सहकारी क्षेत्रलाई सरकारले खोपमा प्राथमिकता दिने: गृहमन्त्री
नेपालबहस संवाददाता
साउन ५, २०७८ मंगलबार २१:४५:५७
५ साउन, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले बैंक तथा वित्तीय क्षेत्र जत्तिकै महत्व रहेको र किसानसम्म प्रत्यक्ष जोडिएको सहकारी क्षेत्रलाई सरकारले खोपमा प्राथमिकता दिने बताएका छन्।
राष्ट्रिय सहकारी महासंघको टोलीसँग सोमबारको भेटमा उनले सरकारले अहिले सबै जनताको स्वास्थ्यलाई महत्व दिएको बताउँदै संवेदनशीलताका आधारमा खोप दिने योजना रहेको बताए।
राष्ट्रिय सहकारी महासङ्घको सल्लाहकारसमेत रहेका गृहमन्त्री खाँडले भने, “नेपालको अर्थतन्त्रमा सहकारीको महत्वलाई यस सरकारले बुझेको छ । सरकार सहकारीलाई महत्व दिएर अगाडि बढ्ने छ ।” सहकारीको विकास र विस्तारका विषयमा आवश्यक छलफल गरेर अगाडि बढ्ने उनले बताए ।
सो अवसरमा महासंघका अध्यक्ष मीनराज कँडेल र वरिष्ठ उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघका ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्लले सहकारीका कर्मचारीले खोप नपाएका कारण जोखिम मोलेर सेवा दिनु परेको विषयलाई प्राथमिकता दिनुपर्ने विषयमा ध्यानाकर्षण गराएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगृहमन्त्री लामिछानेको राजीनामा माग्दै पोखरामा सहकारी पीडितको प्रदर्शन
जेठ १३, २०८१ आइतबार
पोखराको चक्रदेवी सहकारी संस्थामा तोडफोड, ९ जना पक्राउ
जेठ ९, २०८१ बुधबार
नेता हो ! ०८४ मा भोट माग्न आउला: सहकारी पीडित
जेठ ९, २०८१ बुधबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
प्रमुख प्रतिपक्षलाई तीन घण्टा संसदमा उभ्याएर बजेट ल्याउने तयारी
जेठ १४, २०८१ सोमबार
मोटरसाइकल चोरीमा संलग्न दुई जना पक्राउ
जेठ १४, २०८१ सोमबार
पर्यटन मन्त्रालयलाई ११ अर्ब ९१ करोड बजेट
जेठ १५, २०८१ मंगलबार
भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभूज योजना सञ्चालन गरिने
जेठ १५, २०८१ मंगलबार
जनकपुरलाई विवाह गन्तव्यका रुपमा विकसित गरिने
जेठ १५, २०८१ मंगलबार
राङ्गी विद्यालय प्राङ्गणमा मन्दिरको शिलान्यास, १५२ जनाले गरे आर्थिक सहयोग
जेठ १५, २०८१ मंगलबार
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई ९ अर्ब २८ करोड
जेठ १५, २०८१ मंगलबार
गणतन्त्र दिवसका अवसरमा सांस्कृतिक नृत्य प्रस्तुत
जेठ १५, २०८१ मंगलबार