बालुवाटारदेखि बालकोटसम्मको दुर्गन्ध
यज्ञप्रसाद भट्टराई
साउन ४, २०७८ मंगलबार ०:५०:४४
“भ्रष्टाचार गर्न पनि दिन्न र भ्रष्टाचार गर्नेलाई पनि छोडदिन” भनेर सत्तारोहण गरेका निवर्तमान प्रधानमन्त्री केपी ओलीको नेतृत्वकाल भने त्यति सुखद रहेको देखिएन । नेपाली जनताको नजरमा भ्रष्टाचारीहरुको घेराबन्दीमा नै निवर्तमान प्रधानमन्त्री ओलीले आफ्नो ४० महिने बालुवाटार बसाई बिताए भन्ने परेको छ ।
नेपाली जनताले अत्याधिक बहुमतका साथ दिएको अभिमतबाट सरकारको नेतृत्वमा पुगेका नेपाली कम्युनिष्ट आन्दोलनका एक सशक्त र प्रभावशाली नेताका रुपमा चिनिएका ओली वास्तवमै केही थान भ्रष्टहरुको गोटी बन्नु पर्ने नियतिका कारण पनि ओलीको बालुवाटार बसाई त्यति प्रभावकारी हुन नसकेको स्वयं एमालेका भुक्तभोगीहरुले बताउन थालेका छन् ।
नेपाली जनताको आशा र चाहनामा निरन्तर रुपमा लागेको नैराष्यताको ओरालो यात्रा हेरेर पनि केही थान भ्रष्टहरुको संरक्षकको रुपमा मात्रै लागिरहनु निवर्तमान प्रधानमन्त्री ओलीको यसका पछाडिको आशक्तिपन या बाध्यता के हो ? भनेर कुनै पनि अनुसन्धान भने हुने गरेको पाईएको छैन । ओली प्रधानमन्त्री भएपछि नेपाली जनताले असाध्यै धेरै आशा र अपेक्षा राखेका थिए । किनकी ओलीले निर्वाचनका क्रममा जनतासँग भोट माग्न जादा हुनै नसक्ने र पुरा गराउनै नसकिने आश्वासनका पुलिन्दा बाडेका थिए ।
बिस्तारै ओली शक्तिशाली नेकपाको अध्यक्षबाट पुनः एमालेको अध्यक्ष हुँदै ओली समूहको एमालेमा ल्याईपुर्यायो । तैपनि म र मेरो कारणले पार्टी र पार्टीका होनहार त्यागी र विद्धान नेता तथा कार्यकर्ताहरुमा कस्तो नकारात्मक प्रभाव परिरहेको छ ? भनेर ठण्डा दमागले सोच्ने सामथ्र्य पनि ओलीमा हराईसकेको आभाष देखियो । बहुमतको सरकारबाट अत्पमतको सरकार हुँदै अदालतको फैसलाबाट बर्खास्त सरकारको प्रमूख भएर बालकोटको बाटो लगायो ।
गरिवीको पीडामा थिचिएका नेपाली नागरिकहरुका लागि देखाईएका आशालाग्दा र लोभलाग्दा सपनाहरुले नेपाल साच्चिकै रामराज्य हुनेछ भनेर नेपालीले सपना देख्नु कुनै अनौठो कुरा पनि भएन । किनकी बर्षौदेखि भ्रष्टाचार र ढिलासुस्तीले आजित बनेका नेपालीले नेपालमा कम्युनिष्टहरुको एकलौटी सरकार बन्यो भने देशबाट भ्रष्टाचार सदाका लागि हटेर जान्छ । नेपाली जनताका दुःखका दिन कटेर जान्छ, जनताका जनजीविकाका सवालमा, निशुल्क शिक्षा, निशुल्क र सर्वशुलभ स्वास्थ्यमा आम नागरिकको पहुचमा बृद्धि हुन्छ, अपराधीहरु तथा भ्रष्टाचारीहरुले गल्ती अनुसारको सजाय पाउनेछन्, आहतमा परेका नागरिकहरुले तत्काल राहत पाउनेछन्, स्वदेशमै रोजगारका अवसरहरु खुल्नेछन्, किसानले समयमै मल र विऊ प्राप्त गर्नेछन्, परिणामस्वरुप किसानका मुहारमा हाँसो, खुशी र मुस्कानसहितका बाली झुल्नेछन् ।
बिगतको कम्युनिष्टहरुको जन कार्वाहीलाई हेरेर एक किसिमको बेग्लै विचार सजाएका नेपाली नागरिकहरुले भ्रष्टाचारीलाई चारपाटा मोडेर सडकमा घुमाईने कल्पना गरेका थिए । बलात्कारी र हत्यारालाई जेलको चौघेरामा पुर्याईने सपना देखेका थिए । बिगतमा भएका भनिएका ठूलाठूला भ्रष्टाचारका फायलहरु कम्युनिष्ट सरकारको पालमा खुल्ने अपेक्षा राखेका थिए । देश लुटेर खान पल्किएकाहरु अब चाहि पक्कै पनि सजायको भागिदार हुनेछन् भन्ने विश्वासका साथ अनगिन्ती सपनाहरु सजाएर नेपाली जनताले कम्युनिष्टहरुको गठबन्धनलाई भोट हालेका थिए ।
