कोरोना खोपको प्रतीक्षामा २ करोड ९ लाख नागरिक
नेपालबहस संवाददाता
असार २२, २०७८ मंगलबार १२:५२:४
२२ असार, काठमाडौं । देशभर कोरोना भाइरस संक्रमणविरुद्ध खोप लगाउन योग्य २ करोड ९ लाख ९६ हजार ८ सय ९ जना नागरिक खोपको प्रतीक्षामा छन् । स्वास्थ्य मन्त्रालयले तयार पारेको कोभिड–१९ खोपका लागि लक्षित समूहको प्राथमिकीकरणअनुसार अनुमानित २ करोड १७ लाख ५६ हजार ७ सय ६३ जनालाई खोप लगाइनेछ ।
जसअन्तर्गत अहिलेसम्म ७ लाख ५९ हजार ९ सय ५४ जनाले खोपको दुवै मात्रा ‘पहिलो र दोस्रो’ लगाएका छन् । २६ लाख ११ हजार ८ सय ७ जनाले खोपको पहिलो मात्रा लगाएका छन् । १३ लाख ५० हजार ज्येष्ठ नागरिक र अन्य उमेर समूहकाले पहिलो मात्रा लगाएको तीन महिना बित्नै लाग्दा पनि दोस्रो मात्रा लगाउन पाएका छैनन् । उनीहरूका लागि सरकारले एस्टे«जेनेकाको खोप लगाउने निर्णय गरिसकेको छ ।
स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार अब क्रमिक रूपमा खोप आपूर्ति हुँदै जाने र एक महिनाभित्र एस्ट्रजेनेकाको खोप पनि नेपाल भित्रिनेछ । स्वास्थ्य मन्त्रालयले कोभ्याक्स फ्यासिलिटीमार्फत जोन्सन एन्ड जोन्सन खोप आउने जानकारी दिएको हो । स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने, ‘कोभ्याक्समार्फत १० लाख डोज खोप आउने भएको छ ।
हामिले सकारात्मक जवाफ पाएका छौं ।’ हालसम्म कोभ्याक्स फ्यासिलिटीमार्फत ३ लाख ४८ हजार मात्रा खोप आएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। कृष्ण पौडेलले २४ असारदेखि खोप आपूर्ति सुरु भई तत्पश्चात् साप्ताहिक रूपमा विभिन्न चरणमार्फत खोप आपूर्ति गर्ने तयारी भएको बताए ।
स्वास्थ्य मन्त्रालयका अनुसार गाभी कोभ्याक्स फ्यासिलिटीबाट समेत थप खोप प्राप्त हुने बताएको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार नेपालमा ४२ लाख ४८ हजार मात्रा खोप भित्रिएको छ । यसरी हेर्दा हालसम्म ३३ लाख ६४ हजार ५१ मात्रा खोप उपयोग भइसकेको देखिन्छ ।
यस्तै, सरकारले चीनबाट १५ दिनभित्र ४० लाख डोज कोभिड—१९ विरुद्धको भेरोसेल खोप ल्याउँदै छ । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईका अनुसार नेपाल वायु सेवा निगमको वाइडबडीले चीनबाट ४० लाख डोज खोप नेपाल आउँदै छ ।
सरकारले चीनको सिनोफार्म कम्पनीसँग खरिद गरेको कोरोना भाइरसविरुद्धको खोप नेपाल वायुसेवा निगमले तीनवटा उडानमार्फत ल्याउन थालेको छ । निगमले खोप ल्याउन कार्गो उडानको तालिका तय गरिसकेको छ ।
वायुसेवा निगमको उडान तालिकाअनुसार पहिलो उडान यही जुलाइ ८ ९असार २४ गते० मा हुनेछ । यस्तै, दोस्रो र तेस्रो उडान क्रमशः जुलाई १५ ‘असार ३१’ र जुलाई २२ ९साउन ७०मा हुने तय भएको छ । नेपालले चीनको सिनोभ्याकबाट भेरोसेल खोपको ४० लाख डोज ननडिस्क्लोजेबल एग्रिमेन्ट गरेर खरिद गर्न लागेको हो । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार ४ अर्ब ८९ करोड रुपैयाँभित्र रहेर चीनबाट भेरोसिल खोप खरिद प्रक्रिया अघि बढाइएको थियो ।
