झापा कांग्रेसको नेतृत्वमा युवा नेता प्रमोद दाहालको दाबेदारी
यज्ञप्रसाद भट्टराई
असार २३, २०७८ बिहिबार ४:२०:५२
पञ्चायतकाल देखि नै र बाल्यवस्था देखि नै बिद्यार्थी राजनीतिमा होमिएका नेपाली कांग्रेस झापाका युवा नेता प्रमोद दाहाल २०४४ साल देखि नै नेपाल विद्यार्थी संघको जिल्ला सदस्य तथा प्रजातन्त्र प्राप्तिपछि नेपाल बिद्यार्थी संघको जिल्ला कोषाध्यक्षमा रहि काम गरेर लोकतान्त्रिक आन्दोलनमा आफ्नो सम्पुर्ण परिवार नै समर्पित नाम हो ।
नेपाली कांग्रेस झापाको तात्कालिन लखनपुर गाउँ पालिकाको पार्टी सचिव भई कांग्रेस पार्टी प्रति आफ्नो गहन जिम्मेवारी निर्वाह गरिसकेका नेता दाहाल वर्तमान नेपाली कांग्रेसका पार्टी प्रवक्ता विश्वप्रकाश शर्मासँगै राजनीतिमा लागेका युवा नेता हुन । बिगतदेखि बर्तमानसम्म कांग्रेसको झण्डा बोरेर प्रजातन्त्रको बिगुल फुकेका दाहाल अहिले पनि राजनीतिमा उत्तिकै सक्रिय रहेका नेता हुन ।
विश्वेश्वरप्रसाद कोइरालासँगै राजनीतिमा लागेर पटक पटक जेल र निर्वासन जीवन भोगेका र पञ्चायतको कालरात्रीमा समेत नेपाली कांग्रेसको झापा जिल्लाको पार्टी सभापति भई नेपाली कांग्रेसको अस्तित्व रक्षा र लोकतान्त्रिक आन्दोलनको नेतृत्व गरेका बर्तमान झापा कांग्रेसको जिउँदो ईतिहास पुर्णानन्द शर्मा पि.एन.सर का माईलो छोरो प्रमोद दाहाल लखनपुर कांग्रेसका लागि चिरपरिचित नाम हो । नेपाली कांग्रेसमा पञ्चायत विरोधि आन्दोलनदेखि बर्तमानसम्म दाहाल परिवारको योगदान अतुलनीय रहदै आएको छ ।
जिवनभर नेपाली कांग्रेसको सांगठनिक सुधारमा लागेका प्रमोद दाहाल बर्तमान नेपाली कांग्रेसको नेतृत्वप्रति भने त्यति सन्तुष्ट देखिदैनन् । भनसुन र जिउहजुरी गरेर पदमा बस्न पटक्कै नरुचाउने हक्की स्वभावका दाहाल नेपाली जनताको भावना र चाहना अनुरुप कांग्रेस हिडन नसकेकैले नेपाली जनताले नेपाली कांग्रेसको विकल्पमा कम्युनिष्ट पार्टी प्रति अभिरुचि राख्न थालेको तितो यथार्थता उजागर समेत गरेका छन् ।
नेपाली कांग्रेसको आगामी चौधौ महाधिबेशनमा कमल गाउँ पालिकाको सभापतिको प्रत्यासी रहेका झापा कांग्रेसका युवा नेता प्रमोद दाहाल अबको कांग्रेस ईमानदार र जनतामुखी हुनुपर्ने र जनमुखी बिकासका कार्यक्रमका साथ अगाडि आउन जरुरी रहेको बताउँछन् ।
नेता दाहाल अब नेपाली कांग्रेसमा नयाँ नेतृत्व आउनु पर्ने र युवाहरुले नेतृत्व लिन तदारुकता देखाउनु पर्ने कुरामा जोड दिन्छन् । उनको कथन छ अबको नेपाली कांग्रेसको नेतृत्व केन्द्रदेखि गाउँसम्म जनताका लागि बिकास र समृद्धिका योजना र कार्यक्रम सहितको कांग्रेस हुनुपर्ने बताउँछन् ।
सामाजिक क्षेत्रमा अत्यन्तै सकृय दाहाल मंगलमय माध्यमिक बिद्यालयको ब्यवस्थापन समितिको अध्यक्ष, लायन्स क्लव अफ दमक लखनपुरको पुर्व अध्यक्ष तथा हाल सिनियर एडभाईजर भई काम गरिरहेका छन् भने कमल गाउपालिका स्थित मंगलवारेमा रहेको सहकारी संस्थाको अध्यक्ष, साबिक लखनपुर खानेपानी उपभोक्ता समितिका सदस्य, नेपाल रेडक्रस सोसाईटी कमल गाउँ पालिका उपशाखाको संस्थापक कोषाध्यक्ष भई नेतृत्व प्रदान गरिरहेका छन् ।
स्थानीय युवाहरुको आग्रह र कांग्रेसको गिर्दैगएको शाख जोगाउन कमल कांग्रेसको नेतृत्व गर्न अगाडि आएका प्रमोद दाहाललाई कमलका युवा कांग्रेसको साथ र अभिभावक कांग्रेसको आशीर्वाद रहदै आएको छ । निकट भबिष्यमा आउन लागेको स्थानीय र संघिय निर्वाचनमा नेपाली कांग्रेस कमल गाउँ पालिकामा पहिलो पार्टी बनाउने उद्घोषका साथ महाधिवेशनमा होमिएका दाहाललाई जिताएर कमल कांग्रेसको सान उच्च राख्न अहिले सिङ्गो पार्टीपङ्ति एकढिक्का भएर उभिएको छ ।
यज्ञप्रसाद भट्टराई
यज्ञप्रसाद भट्टराई पूर्वको झापामा रहेर राजनीतिक, सामाजिक अभियानमा क्रियाशील छन् । सहकारी आन्दोलनमा समेत सरिक रहेका भट्टराईले पछिल्लो समय नेपालबहस डटकममा आबद्ध रहेर लेखन तथा पत्रकारिता गरिरहेका छन् ।
लेखकबाट थपगठबन्धन दलका नेताहरुले त्रासद राजनीतिको खेती गर्न खोजेका हुन् ?
जेठ ५, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार