाना
जेठ १८, २०८१ शुक्रबार
अनलाईन मार्फत ठगी गरेको अभियोगमा एक जना पक्राउ
जेठ १८, २०८१ शुक्रबार
कभानीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास
जेठ १८, २०८१ शुक्रबार
भ्रष्टाचार आरोपमा जनही १३ लाख बिगो दावी गर्दै ८ जनाविरुद्ध मुद्दा दायर
जेठ १८, २०८१ शुक्रबार
पर्वतमा खरबुजाको व्यावसायिक उत्पादन सुरू
जेठ १८, २०८१ शुक्रबार
लेक उक्लिएका भेडाका बथानले ढाकिएको रिग क्षेत्र
जेठ १८, २०८१ शुक्रबार
जेठको चर्को घाममा पार्वतीलाई मकै पोलेर बेच्न भ्याइनभ्याइ
जेठ १८, २०८१ शुक्रबार