स्वास्थ्य मन्त्रालयले चीनबाट प्राप्त भएको भेरोसिल खोप प्राथमिकता सूचीका आधारमा लगाउने भएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाका निर्देशक डा।तारानाथ पोखरेलका अनुसार अबको प्राथमिकतामा ६० वर्षमुनिका नागरिक पर्नेछन् । कोभिड–१९ खोपका लागि लक्षित समूहको प्राथमिकीकरणमा ५५ वर्ष र माथिका नागरिक, ४० देखि ५४ वर्षको उमेर समूहमध्ये तोकिएका दीर्घ रोग भएका व्यक्ति पर्छन् ।
यस्तै, वैदेशिक रोजगारबाट नेपाल फर्केका र नेपालमा रहेका शरणार्थीहरूमध्ये दीर्घ रोगी भएका व्यक्ति पनि दोस्रो प्राथमिकताको सूचीमा पर्छन् । ६० वर्षमाथिका केहीले अझै खोपको पहिलो मात्रा नलगाएको भन्दै उनीहरू पनि प्राथमिकतामा पर्ने स्वास्थ्य सेवा विभागले जनाएको छ । हालसम्म पहिलो प्राथमिकतामा रहेका मध्ये अधिकांशले खोप लगाइसकेका छन् । अब दोस्रो प्राथमिकतामा रहेकालाई क्रमबद्ध रूपमा खोप लगाउने स्वास्थ्य मन्त्रालयको योजना छ ।
यस्तै, सोमबार देशभर थप २ हजार ६ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ७ हजार ४ सय ९९ जनामा पीसीआर परीक्षण गर्दा १ हजार ७ सय ४५ र ४ हजार २८ एन्टिजेन परीक्षण गर्दा ८ सय ७७ जनामा संक्रमण पुष्टि भएको हो ।
सोमबार देशभर थप २३ संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार २ सय ४८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। पौडेलले संक्रमितको संख्या घटेको देखिए पनि जोखिम कायम नै रहेको बताए । राजधानी दैनिक
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारको बेइमानी : १३ लाख बालबालिकाको भविष्य जोखिममा
कात्तिक ८, २०८० बुधबार
राजधानीको हल्चोक स्थित रातामाटामा चङ्गा उडाउँदै [ फोटोफिचर ]
असोज २३, २०८० मंगलबार
अनधिकृत अनुवाद र पाइरेसीको विकृत धन्दा, एउटाको दुःख, अर्कोलाई मोज
असोज ८, २०८० सोमबार
बझाङको मतगणना १ बजेदेखि जिल्ला अदालत चैनपुरमा शुरु हुने
बैशाख १६, २०८१ आइतबार
इलाम: कांग्रेस, १६४३, एमाले १६०१, स्वतन्त्र ४३७ र रास्वपाः ३०५ मत
बैशाख १६, २०८१ आइतबार
गण्डकीका आठ हजार दुई सय ७७ हेक्टर वन क्षेत्र डढेलोबाट प्रभावित
बैशाख १७, २०८१ सोमबार
ग्लोबल आइएमई बैंकको ग्लोबल ग्रीन आवास कर्जा, ८.९९ प्रतिशत स्थिर ब्याज दर
बैशाख १७, २०८१ सोमबार
पिपुल्स पावरको साधारणसभा आज, मुख्य एजेण्डा के हो ?
बैशाख १७, २०८१ सोमबार
नेपाल-चीन आर्थिक तथा व्यापार मेला सुरु (फोटोफिचर)
बैशाख १७, २०८१ सोमबार
सुनको मूल्य चार सयले घट्यो, प्रतितोला कति ?
बैशाख १७, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से १० अंकले बढ्यो
बैशाख १७, २०८१ सोमबार