कांग्रेसमा नेतृत्वका लागि ध्रुवीकरण सुरु
नेपालबहस संवाददाता
असार ८, २०७८ मंगलबार १३:३१:११
८ असार, काठमाडौं । प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टी पराजयपछिको साढे तीन वर्षमा संगठन सुदृढीकरणभन्दा आन्तरिक किचलोमा अल्झिएका नेपाली कांग्रेसका नेताहरूको ध्यान पार्टीको १४औं महाधिवेशनमा केन्द्रित बन्न पुगेको छ।
केन्द्रीय समितिको बैठकले भदौ १६ देखि १९ सम्म काठमाडौंमा महाधिवेशन गर्नेगरी कार्यतालिका संशोधन गरेसँगै गुट–उपगुटमा विभक्त कांग्रेसमा नेतृत्वका लागि ध्रुवीकरण सुरु भएको छ ।
१४औं महाधिवेशनमा पनि पहिलो पुस्ता शेरबहादुर देउवा र रामचन्द्र पौडेलबीच नै मुख्य प्रतिस्पर्धा हुने आँकलन गरिएका बेला दुवैतर्फका दोस्रो तहका नेताहरूले पार्टी नेतृत्वका लागि आफूलाई अघि सारेका छन्। युवा पुस्ताका केही नेताले आगामी महाधिवेशनबाट पहिलो पुस्तालाई बिदा गर्नुपर्ने बताइरहेका बेला उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र शेखर कोइरालाले नेतृत्वका लागि आकांक्षा देखाउँदै तयारीमा जुटेका हुन्।
पूर्वसहमतिविपरीत देउवा फेरि पार्टी नेतृत्वको दौडमा खडा भएको भन्दै असन्तुष्ट उपसभापति निधिले दोस्रो तहका आकांक्षीहरूसँग छलफल थालेका छन्। एक वर्षअघि नै देउवासँग सभापतिको उम्मेदवार बन्ने इच्छा राख्दै अन्य नेताहरूसँग पनि भेटघाट गरेका निधिले सोमबार महामन्त्री शशांक र पूर्वमहामन्त्री सिंहलाई आफ्नै निवासमा बोलाएका हुन्।
आफ्नो वैवाहिक वर्षगाँठको अवसरमा शशांक र सिंहलाई आफ्नो निवासमा ‘लन्च मिटिङ’ आयोजना गरेको बताइए पनि नेताहरूबीच पार्टीभित्र नयाँ समीकरणका लागि छलफल थालिएको विश्लेषण गर्न थालिएको छ।
संस्थापन र संस्थापनइतर समूहमा पहिलो पुस्ताका नेताहरू विकल्पका विषयमा बहस चलिरहेका बेला तीन नेताबीचको छलफलले नयाँ ध्रुवीकरणको संकेत गरेको छ। नागरिक दैनिक
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारको बेइमानी : १३ लाख बालबालिकाको भविष्य जोखिममा
कात्तिक ८, २०८० बुधबार
राजधानीको हल्चोक स्थित रातामाटामा चङ्गा उडाउँदै [ फोटोफिचर ]
असोज २३, २०८० मंगलबार
अनधिकृत अनुवाद र पाइरेसीको विकृत धन्दा, एउटाको दुःख, अर्कोलाई मोज
असोज ८, २०८० सोमबार
इलाम-२ मा मतगणनाको तयारी, सर्वदलीय बैठक बस्दै
बैशाख १६, २०८१ आइतबार
पूर्वराजा ज्ञानेन्द्र सडकमा आउने मुहूर्त
बैशाख १६, २०८१ आइतबार
जुगल गाउँपालिका-७ का वडाध्यक्ष पक्राउ
बैशाख १६, २०८१ आइतबार
लगानी सम्मेलन : पहिलो दिन १४ सयभन्दा बढी सहभागी, दुई सम्झौता सम्पन्न
बैशाख १६, २०८१ आइतबार
बझाङमा एमालेका भण्डारी लाई ६७७ मतको अग्रता (अपडेट)
बैशाख १६, २०८१ आइतबार
रिग्मो गाउँ
बैशाख १६, २०८१ आइतबार
मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा
बैशाख १६, २०८१ आइतबार
आज राति देशका केही स्थानमा हावाहुरीको सम्भावना
बैशाख १६, २०८१ आइतबार