टुकोनले श्रममन्त्रीलाई बुझायो ध्यानाकर्षण पत्र
नेपालबहस संवाददाता
असार ६, २०७८ सोमबार ०:५५:५
६ असार,काठमाडौं । राप्रपा निकट ट्रेड युनियन महासंघ नेपाल (टुकोन) ले श्रमिक सम्बन्धि सामाजिक सुरक्षा कोषको विषयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीलाई ४ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । महासंघका अध्यक्ष हिक्मतजंग भण्डारीको नेतृत्वमा सचिवालय प्रमुख एवं प्रथम उपाध्यक्ष आनन्दकुमार रिसाल, उपाध्यक्ष उत्तमराज उपाध्याय सम्मिलित टोलीले श्रम मन्त्रालय पुगेर ध्यानाकर्षण पत्र बुझाएको हो ।
टुकोनले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीलाई बुझाएको ध्यानाकर्षण पत्रको पूर्णपाठ यस्तो छ : सामाजिक सुरक्षा योजना लागू गर्न नेपालमा क्रियाशिल ट्रेड यूनियन महासंघहरू, उद्योग व्यवसायीहरूका बीच २०६७ सालमा सहमति गर्दै अगाडी बढ्ने निर्णय भएको थियो ।
करिब नौ वर्षसम्म सामाजिक सुरक्षा कोषमा श्रमिक र रोजगारदाता सूचीकृत प्रकृया, योगदानकर्तालाई दिने सुविधा, वितरण विधि सम्बन्धमा दुई पक्ष, त्रिपक्षीय, बहुपक्षीय छलफल, गोष्ठी, सेमिनार भएको थियो । लामो प्रयासपछिको परिणाम योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ जारी भएको यथार्थ हो । श्रम ऐन, २०७४ ट्रेड यूनियन ऐन सहमतिबाटै जारी भएको हो ।
क) राज्यको तर्फबाट विधिसम्मत तरिकाले सबै पक्षको सहमतिमा आएको ऐन नियम सबै सरोकारवालाहरूबाट कार्यान्वयन गर्नेतर्फ उन्मुख हुनु सबै पक्षको कर्तव्य हुने हुँदा योगदानमा आधारित सामाजिक सुरक्षा कोष वैज्ञानिक तवरबाट कार्यान्वयन गराउन मन्त्रीज्यूको ध्यानाकर्षण गराउँदछौंं ।
ख) सरकारद्वारा सामाजिक सुरक्षा कोषको घोषणा समारोह २०७५ मंंसिर ११ गते सरकार, ट्रेड युनियन महासंघ, उद्योगी व्यवसायीहरू, आईएलो, राजनीतिक पार्टीहरूको समेत उपस्थितिमा भएको सामुहिक दस्ताबेज हो भने,सम्मानीत सर्वोच्च अदालतबाट कानुन विपरीत हुने गरी सेवा, सुविधा, पारिश्रमिक कटौती गर्न नपाउने फैसला धेरै पहिले नै भएकोले खाईपाई आएको सुविधा कटौती लगायत विषयमा नअल्मली कार्यान्वयन पक्षमा अग्रसरता देखाउन माननीय मन्त्रीज्यू समक्ष टुकोन माग गर्दछ।
ग) विशेष गरि यातायात श्रमिक यो महामारीबाट निकै प्रभावित छन् । स्वरोजगार श्रमिकहरूको निशेधाज्ञा अवधिभरको बैंक ब्याज मिनाह होस्, साथै यातायात श्रमिकहरू र असंगठित क्षेत्रका श्रमिकहरूलाई राहत, रोजगारी, एवं खोपको प्रबन्ध मिलाईयोस् ।
घ) माननीय मन्त्रीज्यू, यो संकटपूर्ण परिस्थितिमा सबै क्षेत्रसँग सम्बन्धित श्रमिहरूप्रति मन्त्रालयको गम्भिर ध्यानाकर्षणको लागि टुकोन विषेश आग्रह गर्दछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारको प्राथमिकताः गोलीगठ्ठा उत्पादनमा स्वदेशमै आत्मनिर्भर
जेठ १, २०८१ मंगलबार
प्रधानमन्त्री छोरी कार्यक्रम सुन्दा हाँसे सांसद
जेठ १, २०८१ मंगलबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
सन्दीपको प्रतिक्रिया: म निर्दोष छु भन्दा पनि फसाइयो
जेठ २, २०८१ बुधबार
सन्दीपको प्रतिक्रिया- म निर्दोष छु भन्दा पनि फसाइयो
जेठ २, २०८१ बुधबार
यस्तो छ, बिहीबार बस्ने प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूची
जेठ २, २०८१ बुधबार
पञ्चेबाजा बजाउँदै समर्थकहरूले क्रिकेटर सन्दीपको गरे स्वागत
जेठ २, २०८१ बुधबार
अपाङ्गता भएका व्यक्तिहरूको प्रदर्शनमा प्रहरी दमनबारे कांग्रेसको आपत्ति
जेठ २, २०८१ बुधबार
सन्दीप लामिछाने निर्दोष ठहर, जिल्ला अदालतको फैसला उच्चले उल्टायो
जेठ २, २०८१ बुधबार