जनताको अभूतपूर्व जनमतका आधारमा देशमा कहिल्यै नअस्ताउने गरी सूर्य उदायो । देशमा पहिलो पटक कम्युनिष्ट पार्टीहरुको गठबन्धनले झण्डै दुई तिहाईको बहुमत पायो । देशले ओलीको नेतृत्वमा जनताको पक्षमा काम गर्ने भनिएको एकल सरकार पायो । सत्तारोहणसँगै ओलीमा भने जनताका काममा भन्दा पनि आफै सर्बेसर्वा भएको भन्ने एक किसिमको अनौठो प्रकारको दम्भ पलायो ।
जनताले गरेका अनगिन्ती आशा र चाहनाहरुको भावनामा बिस्तारै बिस्तारै तुषारापात पर्दै गयो । हावादारी र बकम्फुसे गफले ओलीलाई आफै आफ्नाे वास्तविक धरातलमा ल्याईपुर्यायो । उनका यस्तै एकपछिका अर्का बेतुकका गतिविधिहरुले स्वयं आफुलाई र सिंगो नेकपालाई समेत जनताको नजरबाट अत्यन्तै तल गिरायो । नेकपा पार्टीभित्र बिस्तारै अनुशासन भन्ने चिज हरायो ।
बालुवाटारका केही थान कमशल र पुर्वाग्रही सल्लाहकारहरुका कारण निवर्तमान प्रधानमन्त्री ओलीका अगाडि बढने बाटाहरु समेत बन्द गरायो । जता हेर्यो उतै अध्यारोमात्र देख्न थालेपछि त स्वयं ओलीले आफुले आफैलाई सही बाटोतर्फ अग्रसर बनाउन सक्नु पथ्र्यो तर उनमा पलाएको अहंकाररुपी अभिमानले उनलाई सही बाटो समाउनै दिएन । जनता के भनिरहेका छन् ? भन्ने कुरातर्फ स्वयं ओलीको पनि ध्यानै गएन ।
बिस्तारै ओली शक्तिशाली नेकपाको अध्यक्षबाट पुनः एमालेको अध्यक्ष हुँदै ओली समूहको एमालेमा ल्याईपुर्यायो । तैपनि म र मेरो कारणले पार्टी र पार्टीका होनहार त्यागी र विद्धान नेता तथा कार्यकर्ताहरुमा कस्तो नकारात्मक प्रभाव परिरहेको छ ? भनेर ठण्डा दमागले सोच्ने सामथ्र्य पनि ओलीमा हराईसकेको आभाष देखियो । बहुमतको सरकारबाट अत्पमतको सरकार हुँदै अदालतको फैसलाबाट बर्खास्त सरकारको प्रमूख भएर बालकोटको बाटो लगायो । यस अघिका प्रधानमन्त्रीहरु जसरी ओलीलाई जनताका अगाडि हात हल्लाउँदै बालकोट जाने हिम्मत ओलीमा भएन । बाटामै जनताले धारेहात लाउने र अपशब्दको गाली गलौचको शब्दबाण प्रयोग हुनसक्ने डरले ओलीले आफ्नै निवास पनि एक्लै जाने आटै गरेनन् ।
प्रजातान्त्रिक मुलुकमा पटक पटक सरकार सञ्चालन गरिसकेका लोकतान्त्रिक दलका प्रधानमन्त्रीलाई आफ्नै दलकाे युथ फोर्सले सुरक्षा दिएर घरसम्म पुर्याएर छोडिदियो । घरपुग्दा ७० करोडको दुर्गन्धले घरका कोठा चोटाहरु गन्हाई रहेका थिए । घर कुरुवाको दुर्गन्ध सरसफाई गर्न बाले घरैको बार्दलीबाट केही थान आफ्नै दलका वरिष्ठ नेताहरुको हुर्मत लिए ।
बालुवाटारमा सूर्य थापाहरु र बालकोटमा गोकुलहरु जस्ताको दुर्गन्ध र फोहोर सफा गर्न बालाई अझै केही समय लाग्न सक्छ । अरु सतहमा नआएका र सतहमा आईपुग्ने पाईपलाईनको मुखमा आएर बसेका अनगिन्ती काण्डहरुले बालाई कति सताउने हो ? त्यो चाहि हेर्न बाकी नै छ ।
यज्ञप्रसाद भट्टराई
यज्ञप्रसाद भट्टराई पूर्वको झापामा रहेर राजनीतिक, सामाजिक अभियानमा क्रियाशील छन् । सहकारी आन्दोलनमा समेत सरिक रहेका भट्टराईले पछिल्लो समय नेपालबहस डटकममा आबद्ध रहेर लेखन तथा पत्रकारिता गरिरहेका छन् ।
लेखकबाट थपगठबन्धन दलका नेताहरुले त्रासद राजनीतिको खेती गर्न खोजेका हुन् ?
जेठ ५, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार
राखेपद्वारा मिसन २०२६ मा पाँच खेल थप
जेठ ७, २०८१ सोमबार