किन उर्लियो शेखरको पक्षमा देशैभरी जनलहर ?
यज्ञप्रसाद भट्टराई
साउन ७, २०७८ बिहिबार १७:२०:०
नेपाली कांग्रेसले लामो समयदेखि प्रतिक्षा गरिरहेको चौधौं महाधिवेशनको रौनक बिस्तारै बढीरहेको देखिएको छ । नेपाली कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीले पनि समयमै आफ्नो महाधिवेशन गर्न नसकेका कारण वर्तमान कांग्रेस सभापति शेरबहादुर देउवा माथि सिंगो पार्टीको दवाव परिरहेको अवस्थामा छ ।
के देउवाले आगामी भदौमा पनि महाधिवेशन गर्लान र ? भन्ने आशंका रहिरहेकै अवस्थामा सभापति देउवाले आगामी भदौं महिनामा र तोकिएकै मितिमा पार्टीको चौधौं महाधिवेशन हुने कुराको बोल्ड निर्णय भएको छ । महाधिवेशनका बिषयमा अनावश्यक शंका नगरी महाधिवेशनका प्रक्रियागत कार्यक्रमहरुलाई अगाडि बढाउन निर्देशन दिए लगत्तै अब भने नेपाली कांग्रेसको चौधौं महाधिवेशन हुने सुनिश्चितता देखिएको छ । एउटा जीवन्त पार्टीमा आन्तरिक सांगठनिक नेतृत्वका लागि प्रतिस्पर्धा हुनु सामान्य प्रजातान्त्रिक प्रक्रिया र लोकतान्त्रिक अभ्यास पनि हो ।
तर पटक पटक आफुमात्रै पार्टी र सरकारको नेतृत्वमा रहिरहनु पर्छ भन्ने सोचाई रहनु भनेको वास्तवमा राजनीतिक नेतृत्वको अहंमता र भूल हो । कुनै पनि राजनीतिक दलभित्रको आन्तरिक प्रतिस्पर्धाले लोकतन्त्रलाई कमजोर बनाउँदैन बरु यसले लोकतन्त्रलाई अझ बढी मजबुत र एकताबद्ध बनाएर लैजान्छ । प्रतिस्पर्धात्मक प्रक्रियाबाट नेतृत्वमा आएका नयाँ अनुहारहरुबाट नयाँ अनुभव र नयाँ विचारको घुलिनता साथै थप सक्रियताका साथ पार्टी नेतृत्व अगाडि बढाउन समेत मद्धत पुग्ने कुरामा दुई मत छैन । त्यसैले नेपाली कांग्रेसको चौधौ महाधिवेशनलाई अझ धेरै प्रतिस्पर्धाी तथा आन्तरिक छलफल र बहसलाई अझै बढी मजबुत बनाउनु पर्ने देखिन्छ ।
नेपाली कांग्रेस भित्र अहिले वर्तमान सभापति शेरबहादुर देउवा, डा. शेखर कोइराला, डा. शशांक कोइराला, बिमलेन्द्र निधि, अर्जुन नरसिंह के.सी., रामचन्द्र पौडेल लगायतका शीर्षस्थ नेताहरु नै सभापतिको दौडमा देखिएका छन् । अहिलेसम्म आधिकारिक रुपमा देउवाले मात्रै सभापतिको उम्मेदवार घोषणा गरेका छन् भने डा.शेखर कोइराला पनि सभापतिको दौडमा चर्चाको शिखरमा देखिएका छन् । कोइरालाको पक्षमा देशैभरी समर्थनको लहर देखिए पनि पटक पटक सरकारको नेतृत्व गरिसकेका वर्तमान प्रधानमन्त्री देउवासँग प्रतिस्पर्धा गर्न निक्कै हम्मेहम्मे पर्ने अनुमान समेत गरिएको अवस्था छ ।
अन्य प्रतिस्पर्धी नेताहरुको कार्यकर्ताहरुसँग के कस्तो जनाधार छ ? त्यसले उनीहरुको सभापतिको यात्रा तय गर्ने नै छ । डा. कोइराला पार्टीको तेह्रो महाधिवेशन समाप्त भएर नयाँ नेतृत्व आएदेखि नै पार्टीको चौधौं महाधिवेशनमा आफु सभापति पदमा प्रतिस्पर्धा गर्ने भनेर देश दौडाहा गर्दै आईरहेका छन् । पार्टी भित्रको गुट उपगुटका चिराहरु र त्यही चिराहरुका छिद्रबाट पसेका कसिङ्गरहरुले कांग्रेसलाई यो अवस्थामा पुर्याएको अनुभव स्वयं गाउँगाउँका नेताहरुबाट सुनेपछि डा. शेखर अहिले अत्यन्तै दुखित र आक्रोशित बनेका छन् । हिजोसम्म अत्यन्तै सरल र नम्र देखिने डा. शेखर कांग्रेसको खस्कदो शाख कसरी जोगाउने र नेपाली कांग्रेसलाई कसरी आम कार्यकर्ता र नेपाली जनताको विश्वासिलो पार्टी बनाउने भनेर चिन्तित देखिएका छन् ।
