भोलिदेखि फेरि मनसुन थप सक्रिय, देशभर पानी पर्ने अनुमान
नेपालबहस संवाददाता
असार ५, २०७८ शनिबार १४:१२:०
५ असार, काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज प्रदेश-१, गण्डकी, वाग्मती र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने जनाएको छ। महाशाखाका अनुसार अहिले पनि प्रदेश-१, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा पानी परिरहेको छ । आज राति पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना छ ।
मनसुन सुरु भएसँगै वर्षा भइरहेकाले आज पनि बाढी पहिरोको जोखिम रहेको भन्दै सावधानी अपनाउन आग्रह गरिएको छ । आज, हिजो र अस्ति पानी कम परे पनि भोलिदेखि फेरि मनसुन थप सक्रिय हुने सम्भावना रहेकाले देशभर पानी पर्ने अनुमान गरिएको छ ।
प्रदेश-१, गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशको पहाडी क्षेत्रमा पहिरोको जोखिम रहेको विज्ञले बताएका छन् । यस्तै, नदीनाला र खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने हुँदा सतर्कता अपनाउन विज्ञको आग्रह छ । आज दिनभरि नै मौसम बद्ली रहने मौसमविदले बताएका छन् ।
यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान
२०७८ असार ५ गते (शनिबार)
दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना छ।
राती: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना छ।
२०७८ असार ६ गते (आईतबार)
दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेशका केही स्थानहरूमा भारी वर्षा र एक वा दुई स्थानहरुमा धेरै भारीवर्षा को सम्भावना छ ।
राती: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा भारी वर्षा र एक वा दुई स्थानहरुमा धेरै भारी वर्षा को सम्भावना छ ।
२०७८ असार ७ गते (सोमबार)
दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, लुम्बिनी प्रदेश र बागमती प्रदेशका एक वा दुई स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना छ।
राती: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी प्रदेश, बागमती प्रदेश, सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours)
देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षाका साथै प्रदेश १, गण्डकी, लुम्बिनी र बागमती प्रदेशको एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षा हुने सम्भावना रहेकोले उक्त प्रदेशहरुको पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहाव (debris flow)को जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ५, २०८१ शनिबार
लागुऔषधको कुलतबाट विद्यार्थी जोगाउन अभियान
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार