अभिनेत्री पुजासंग नाम जोडिएका युवक, कुनै हिरो भन्दा कम छैनन् !
नेपालबहस संवाददाता
साउन १२, २०७८ मंगलबार २०:३०:१०
१२ साउन, काठमाडाैं । ईटहरी/नेपाली चलचित्र उद्योग पछिल्लो समय गसिपका कारण तातिरहेको छ । कहिले प्रेमका कारण, कहिले गर्भवती अभिनेत्रीका कारण त कहिले अन्तरबार्ताका कारण । यता अभिनेत्री पुजा शर्मा पछिल्लो समय प्रेमका कारण चर्चामा छिन् । उनको प्रेम चर्चा अभिनेता आकाश श्रेष्ठसंग भने हैन । आकाशसंग प्रेममा छिन भन्ने हल्ला बजारमा निकै चल्यो । तर, सो हल्लाले पुर्णता पाएन, हल्लामै सिमित रह्यो । यता, केही साताअघि पुजा र र आकाशको सम्बन्ध बिग्रीएको चर्चा चलेपछि पुजाले एक अन्तरबार्ताबाट प्रेम नरहेको तर मित्रतामा खटपट आएको बताइन् । तर, दुबैले लगत्तै केहि म्युजिक भिडियो गरिन् । अभिनेता अभिनेत्रीको कुरा बुझिनसक्नुकै हुन्छ । यता आकाशले पनि सम्बन्ध नबिग्रीएको प्रतिक्रिया दिए । सामाजिक संजालबाट यो खबरहरु सेलाउन नपाउदै पुजा फेरि चर्चामा छिन् ।
उनिसग एक युवकको नाम जोडिएको छ । केहिअघि उनले प्रीयंका कार्कीको चपचप डायरी शोमा कसैलाई बुझ्दैछु तर, त्यो आकाश हैन भनेकी थिइन् । यो पछि उनको नाम एक ब्यापारी युवक संग जोडिएको हो । उक्त युवक हुन युद्ध बानियाँ । यो खबरहरुबाट सायदै यी दुबै बेखवर छैनन् तर, बाहिरिएका यी यावत् कुराहरुबारे बोलेका भने छैनन् । तर सुदर्शन थापा, प्रदिप खड्का, पल शाहदेखि आकाश श्रेष्ठसँग विवाहका कुरा कुरा जोडिएर आए अहिले युद्धसंग पनि सुरुमै विवाहको कुरा जोडिएको छ । अब यो कुरा भने कत्तिको सत्यता सावित हुन्छ रु त्यो त आगामी दिनमा थाहा हुने नै छ । चलचित्र क्षेत्रका हस्तिहरुसंग नाम जोडिरहेको पुजाको आफ्नो क्षेत्र भन्दा बाहिरको ब्यक्तीसंग नाम जोडिएपछी भने विबाह नै हुन्छ भनेर धेरैले अड्कलबाजि गरिरहेका छन् ।
तर पुर्ण रुपमा यो क्षेत्रमा नरहेपनी रुचि भने छ भन्ने बुझिन्छ । कारण उनी सौन्दर्य प्रतियोगिता ‘द फेस’ पहिलो सिजनको बिजेता समेत हुन् । हेटौंडा जन्मघर भएका युद्ध ललितपुरको सातदोबाटोमा बस्दै आएका छन् । बुझिएअनुसार युद्धसंग पुजाको भेट आफ्नै दिदिहरुका कारण गतवर्ष फागुनमा भएको हो । यी २ सामाजिक संजालमा समेत एकअर्काको साथी बनेका छन् भने एकअर्काको पोस्टमा प्रेम झल्किने प्रतिक्रिया दिइरहेको पाईन्छ । जिम पारखी युद्ध यसैसंग सम्बन्धित प्रोटिन लगायतका खाद्यन्न ब्यवसायमा छन् । आकर्षक शारीरिक बनावट भएका युद्धको पुजासंग नाम जोडिन थालेपछि उनी सामाजिक संजालमा एकाएक छाएका छन् । उनको सुगठित शरीरको चर्चा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘पुजार सार्की’मा आर्यन : विगतभन्दा 'टफ' भूमिका, लुक्समा आफ्नै पिताको नक्कल
जेठ ४, २०८१ शुक्रबार
सिनेमाघर एपमा रिलिज भयो ‘चपली हाइट ३’, विश्वभरबाट हेर्न सकिने
जेठ २, २०८१ बुधबार
चलचित्र ‘मोदीबेनी’ श्रावण १८ गते रिलिज हुने
जेठ १, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
कांग्रेस संसदीय दलको बैठक बस्दै
जेठ ७, २०८१ सोमबार
आइपिएलको प्लेअफको समीकरण पुरा, पहिलो क्वालिफायरमा कोलकोता र सनराइजर्स खेल्ने
जेठ ७, २०८१ सोमबार
प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची
जेठ ७, २०८१ सोमबार
मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल
जेठ ७, २०८१ सोमबार
म्यानचेस्टर सिटीले जित्यो प्रिमियर लिगको उपाधि
जेठ ७, २०८१ सोमबार
दमौलीको मुख्यचोकका सटरमा भीषण आगलागी
जेठ ७, २०८१ सोमबार