कांग्रेसलाई पुरानै अवस्थामा फर्काउन अब कसैले सक्छ भने त्यो डा. शेखरले नै मात्रै सक्ने बुझेर अहिले देशैभरिबाट कांग्रेसका नेता तथा कार्यकर्ताले डा. शेखरलाई सभापति बन्नुपर्छ भनेर आग्रह गरिरहेका छन् । पार्टीका नेता तथा कार्यकर्ताहरुको चाहना पनि यसपटक नेपाली कांग्रेसको सभापति डा. शेखर कोइराला नै हुनुपर्छ भनेर आवाजहरु उठिरहेका छन् । उनी नेपाली कांग्रेसको सभापति बन्न योग्य व्यक्ति हुन भनेर केही दर्बिला आधारहरु खडा हुँदै गैरहेका छन् । अहिले गाउँगाउँ र टोलटोलमा कांग्रेसको चौधौं महाधिवेशनकै चर्चा परिचर्चा हुने गरेको देखिन्छ ।
नेपाली कांग्रेस सिङ्गो नेपालको लोकतन्त्र र नागरिक अधिकारका पक्षमा लडेको पार्टी भएको र नेपाली लोकतान्त्रिक आन्दोलनको नेतृत्वदायी भूमिका निर्वाह गरेको पार्टी भएका कारण पनि कांग्रेस तथा अन्य राजनीतिक दलहरुका लागि पनि कांग्रेसको महाधिवेशन उत्तिकै महत्वको बिषय बन्ने कुरामा दुईमत छैन । नेपाली कांग्रेसको महाधिवेशनको मिति तिथि तय भैसक्दा समेत कांग्रेसको क्रियाशिलताको विवाद अझैसम्म पनि सुल्झिन सकेको देखिदैन ।
पार्टीको केन्द्रीय कार्यालयमा आफ्नै नेता तथा कार्यकर्ताहरु क्रियाशील सदस्यता वितरणमा धाँधली भयो भनेर अनशन बसिरहँदा पनि कांग्रेस सभापति देउवाले अनशनमा बसेका नेता तथा कार्यकर्ताहरुलाई भेटेर विवाद समाधानका बिषयमा विश्वासिलो आश्वासन दिन नसक्नुले आम कांग्रेस वृत्तमा अझै पनि कांग्रेसको क्रियाशिलता विवादले समयमा महाधिवेशन हुन नदिन थापिएको पासो त हैन भनेर समेत भन्न थालेका छन् ।
सुशुप्त र निस्कृय अवस्थामा रहेका नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरु डा. कोइरालाको पक्षमा एकाएक देखिन र आफ्ना राजनीतिक गतिविधिहरुमा सक्रियता बढाउन थालेपछि पुर्वी नेपालका झापा, मोरङ्ग, सुनसरी, ईलाम, पाँचथर, ताप्लेजुङ, उदयपुर, खोटाङ, भोजपुर, तेह्रथुम, धनकुटा, लगायतका जिल्लामा ड. शेखर कोइरालाको पक्षमा ह्वात्तै समर्थन बढेको देखिएको छ । यसले अझै पनि ईमान र निष्ठाको राजनीति गर्न चाहने नेता तथा कार्यकर्ताहरु नेपाली कांग्रेसमा जीवितै रहेको आभास महशुस गर्न थालिएको छ ।
अहिले नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुमा आफ्नै दलको नेतृत्वमा सरकार बनाएकोमा भन्दाचौधौ महाधिवेशन हुन लागेकोमा खुशी देखिन्छन् । डा.कोइरालाको पक्षमा देशैभरी देखिएको समर्थनको लहरले आम नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरु खुशीले हर्षबिभोर बनेका छन् ।
खुशीले मन थाम्न नसकी डा. शेखर आउ, कांग्रेस बचाउ भन्दै सडकमै नारा लगाउन थालेका छन् । डा. शेखरको पक्षमा एकाएक देखिएको समर्थनको लहरले नेपाली कांग्रेसमा अब नेतृत्व परिवर्तन गर्न व्यग्रताका साथ चौधौ महाधिवेशनको पर्खाईमा रहेको भने पक्का भएको छ ।
यज्ञप्रसाद भट्टराई
यज्ञप्रसाद भट्टराई पूर्वको झापामा रहेर राजनीतिक, सामाजिक अभियानमा क्रियाशील छन् । सहकारी आन्दोलनमा समेत सरिक रहेका भट्टराईले पछिल्लो समय नेपालबहस डटकममा आबद्ध रहेर लेखन तथा पत्रकारिता गरिरहेका छन् ।
लेखकबाट थपगठबन्धन दलका नेताहरुले त्रासद राजनीतिको खेती गर्न खोजेका हुन् ?
जेठ ५, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
देशभर १४ प्रतिशत स्वास्थ्य उपकरण जडान भएनन्
जेठ ७, २०८१ सोमबार
भारतको छत्तीसगढमा सडक दुर्घटना हुँदा १८ जनाको मृत्यु
जेठ ७, २०८१ सोमबार
मनास्लु क्षेत्रमा दुई करोड ५० लाख राजस्व सङ्कलन
जेठ ७, २०८१ सोमबार
बागमती प्रदेश सभा बैठक : विनियोजित बजेटको सिद्धान्तमाथि छलफल
जेठ ७, २०८१ सोमबार
राष्ट्रपति पौडेलद्वारा इरानका राष्ट्रपति रायसीको निधनप्रति दुख व्यक्त
जेठ ७, २०८१ सोमबार
जिल्ला अस्पताल हुम्लामा औषधि अभाव, बिरामी खाली हात फर्किन बाध्य
जेठ ७, २०८१ सोमबार